Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

चापागाउँ सडकखण्ड बल्ल कालाेपत्रे हुँदै

ललितपुर । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले तिहारभन्दा पहिला नै चापागाउँ सडकखण्ड कालोपत्रे गरिसक्ने दाबी गरेका थिए। दसैं तिहारमा नगरवासीलाई धुलोमैलोमा नहिँडाउने प्रतिबद्धता उनको थियो। तर, बचन समयमा पूरा गर्न सकेनन्। ढिलै भए पनि ठेंचोबाट टाहाखेलसम्मको कालोपत्रेको काम सुरु गरेका छन्।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - गत शनिबारदेखि ठेंचो टाहाखेल सडकमा कालोपत्रेको काम सुरु भएको छ। मेयर महर्जनका अनुसार उक्त सडक निर्माणका लागि नेपाल सरकारले करिब १३ करोड बजेट उपलब्ध गराएको छ। शैलुगं कन्स्ट्रक्सनले काम गरिरहेको महर्जनले बताए। तर ठेंचो–सुनाकोठी खण्डको निर्माण कार्य भने अझै निश्चित भइसकेको छैन। ‘मेरो नगरपालिकाभित्र काम सकाउँछु,’ महर्जनले भने, ‘तलको काम डिभिजन सडक कार्यालय आफैले गर्ला।’

०७१ सालमा सडक विस्तार आयोजनाले मुआब्जा निर्धारण नगरी ठेक्का लगाएको उनको भनाइ छ। ठेक्का लगाएको वषौं भए पनि मुआब्जा विवादका कारण काम सुरु हुन सकेको थिएन। विवाद मिलाउन सम्बन्धित निकायसँग विभिन्न चरणको बैठक बसेको महर्जनले जानकारी दिए। तर उक्त सडकको काम यथाअवस्थामा गर्ने सहमति भएको हो।

मुआब्जा निर्धारण नभई ठेक्का लगाएकाले सडक निर्माण अलपत्र परेको थियो। तर, समयमा सडक बन्न नसकेको भन्दै जनताले रातदिन दबाब दिदै आएका थिए। जनताको दबाबका कारण दसैंअघि खाली ठाउँमा १६ मिटर र अन्य ठाउँमा यथाअवस्थामा कालोपत्रे गर्ने सहमति भएको उनले जानकारी दिए। उनले भने ‘उक्त सडक २२ मिटर बनाउने भनिएको थियो। तर, विवाद नमिलेपछी १६ मिटर मात्र बनाउने सहमति भएको हो।’

जनताको दबाब थेग्न नसकेपछि नगरपालिका आफैँ सडक बनाउन लागि परेको थियो। जसका लागि नगरपालिकाको कार्यपालिका बोर्डले सात करोड रुपैयाँ छुट्याएर सडक बनाउन अघि सर्दा सडक विभागले अनुमति नदिएको गुनासो महर्जनले गरे।

सडक निर्माणमा सर्वोच्च अदालतको निर्णय अड्चन बनेको अनुभव उनीसँग छ। ‘घर र जग्गाको क्षतिपूर्ति दिएर मात्र भत्काउनु भन्ने निर्देशनपछि सडकको काम झन ढिलो छ’, उनले भने, ‘जनताहरू घर भत्काउन तयार भएपनि सरकारले मुआब्जा दिन सकेको छैन।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending