Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

सिमा विवादबारे कुटनैतिक पहल गर्न सरकार समक्ष राप्रपाको जोडदार माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भारतबाट प्रकाशित राजनैतिक नक्सामा भएको त्रुटि सच्याउन कुटनैतिक पहल गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ । राप्रपाले भारतबाट प्रकाशित राजनैतिक नक्सामा भएको त्रुटि सच्याउन र नेपालको भूभागको संरक्षण गर्नको लागि अविलम्ब कुटनैतिक पहल गर्न नेपाल सरकार समक्ष जोडदार माग गरेको हो ।

बुधबार राप्रपाका अध्यक्ष कमल थापाको निवास बुढानिलकण्ठमा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको सांगठनिक र विविध पक्षबारे समिक्षा गरेको छ ।

प्रेस विज्ञप्तिः

१. सुगौली सन्धिबाट कायम रहेको काली नदि पूर्वको नेपालको भूभाग समेतलाई समेट्ने गरि हालसालै भारतबाट एकतर्फी रुपमा राजनैतिक नक्सा प्रकाशित गरिएको र सोबाट यसअघि नेपाल र भारत सरकारका बीच सीमा विवाद समाधानका सम्बन्धमा गठन गरिएको सचिव स्तरिय संयन्त्र समेतलाई अवमूल्यन हुन गई नेपाल भारत बीचको सम्बन्धमा संशय पैदा हुन गएको विषयलाई राप्रपाले अत्यन्त गम्भीरतापूर्वक लिएको छ । दुई घनिष्ठ छिमेकीका बीचमा संशय पैदा हुनु र संशय कायम रहिरहनु निश्चितरूपमा दुवै देशको हितमा हुँदैन । भारतबाट प्रकाशित राजनैतिक नक्सामा भएको त्रुटि सच्याउन र नेपालको भूभागको संरक्षण गर्नको लागि अविलम्ब कुटनैतिक पहल गर्न नेपाल सरकार समक्ष राप्रपा जोडदार माग गर्दछ ।

२. अध्यक्ष कमल थापा डिसेम्बर ४ र ५ तारिखमा अमेरिकाको वासिङ्टनमा हुने International Democratic Union को अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन र पार्टीको भातृ संगठन प्रवासी नेपाली एकता समाज अमेरिकाको अधिवेशनलाई प्रमुख आतिथ्य प्रदान गर्न तथा अमेरिकाको विभिन्न स्थानमा प्रवासी नेपाली समुदायको आयोजनामा हुने विविध कार्यक्रममा सहभागी हुन आज साँझ त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ । उहाँको अनुपस्थितिमा पार्टीको दैनिक कार्य सम्पादन गर्न वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गर्नुभएको छ ।

३. प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको उप निर्वाचनमा पार्टीको सशक्त उपस्थिति र बिजय सुनिश्चित गर्न सबै पदाधिकारीहरु र केन्द्रीय कार्य समितिका सदस्यहरु अनिवार्य रुपले निर्वाचन हुने जिल्लामा परिचालन हुन निर्देश गरेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy