बाँके । सुरक्षा खतरा भएका व्यक्तिलाई व्यक्तिगत हतियार राख्न दिने सरकारी नीति छ । जिल्लामा कतिपयले ‘सान’का लागि हतियार राखेका छन् । कतिपयले ‘पारिवारिक सम्पत्ति’का रूपमा हतियारको इजाजत पत्र ९लाइसेन्स० र नामसारी गरेका छन् । कतिपय व्यक्तिले ‘गुण्डागर्दी’ र ‘तस्करी’ गर्नका लागि लाइसेन्स लिएर हतियारको प्रयोग गरेका प्रहरीले भेट्टाएको छ ।
सुरक्षा खतरा भएको भन्दै वर्षौँदेखि इजाजत पत्र लिएर हतियार राख्ने र ठेक्का ‘डिल’देखि आपराधिक गतिविधिमा उक्त हतियार प्रयोग गर्ने गरिरहेका छन् । यहाँको तथ्याङ्क हेर्दा करीब एक हजारभन्दा बढी थान हतियार इजाजत लिएर व्यक्तिगतरूपमा राखिएका छन् । यद्यपि अहिले प्रहरीलाई ती वैधानिक इजाजत पत्रधारी हतियार नै सुरक्षाको चुनौती बन्दै गएका छन् । बाँके प्रहरीलाई यस्ता हतियारका वाहक को हुन् ? उनको सम्पर्क नम्बर कति हो ? के गर्छन् ? भन्नेबारे सामान्य जानकारी र चासोसमेत भएको देखिँदैन, त्यसका कारण राजनीतिक दलको संरक्षण र हतियारको आडमा बाँकेमा ठेक्का डिल गर्ने तथा जबर्जस्ती ठेक्का आफ्नो कब्जामा पार्ने गिरोहको सक्रियता देखिएको छ ।
काङ्ग्रेस निकट तरुण दलका नेपालगञ्ज नगर सभापति पक्राउपछि राजनीतिक आडमा ‘अपराधकर्म’ हुने गरेको तथ्य भेटिएको प्रहरीको दाबी छ । बाँकेमा राजनीतिक दलसम्बद्ध युवादेखि हत्या आरोपमा जेल भुक्तान काटेर आएका व्यक्ति संलग्न रहेका प्रहरीले जनाएको छ । हतियारको आडमा रु पाँच करोडभन्दा बढीका ठेक्का ‘डिल’ भएकै विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाही नेतृत्वको टोलीले गनापुरबाट शाहसहितका छ जनालाई हतियारसहित पक्राउ गरेको थियो ।
शाह पक्राउ परेपछि भएको प्रहरी अनुसन्धानका क्रममा राजनीतिक आडमा ‘अपराधकर्म’ हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए । बाँकेमा साना तथा ठूला हतियारका आडमा दादागिरी चलेको गुनासो आएपछि प्रहरीले कडा ‘अप्रेशन’ नै चलाएको थियो । सोही क्रममा शाहसहितका व्यक्ति गनापुरको नमस्ते रिसोर्टबाट हतियारसहित पक्राउ परेका प्रहरीको भनाइ छ । प्रहरीका अनुसार हतियारको आडमा जिल्लाका विभिन्न क्षेत्रमा गुण्डागर्दी चलेका थुप्रै उजुरी र गुनासा प्रहरीसमक्ष आएका छन् ।
यसैअन्तर्गत सभापति शाहको टोलीले पनि हतियार देखाएर ठेक्कापट्टा हात पार्ने दाउ गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको प्रहरी नायब उपरीक्षक शाहीको भनाइ छ । नगर सभापति भनिने ठेकेदार सन्दीपसँगै पक्राउ परेकामध्ये यमबहादुर बुढा, प्रितम थापा र माधव नेपाली साबिक नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी चेतन मानन्धरको हत्यामा संलग्न व्यक्ति भएको प्रहरीले बताएको छ ।
प्रहरी नायब उपरीक्षक सिंहका अनुसार मानन्धर हत्या अभियोगमा जिल्ला अदालतले तीन÷तीन वर्षको जेल सजाय भुक्तान गरेर रिहा भएका व्यक्तिसँग सन्दीपजङ्गको उठबस देखिएको छ । उहाँका अनुसार चेतन हत्याकाण्डमा पनि सन्दीपको समेत नाम जोडिएको थियो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक शाहीले भने, “तरुण दलका कोषाध्यक्ष केशर खड्काको विगत बुझ्दै जाँदा थुप्रै आपराधिक घटनामा संलग्न भएका तथ्य भेटिएका छन्, अहिले हामीले उनीमाथि पनि निगरानी बढाएका छौँ ।” रासस
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: