Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

माओवादी नेता – ‘मोबाइल बोक्छन् तर फोन उठाउँदैनन्’

\"Perish-dada1\"१८ असार,काठमाडौं । राजनीति गर्नेहरुले आफ्नो पेसालाई ‘जनताको सेवा गर्ने’ पेसाको रुपमा परिभाषित गरेका हुन्छन् । सोही परिभाषा अनुसारको जनगुनासो सुन्नु, त्यसको व्यवस्थापन गर्नु उनीहरुको दायित्व हो । तर विडम्बना जनसेवा गर्ने कसम खाएका राजनीतिक दलका नेता आफ्नै कार्याकर्ताको फोन सम्म उठाउँदैनन् । प्रसंग माओवादी नेताहरुको हो । जनसम्पर्कमा रहनको लागि उनीहरु महंगा मोबाइल बोक्छन् । अधिकांश समय मोबाइलमै झुम्मिन्छन् तर कार्यकर्ता वा सर्वसाधरणको फोन आउँदा उठाउँदैन । संविधानसभाको तेस्रो ठूलो दल एमाओवादीका अधिकांश कार्यकर्ता नेताको फोन नउठेर हैरान छन् । ‘हामीसँगै जनयुद्धमा होमियौं, कयौं मोर्चाहरुमा लड्यौं तर हामीले गरेको फोन उठ्दैन ।’ एमाओवादी राज्य समिति स्तरका एक कार्यकर्ताले आफ्नै नेता प्रति दुःख पोख्दै भने ‘उनीहरुलाई अहिले हामी चाहिएको छैन होला, तर कुनै दिन हामीले पनि उनीहरु भन्दा बढी रगत पसिना आन्दोलनको लागि बगाएका छौं ।’ एकिकृत नेकपा माओवादी काठमाडौं जिल्ला समितिका एक सदस्यले भने, ‘नेताहरु कार्यकर्ताका फोन उठाँउन बोझ मान्छन्, सडकमा निस्कनुपर्ने ठाउँमा आफै गर्छन्’ उनका अनुसार माओवादीलाई कार्यकर्ता घाँडो भएको छ । अझ जनयुद्धबाट आएका कार्यकर्ता त झन घाँडो भएका छन् । केन्द्रीय स्तरका नेतादेखि मध्यम खालका नेताहरु कार्यकर्ताको फोन सजिलै उठाउँदैनन् । कहिलेकाही उठाएपनि गुटिय सामिप्यताका आधारमा ब्यवहार गर्छन् । कार्यकर्ताको मात्रै होइन पत्रकारहरुले जिज्ञासा लिन खोज्दा समेत माओवादीले फोन उठाउँदैनन् । पत्रकारको नजरमा माओवादी नेता सजिलै उपलब्ध नहुने नेताको लिष्टमा पर्छन् । त्यसैले त माओवादी प्रचार युद्धमा कमजोर शक्तीको रुपमा स्थापित छ । यसो हुनुको एउटै कारण उसले मिडियालाई नजिकको ठान्दैन भन्ने टिप्पणी नभएको होइन । नागरिक दैनिकमा माओवादी बिट हेर्दै आएका पत्रकार प्रकाश तिमल्सीना नेताहरुबाट निकै ठूलो समस्या झेल्नुपरेको गुनासो गर्छन् । ‘माओवादी नेताहरुमा मिडिया भनेपछि थर्किने, बोल्नै नहुने त्रास छ ।’ प्रकाश भन्छन् ‘बाबुराम बाहेकका सचिवालय मिडियासँग नजिक हुन चाहादैन ।’ ६५ पछि माओवादी विटमा पत्रकारीता गर्दै आएका उनलाई पछिल्लो समय प्रचण्डको सचिवालयले मिडिया बुझेको जस्तो लाग्छ । उनको नजरमा हरिबोल गजुरेल, अग्नि सापकोटा मिडिया बुझ्ने नेता हुन् । ‘प्रवक्ता दिनानाथ शर्माको अलि लुकाउने मानसीकता छ ।’ प्रकाशले भने ‘माओवादी निकट वा अन्य भने छुट्याउने परम्परा छ । मिडियालाई बुझ्ने कुरामा माओवादीमा ठूलो समस्या छ, मिडिया भनेको स्तुतीगान कहाँ होर ?’ कान्तिपुर दैनिकका माओवादी विटको समाचार लेख्दै आएका गंगा बिसी सुरुमा आफूले निकै समस्या झेलेको बताउँछन् । उनी पछिल्लो समय सुरुका दिनमा जस्तो समस्या नभएको बताउँछन् । ‘नचिनेको नम्बरबाट फोन गर्दा उठाउँदैनन् ।’ उनी प्रश्न गर्छन्, ‘आम कार्यकर्ताको हालत के होला ?’ माओवादीलाई नजिकबाट बुझ्नेहरु माओवादी नेताहरुमा पछिल्लो समय जनशैली हराउँदै गएको टिप्पणी गर्छन् । ‘शान्तिप्रक्रिया पछि सत्ताको खेलमा लागेपछि माओवादी नेताहरुमा समस्या देखिएको हो ।’ एक केन्द्रीय सदस्य भने । विश्लेषक भरत दाहाल माओवादी नेताहरुको वर्गउत्थान भएको टिप्पणी गर्छन् । ‘यो सचेत खालको विकृति हो ।’ उनी भन्छन्, ‘यसलाई व्यक्तिगत समस्याका रुपमा हेर्न मिल्दैन ।’ अधिंकाश माओवादी नेतालाई खबरडबलीले पनि पटकपटक सम्पर्क गर्न खोज्यो कुनै नेता सम्पर्कमा आएनन् र फोन उठेन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending