Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

विश्वमै सबभन्दा बढी बलि दिइने गढिमाईमा बलि प्रथा शुरु, यस्ताे छ इतिहास

बारा । विश्वमै सबभन्दा बढी बलि दिइने बारा जिल्लाको गढिमाई नगरपालिकाको बरियारपुरमा रहेको ऐतिहासिक, धार्मिक तथा प्राचीन गढिमाई मन्दिरमा मङ्गलबार विधिवत्रूपमा बलि प्रथाको शुरुआत भएको छ ।

बाराको सिमरा गाउँबाट आएका दुखा धामीले आफ्नो जिब्रो, आखाँमुनिको तल्लो परेली, छाती, पाखुरा र तिघ्राबाट पाँच थोपा रगत झिकेर गढिमाईलाई चढाएपछि विधिवत्रूपमा मङ्गलबारदेखि बलि प्रथा शुरु भएको मन्दिरका एघारौँ पुस्ताका पुजारी मङ्गल चौधरीले राससलाई बताए ।

पञ्चबलिका रूपमा बलि दिइने दुर्लभ मानिएका सेतो जङ्गली मुसा बलि दिइने दिन सो क्षेत्रमा सहजै उपलब्ध हुनु, मेलाको समयमा बत्ती स्वप्रज्वल हुनु, बलिको रगत र मासुमा झिँगा नबस्नु, बलिको मासु खाँदा कुनै किसिमको रोग नलाग्नु, मेलामा कसैलाई चोटपटक नलाग्नु यस मेलाको मुख्य विशेषता रहेका छन् ।

नेपालको ऐतिहासिक सांस्कृतिक र पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण मानिएको गढिमाई मेला हरेक पाँच वर्षको अन्तरालमा लाग्ने गर्दछ । यस मेलामा गढिमाई भगवतीको स्थानलाई केन्द्रविन्दु मानेर चारैतिर सिमाना निर्धारण गरिएकाले भक्तजनले सिमानाभित्र जुनसुकै ठाउँमा बलि दिने परम्परा रहिआएको छ ।

इतिहास

सदरमुकाम कलैयादेखि करिब आठ किलोमिटरको दूरीमा रहेको गढिमाई भगवतीको स्थापनाबारे विभिन्न खाले किंवदन्ती रहेका छन् । करिब ८०० वर्षअघि अहिलेको गाउँमा भगवान् चौधरीले गढिमाईको स्थापना गरेका थिए । भनिन्छ, एक रात भगवान् चौधरीको घरमा चोरी हुँदा गाउँलेले चोरलाई समातेपछि जम्मा भएको भीडले कुटेर ती चोरलाई मार्छ । यसको पूर्ण दोष भगवान् चौधरीमाथि आउँछ ।

कर्तव्य ज्यानको मुद्दामा भगवान चौधरीलाई काठमाडाँै उपत्यकाको जेलमा हालिन्छ । सोझा र ईश्वरभक्त चौधरी जेल परे पनि उनको भगवान्प्रतिको आस्था र विश्वासमा कमी नआएको देखेर एक रात जेलमा भगवान चौधरीको सपनामा गढिमाई आएर भन्छिन्, “कुन पापीले तिमीलाई जेलमा ल्याएर थुनेको छ रु” त्यसपछि भगवान् चौधरीले ‘तपाईं को हो, मेरो अगाडि आएर दर्शन दिनुहोस’् भनेपछि गढिमाईले साक्षात दर्शन दिएर तिमी मलाई आफ्नो गाउँ लग भनेपछि भगवान चौधरीले गढिमाईको सर्त मानेछन् ।

त्यसपछि चौधरीले गढिमाई भगवतीको पाउको धुलो आफ्नो पगरी र निधारमा बाँधी तथा मन्दिरको त्रिशूल लिएर गढिमाई माताको आज्ञाबमोजिम त्यसै गरे । बाटोभरि भगवान् चौधरी र गढिमाई माताबीच भएको कुराकानीकै क्रममा गढिमाईले आफ्नो पूजामा बलिको व्यवस्था हुनुपर्ने, प्रत्येक वर्ष मेला लाग्नुपर्ने सर्त अघि सारेपछि भगवान चौधरीले प्रत्येक वर्ष मेला लगाउने प्रस्ताव अस्वीकार गरी प्रत्येक पाँच वर्षमा मेला लगाउने, दैनिक पूजाआजा गर्ने, पूजामा पञ्चबलिका रूपमा राँगा, बोका, जङ्गली मुसा, कुखुरा र सुँगुर दिइने प्रस्ताव राखेपछि गढिमाई भगवती सहमत भएकी थिइन् ।

पुजारी चौधरी र भगवतीबीच कुराकानी हँुदै पसहा नदीको बाटो गरी बरियारपुर गाउँ नजिक रहेको बरको रूखमुनि आएर बसेको र सोही स्थान आजको गढिमाईको स्थान भएको अर्का पुजारी शिव चौधरीले बताउनुभयो । त्यसै बेलादेखि सोही स्थानमा प्रत्येक पाँच वर्षमा गढिमाई पञ्चवर्षीय मेला लाग्दै आएका छन् ।

मङ्सिर महिनाको शुक्लपक्षको पञ्चमीदेखि अष्टमीसम्म गढिमाईमा लाग्ने पञ्चवर्षीय मेलामा विशेष पूजा गरिन्छ । भनिन्छ पञ्चमीका दिन खप्परको पूजा गरिन्छ भने सप्तमी र अष्टमीका दिन ब्रह्मस्थानमा बलिस्वरुप पुजारीबाट पाँच थोपा रगत चढाइन्छ । रगत चढाएपछि सो ठाउँमा बत्ती प्रज्वलित हुन्छ । त्यसपछि गढिमाईको मन्दिरमा पञ्चबलिस्वरुप बोका, राँगा, जङ्गली मुसा, कुखुरा र सँुगुरको बलि दिएपछि बलि पूजाको प्रारम्भ हुने गर्दछ । बलि पूजा शुरु भएपछि सर्वप्रथम बनारसका डोमकहाँ रहेको राजा हरिश्चन्द्रका सन्तानले बनारसबाट ल्याएका राँगाको बलि दिने परम्परा रहेको किंवदन्ती रहेको छ ।

नेपाल र भारतको दिल्ली, मुम्बई, कोलकाता, हैदराबाद, पटना, मोतिहारी, दरभङ्गा, सीतामढी, बेतिया तथा सार्क राष्ट्र बङ्गलादेश, पाकिस्तानलगायत देशबाट ठूलो सङ्ख्यामा भक्तजन मेला अवलोकन गर्न आएको गढिमाई मन्दिर सञ्चालक तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले राससलाई बताउनुभयो ।

मन्दिरका पुरोहित ताराकृष्ण पाण्डयले मन्त्र उच्चारण गरेको र मूल पुजारी मङ्गल चौधरी र तान्त्रिक दुखा धामीले मङ्गलबार विशेष पूजाअर्चना गरेपछि बलि दिने कार्य शुभारम्भ भएको थियो । सोही दिन करिब १४ हजार राँगाको बलि दिएको थियो । आज खसी, बोका, कुखुरा, हाँस, परेवाको बलि दिने कार्य प्रारम्भ भएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending