काठमाडौं । नयाँ बसपार्कमा रहेको मित्रनगर विकास तथा सुधार समितिले त्यहाँको फोहर व्यवस्थापनका लागि सवारी साधन खरीद तथा बिरामीको तत्काल उपचारका लागि एम्बुलेन्स खरीद गरी समाज सुधारका कार्य गर्ने भएको छ ।
समितिको आज सम्पन्न ११औँ साधारणसभाबाट निर्वाचित अध्यक्ष विष्णु पोखरेलले सो जानकारी दिनुएको हो । सभाले पोखरेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्ष दीपक सिङ्खडा, प्रथम उपाध्यक्ष गङ्गा पन्त, उपाध्यक्ष रुद्र दाहाल, महासचिव अर्जुनकुमार श्रेष्ठ, सचिव चन्द्रा बराल, कोषाध्यक्ष ज्ञानेश्वर गुरुङ र सह–कोषाध्यक्षमा राम खतिवडा चयन भएका छन् ।
यस्तै, समितिको सदस्यमा शिवशरण डङ्गोल, तारा नेपाल, देवी कार्की, राजन महर्जन, जयलक्ष्मी कार्की, हेमबहादुर श्रेष्ठ, प्रेमकुमारी कार्की र हरिकृष्ण महर्जन भएका छन् ।
कार्यक्रममा काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले नयाँ बसपार्क क्षेत्रलाई सुन्दर क्षेत्रका रुपमा निर्माण गर्न मित्रनगर विकास तथा टोल सुधारसमितिले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।
“महानगरपालिकाको राजश्व आम्दानीमा मित्रनगर क्षेत्रको योगदान महत्वपूर्ण छ”,उनले बताए । विसं २०५७ मा स्थापना भएको समितिले मित्रनगर क्षेत्रमा वृक्षरोपण, खेलकूद, जनचेतनामुलक, महोत्सव, बालबालिका तथा वृद्धवृद्धालाई सहयोगलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
समितिले आगामी दिनमा मित्रनगर क्षेत्रको फोहर व्यवस्थापनका लागि सवारी साधन खरीद, बिरामी बोक्नका लागि एम्बुलेन्स खरिदलगायतका कार्यक्रम गरिने नवनिर्वाचित अध्यक्ष पोखरेलले बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: