काठमाडौं । दोलखा पवटीका दिनेश कोइराला फेरि पक्राउ परेका छन्। ठगीलाई पेसाजस्तै बनाएका उनको अवैध सम्पत्ति एक अर्बभन्दा बढी रहेको प्रहरीको अनुमान छ।
आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - मोरङको कानेपोखरीबाट ठगी धन्दा सुरु गरेका कोइरालाले पूर्वका सुनसरी, झापा, मोरङ, इलाम र पाँचथरका बासिन्दाबाट करोडौं ठगेको पाइएको छ। कानेपोखरीका उमेश घले गुरुङलाई उनकै जग्गामा कृषि फर्म खोल्ने भन्दै कोइरालाले डेढ करोड रुपैयाँ ठगी गरे। धिमाल अहिले सुकुम्बासीजस्तै बनेका छन्। एक बिघा ८ कठ्ठा जमिन धितो राखेर कोइरालाले १७ लाख रुपैयाँ झिके। उनले पैसा फिर्ता गरेनन्। बैंकले जग्गा लिलामी गर्यो।
इटहरीकी लक्ष्मी भट्टराईलाई उनले ६ वर्षअघि आमा बनाए। कोइरालाले भट्टराईलाई ठग्न माइलो छोराको नाता लगाए। बेलाबेला भेट्न पुग्ने उनले भट्टराईलाई महँगो गिफ्टसमेत पुर्याउँथे। प्रशस्त जग्गा–जमिन र राम्रै घर भएकी भट्टराईको घरजग्गा धितो राखेर कोइरालाले ५० लाख रुपैयाँ झिके। पाँच वर्षलाई भनेर झिकिएको पैसा भट्टराईले फिर्ता पाउनु त परै जाओस् उनले सम्पर्कसमेत गर्न पाइनन्। कोइरालाले ललितपुरस्थित फिरोज बाराही सहकारीलाई डुबाएका छन्।
जग्गा–जमिन र गाडी सहकारीमा राखेर पटक–पटक गरी १० करोड रुपैयाँ कर्जा लिएका कोइराला किस्ता तिर्नै गएनन्। सहकारी सञ्चालक केदार महर्जनले अहिले प्रहरी गुहारेका छन्। बा।१९च ८८४५ नम्बरको टोयटाको प्राडो गाडी चढ्ने कोइरालाले आफूलाई धनाढ्य र हाइ प्रोफाइल देखाउन काठमाडौंमा घर किनेका छन्। आफूले चढेको गाडीको समेत उनले पैसा चुक्ता गरेका छैनन्।
इस्ट लिंक मोटर प्रालिलाई रकम चुक्ताका लागि कोइरालाले प्रभु बैंकको चेक पटक–पटक दिए। तर, सबै चेक बाउन्स भयो। अहिले यो कम्पनीलाई कोइरालाले ५ करोड ९६ लाख तिर्नु छ। उनले ओम साइराम बिजनेस लिंकबाट उनले कार्यालय सञ्चालनका लागि भन्दै १ करोड ५५ लाख बराबरको सामान लिएर गए। तर, अहिलेसम्म उनी तिर्न पुगेका छैनन्।
कोइलाको ठगी धन्दा यतिले मात्रै टुंगिँदैन। उनले खोटाङका श्याम खड्कालाई जापान पठाइदिन्छु भनेर १९ लाख रुपैयाँ ठगे। कोइरालाले एक महिलालाई पत्नी बनाएर उनको पाँच करोड रुपैयाँ बराबरको सम्पत्ति हत्याए। ती महिलाको एक छोरासमेत छन्। अहिले ती महिला करोडपतिबाट सडकमा झरेकी छन्।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार कोइरालाले उर्लाबारीका कृष्ण धमालबाट डेढ करोढ, शिवलाल पुरीबाट ९९ लाख, इटहरी सुनसरीका चेतराज भट्टराईबाट पाँच लाख, राजघाटकी रीता मगरबाट दुई करोड, दिया धिमालबाट दुई करोड, दुर्गा धिमालबाट ४० लाख, झापाका सोले धिमालबाट ५० लाख रुपैयाँ ठगी गरेको पाइएको छ। ‘कोइरालाले ठगी गरेको रकम जोड्दा मात्रै एक अर्बभन्दा बढी हुन आउँछ। उनले सम्पत्ति कहाँ लुकाए हामी खोज्दै छौं’, महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले भने, ‘कोइराला ठगेरै अर्बपति बनेको अनुमान छ।’
महाशाखामा हालसम्म नौ जनाले उजुरी दिइसकेको र आउने क्रम जारी छ। प्रहरीले उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान अगाडि बढाउने भएको छ। उनी गत वर्ष कात्तिक ७ गते पक्राउ परी धरौटीमा छुटेका थिए। उनी अहिले पक्राउ परे पनि हिरासतमा छैनन्। वीर अस्पतालमा उपचारको बहानामा बसिरहेका छन्।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: