भीमदत्तनगर । डेढ दशकअघि डडेल्धुराको जोगबुढाबाट झरेका किणीदेवी राउटे कञ्चनपुरको भीमदत्तनगरपालिका–९ खल्लामसेटीमा चुलोचौको गरेर दिन बिताइरहेकी छिन् ।
कुनै बेला जङ्गलको कन्दमूल, गिठ्ठा, तरुलका भरमा जीवनयापन गर्ने राउटे समु्दायकी किणीदेवी बस्तीमा आएयता गाउँलेसँग सुमधुर सम्बन्ध रहेकोप्रति हर्षित छन्। “जङ्गलबाट आएको भनेर हेला गर्छन् कि भन्ने पीर थियो”, उनले भने,“अब त खेतीपाती र मजदूरी गरेरै दिन बितिरहेको छ ।”
उनले समाजमा बसोवास थालेसँगै विभिन्न आयमूलक काम र मजदूरीमा लाग्न स्थानीयवासीले प्रेरित गर्ने गरेको बताए ।“दुई छोरा भारतको लोहाघाटमा मजदूरी गर्छन्”, उनले भने, “श्रीमान् गाउँघरमै ज्याला मजदूरी गर्छन्।”
कञ्चनपुरमा राउटे समुदायको तीन परिवारको मात्रै बसोवास रहेको छ । यहाँ बसोवास गर्दै आएका राउटे समुदायका अधिकांश पुरुष अहिले जीवन निर्वाह गर्न मजदूरी गरिरहेका छन् । “मजदूरीको पैसाले सामान्य खर्च चलेपनि हाम्रो घरको खर्च मुख्य रुपमा सरकारबाट पाइने राउटे भत्ताबाट टरेको छ”, किणीदेवीले रासससँग भने,“नियमित रुपमा भत्ता पाइरहेकै हुनाले घरको दाल, चामल चलेको छ ।”
पछिल्लो समय बस्ती छेउछाउका वन सामुदायिक वनमा रुपान्तरण भएपछि काठको भाँडाकुडा बनाउन पनि समस्या हुने गरेको राउटे समुदायको भनाइ थियो । “हाम्रो घरमा चार जनाले प्रतिव्यक्ति रु दुई हजारका दरले भत्ता पाउछौं”, उनले भने,“भत्ता नपाउने भए फेरि जङ्गल पस्नुपर्ने बाध्यता आउने अवस्था थियो ।”
सामाजिक सुरक्षा भत्ताले घरखर्च चलाइरहेका यहाँका राउटे समुदायका लागि केही समयअघि सांसद विकास कोषको रकमबाट प्रतिनिधीसभा सदस्य डा दिपकप्रकाश भट्टले भीमदत्तनगरपालिका–९ बटेनामा करबीर राउटेलाई दुई कोठे पक्की घर समेत निर्माण गरिदिनुभएको वडा कार्यालयले जनाएको छ ।
स्थानीय कमला राउटेले बस्तीमा घर बनाउन मात्रै जग्गा रहेको दुखेसो पोख्दै खानेपानीको निकै समस्या हुने गरेको बताए । “पानी नहुँदा खेतमा पनि अन्न फलाउन गाह्रो हुन्छ”, उनले भने, “राउटेलाई आयमूलक कामका लागि सीपमूलक तालीम पनि दिनुपर्यो ।” उनले राउटे समुदायका बालबालिका अझै विद्यालय जान नसकिरहेको बताए ।
“विद्यालय जानुपर्छ भन्ने चेतना नै अझै फैलाउन सकिएको छैन”, उनले भने,“केही वर्ष विद्यालय गएका बालबालिका अहिले गाउँमा त्यसै डुल्दैछन ।” दार्चुलाको लालीबाट डडेल्धुराको जोगबुढा हुँदै कञ्चनपुरको खल्लामसेटी बसाइँ सरेका ६७ वर्षीय जयलाल राउटेले केही समयअघि भत्ता नियमित नआउँदा समस्या भएको बताए ।
“भत्ता केही महिना ढिलो आउँदा घरमा छाक टार्नसमेत समस्या भयो”, उनले भने,“पैसा नहुँदा पसलमा उधारोमा सामान माग्न पनि गाह्रो लाग्छ ।” विसं २०५८ मा बसाइँ सरी यहाँ आएका बड्सिंह राउटेले पनि परिवारको खर्च भत्ताले चलेको बताए । “पाएभने गाउँघरमै ज्यालामजदूरी पनि गर्छु”, उनले भने, “सरकारले लोपोन्मुख जातीलाई अझै सुविधा दिनुपर्छ ।”
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: