Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

क्यान्भासमा उत्तरगया: मनमोहक फलाखु र त्रिशूली नदी

नुवाकोट । कैँचीले मुठारे झैँ देखिने सर्लक्क परेको बेत्रावती पारी नुवाकोटको तुप्चे फाँट । ठाउँठाउँमा भित्र्याउने बेलाको पहेँलपुर धान । भित्र्याइसकेको खेतका टम्म मिलेका सुख्खा गरा । माथिल्लो भेगमा मानवीय बस्ती । एक छेउमा नागबेली बनेर बग्दै गरेको त्रिशूली ।

हेर्दै सुन्दर लाग्ने यो दृष्यमा काठमाडौँबाट कलायात्रमा आएका कलाकार दिपेन्द्रमान बनेपाली लोभिए । क्यामरामा कैद भएका बेत्रावती (उत्तरगया) का सयौँ दृष्यमध्ये तुप्चे फाँटले उनको मन तान्यो । बेत्रावतीको भीमसेनथानबाट क्यामरामा कैद भएको नुवाकोटको दुप्चेलाई एक्रेलिकको माध्यामबाट उनले क्यानभास रङ्ग्याए ।

उत्तरगयास्थित त्रिशूली र फलाखु खोलाको सङ्गम किनारबाट चित्रकार राधेश्याम कर्माचार्यले पाखा, पखेरा र ढुङ्गासँग पौँठेजोरी खेल्दै नागबेली भएर छङछङ बग्दै गरेको त्रिशूलगङ्गालाई क्यान्भासमा उतार्न चुकेनन्।

वैदीक पुराण श्रीमत्भागवत्को हिमावत्खण्डमा वर्णित गोसाईकुण्डबाट बग्ने त्रिशुलगङ्गा बेत्रावतीमा झरेपछि बेत्रगङ्गा र रुद्रगङ्गामा मिसिने ठाउँ उत्तरगयाको रुपमा प्रख्यात छ । भारतको दक्षिणगया स्नान गर्न जाँदा उत्तरगया स्नान गरेको छ की छैन भनेर सोध्ने चलन रहेकाले पनि यसको महत्व धेरै छ भन्न सकिन्छ । नेपाली पर्वहरुमा विभिन्न जिल्लाबाट आएर ब्रतालुहरुले स्नान गर्ने ठाउँमा ‘रसुवा कला यात्रा’ लिएर यसपाली राजधानीबाट चित्रकारहरुको टोली पुगेको हो ।

ऐतिहासिक, धार्मिक र पौराणिक महत्व बोकेको उत्तरगयालाई कलाकारको टोलीले शुक्रबार आ–आफ्नै कोणबाट तिखारे । कलाकार सूर्यराम सुवाल र पुण्यराम माताङले त्रिशूलगङ्गालाई नै आधार मानेर अली फरक दृष्यलाई क्यान्भासमा उने । उनीहरुको चित्रमा त्रिशूलीको छालमात्रै होइन काउले, भाल्चे र माने गाउँको दृष्यसमेत कैद गरेका थिए । केही माथि दृश्य उतार्दै हुनुहुन्थ्यो अर्का कलाकार दिवेश प्रधान । गोरसाइँकुण्डबाट रफ्तार लिएर झर्दैगरेको त्रिशूलीको बहावमा उहाँको मन अडियो र त्यसैलाई क्यान्भासमा ढाले ।

तल्लो भेगमा थिए कलाकारत्रय विक्रम प्रजापति, प्रकाश मानन्धर र रुविन बाडे । त्रिशूलीसँग मिसिन आउँदै गरेको फलाखु खोला, त्यसमाथि बनेको रसुवा र नुवाकोट जोड्ने पक्की पुल र यहाँ रहेको ठूलाठूला ढुङ्गासहितको प्राकृतिक दृष्य उहाँहरुको क्यान्भासमा प¥यो ।

कलाकार प्रजापति भन्छन्, “ऐतिहासिक र धार्मिक क्षेत्र बेत्रावतीमा आउँदा प्रकृतिलाईभित्रबाट अध्ययन गर्ने अवसर मिल्यो, यहाँको कला, संस्कृति र प्राकृतिक दृष्य उपत्यकाको भन्दा भिन्न रह्यो, प्रकृतिसँग रमाउने अवसर पाउँदा धेरै सिक्ने मौका पनि मिल्यो ।” त्यति नै बेला नागबेली भएर कलकल बग्दै गरेको त्रिशूलीसँगै देखिने माथिल्लो पहाडी बस्ती क्यानभासमा उतार्न कुचि चलाउँदै थिए कलाकार झलक केसी । माने गाउँलाई पुष्टभूमिमा राखेर त्रिशूलीको बहाबलाई कैद गरेका केसी त्रिशूलीसहितको माथिल्लो पहाडी बस्तीले मन छोएकाले घामको परवाह नगरी चित्र बनाएको अनुभव सुनाउछन् ।

अलिमाथि फलाखु खोलाको बीचमा रहेको ढुङ्गामा आड लिएर कलाकारद्वय राकेशचन्द्र श्रेष्ठ र स्थानीय कलाकार डिल्लीराम घिमिरेले क्यान्भामा दृष्य बनाए । क्यान्भासको पृष्टभूमिमा कालिकास्थान, लहरेपौवा र धैवुङ प्रष्ट देखिन्थ्यो । कलाकार कान्छाकाजी भासीमालाई भने दृष्य चित्रले मात्रै चित्त बुझेन । उनले हरिबोधनी एकादशीमा देखिने बेत्रावतीको चहलपहललाई क्यान्भासमा ढाले । कञ्चन फलाखु खोला र त्रिशूलीको मिलन विन्दु, त्यसमाथि बनेको झोलुङ्ग् पुल र पुल तर्दै गरेका बटुवा अनि एकादशीमा नदी तारिएको फूलको तोरणले उनको क्यान्भासमा स्थानपायो । लक्ष्मीप्रसाद खतेजा र तथागत चित्रकारले यहाँको पुरानो भवनलाई क्यान्भासमा उताए ।

ब्रमाण्डको रक्षाका लागि समुद्र मन्थनका बेला भगवान शिवले कालकुट विष (हलाहल सेवन गरेका र कैलासबाट गोसाइँकुण्ड प्रवेश गर्दा त्यो विषयले घाँटीमा औडाहा भएर पानी खोज्ने क्रममा आफूले टेकेको वेतको लौरी जमीनमा गाडेको र त्यहाँबाट गङ्गा उत्पन्न भएकाले यसलाई बेत्रगङ्गा भनिएको जनविस्वास छ । त्यसैबाट अपभ्रम्स भएर बेत्रावती नाम रहन गएकाले यसको पौराणिक र धार्मिक महत्व रहेको हो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE