एजेन्सी । हिँड्दा– डुल्दा, सुत्दा– उठ्दा हामी तारन्तार मोबाइल प्रयोग गर्छौं । आज मोबाइलबाट हाम्रो जीवन चलिरहेको छ र मोबाइल ब्याट्रिबाट ।
जब मोबाइलको ब्याट्री सिद्धिन्छ तब यस्तो लाग्छ कि जीवन रोकिएको छ ।
मोबाइलको बढ्दो प्रयोगका कारण मोबाइल चार्जिङको सुविधाका लागि विभिन्न स्थानमा युएसबी पोर्ट राखिएका हुन्छन् ।
तपाईं यसमा आफ्नो मोबाइल जोड्नुहुन्छ र चार्ज गर्न थाल्नुहुन्छ तर के तपाईंले कहिले सोच्नु भएको छ, यो कति सुरक्षित छ ?
जूस ज्याकिङः
मोबाइल चार्जर बोक्नु नपर्ने झन्झट र फाइदाजनक लाग्ने यो यूएबी पोर्ट हाम्रो गोपनियताका लागि कति ठूलो खतरा हो भनेर तपाईंले कहिले सोच्नुभएको छ ?
सार्वजनिक स्थानमा ठूलो परिमाणमा उपलब्ध हुने यूएसबी पोर्टको प्रयोगमार्फत् साइबर अपराधीले हाम्रो सबैभन्दा संवेदनशील डाटा चोर्नका लागि प्रयोग गर्न सक्छन् ।
यसबाट बच्नका लागि बजारमा कथित यूएसबी डाटा ब्लकर्स ल्याइएका छन् जसलाई ‘युएसबी कण्डम’ को नाम दिइएको छ ।
यो ‘कण्डम’ वास्तविक कण्डम झैं लेटेक्सको हुँदैन तर यसले तपाईंलाई समान रुपमा सुरक्षा प्रदान गर्छ । यसले तपाईंलाई ‘जूस ज्याकिङ’ बाट बचाउँछ ।
‘जूस ज्याकिङ एक प्रकारको साइबर अट्याक हो जसमा सार्वजनिक यूएसबी पोर्टमार्फत् तपाईंको मोबाइललाई संक्रमित गरिन्छ र तपाईंको मोबाइलमा मालवेयर इन्स्टल गरिन्छ । यसले तपाईंको नीजि जानकारीलाई साइबर अपराधीसम्म पुर्याउन सक्षम हुन्छन् ।
यसबारे नोभेम्बरको सुरुवाती हप्तामा ल्यूक सिसकले चेतावनी दिएका थिए । ल्यूक अमेरिकामा लस एन्जिल्स काउन्टीका अभियोजकको कार्यालयमा सहायक छन् ।
‘यूएसबी कण्डम’ सानो यूएसबी एडेप्टर जस्तै हुन्छ जसमा इनपुट र आउटपुट पोर्ट हुन्छ । यो एडप्टर मोबाइललाई पावर सप्लाइ गर्छ तर डाटा आदानप्रदानलाई पूर्ण रुपमा रोकिदिन्छ ।
कति छ मूल्य ?
‘यूएसबी कण्डम’ अमेरिकी बजारमा १० डलरमा उपलब्ध छ र यदि सानो हुन्छ कि यसलाई जता पनि लैजान सकिन्छ ।
भारतमो यो पाँच सयदेखि हजार रुपैयाँमा अनलाइनमा उपलब्ध छ तर नेपालमा भने यसको उपलब्धताबारे खासै जानकारी छैन ।
ल्यूकका अनुसार यस्तो प्रकारको साइबर हमलाको परिणाम ‘विनाशकारी’ हुनसक्छ ।
उनी चेतावनी दिँदै भन्छन्, ‘एउटा निःशुल्क ब्याट्रि चार्जिङले तपाईंको बैंक खातालाई खाली गर्न सक्छ । यदि साइबर अपराधीले मालवेयर इन्स्टल गरिदिन्छ भने यसले तपाईंको फोन ब्लक हुनसक्छ र पासपोर्ट र घरको ठेगानाजस्ता संवेदनशील जानकारी चोर्न सक्छन् ।’
आइबीएमको साइबर सेक्युरिटी रिपोर्टका अनुसार ‘मालवेयर कम्प्युटिङ पावरलाई हाइज्याक गर्न सक्छ र तपाईंको मोबाइलले ढिला काम गर्न थाल्छ ।’
रिपोर्टमा संवेदनशील डाटा चोरी हुने खतराबारे पनि कुरा गरिएको छ । साइबर विशेषज्ञ पनि मानिसहरुलाई ‘यूएसबी कण्डम’ को प्रयोग गर्न सल्लाह दिन्छन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: