Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

परराष्ट्र मन्त्रालयले जारी गरेको जस्तो खुद्रे वक्तव्यले समस्या हल हुँदैन

\"\" परराष्ट्र मामिला र सीमाको विषयमा राज्यको तर्फबाट जुन किसिमको गृहकार्य हुनपर्ने हो त्यसमा नेपाल सरकार चिप्लीएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध, सीमा रक्षाको विषयमा एउटै राष्ट्रिय नीति हुनुपर्नेमा यहाँ हरेक नेताका आ–आफ्नै स्वार्थ जोडियो । यसो हुँदा भारत वा अन्य मुलुकले बार्गेनिङ वा पोजिसन सिर्जना गर्छन् । नेपाल कहिल्यै कसैको उपनिवेश भएन । राष्ट्रभक्तिको मामिलामा नेपाली जनतामा जति संवेदनशील, चासो र चिन्ता रहेको छ, बिडम्बना त्यो भावना सरकारमा प्रतिबिम्ब हुन सकेको छैन । नेपाली भूमी, सीमाको विषयमा यो सरकारमात्र होइन अघिल्लो सरकारले पनि झारा टार्ने काम मात्र गरेका छन् । केहि महिना अघि हामी कैलाली पुग्दा, त्यहाँको सयौं बिगाह जमिनको लालपुर्जा नेपालीसँग भएपनि खेती भारतीय पक्षले गरिरहेको देख्यौं । त्यहाँका स्थानीय जनताहरु पीडित छन् । त्यसलाई सरकारले तदारुकताको साथ हल गर्नु पथ्र्यो त्यसो गरेको पाइएन । आफ्नो मिचिएको भूमी, सीमा विवादकोबारेमा दुईपक्षीय सरकारबीच हुनु पर्दैन ?
भारतले बदलिदो परिवेशमा के बुझ्न जरुरी छ भने कुनै एक अमुक नेतालाई काखी च्यापेको भरमा दुईपक्षीय सम्बन्ध राम्रो हुँदैन । भारतले नेपाली जनताको विश्वास जित्नु पथ्र्यो । विशाल भूमी भएको भारतले नेपालका केहि सीमा मिचेर नेपाली जनताको भावनामा ठेस पुर्याउने खेल गरिरहेको छ यो एकदमै गलत शैली देखिन्छ । भारतीय संस्थापन पक्षको यो नीति नितान्त गलत छ । 
भारतपक्षले लगातार सीमा मिचिरहेका छन् । त्यो भारतको बलमिचाई हो । नेपाल भारतबीचको जुन सदियौंदेखिको सम्बन्ध छ । सम्बन्धलाई माथि पुर्याउनु पर्नेमा, झन सम्बन्ध बिग्रिदै गएको छ । भारतले बदलिदो परिवेशमा के बुझ्न जरुरी छ भने कुनै एक अमुक नेतालाई काखी च्यापेको भरमा दुईपक्षीय सम्बन्ध राम्रो हुँदैन । भारतले नेपाली जनताको विश्वास जित्नु पथ्र्यो । विशाल भूमी भएको भारतले नेपालका केहि सीमा मिचेर नेपाली जनताको भावनामा ठेस पुर्याउने खेल गरिरहेको छ यो एकदमै गलत शैली देखिन्छ । भारतीय संस्थापन पक्षको यो नीति नितान्त गलत छ । यस विषयमा भारतले पनि गम्भिरताको साथ बुझ्नुपर्छ । कुनै एक नेतालाई व्यवस्थापन गरेको आधारमामात्र नेपाल–भारत सम्बन्ध राम्रो हुँदैन । नेपाल तर्फबाट पनि सरकार, पार्टी र नेताको तहबाट सीमा विवाद हल गर्नुपर्छ । सरकारको परराष्ट्र मन्त्रालयले जारी गरेको जस्तो खुद्रे बक्तव्यले हुँदैन । संवेदनशील बिषयमा तत्काल भारतीय राजदुतलाई बोलाएर स्पष्टिकरण सोध्नुपर्छ । हाम्रो राज्यसंयन्त्र सीमा मिचिएको विषयमा जुन तहमा संवेदनशील हुनुपथ्र्यो, नागरिकहरुको भावनालाई राज्यले मुखरित गर्नुपथ्र्यो त्यो नभएको अवस्था हो । सरकारकै कमजोरीका कारण छिमेकिको हेपाइ र चेपाइ पटकपटक खेप्दै आएका छौं । सीमा अधिक्रमणको विषयमा आमरुपमा मिडिया, जनता जसरी जागरुक भएर आएका छन्, यसमा हाम्रो पार्टीको पूर्ण समर्थन रहेको छ । हाम्रो पार्टी सरकार र अन्य पार्टीलाई एक ठाउँमा उभिएर भारतको मिचाह प्रवृत्ति विरुद्ध एक हुन आवहान गर्दछ । (विकास तथा पूर्वाधार विद् आचार्य साझा पार्टीका प्रवक्ता हुन्)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies