Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

रोड्रिगोको ह्याट्रिकमा रियलको गोल वर्षा, ६–० ले गालातासारे पराजित

स्पेन। ब्राजिलियन फरवार्ड रोड्रिगोले च्याम्पियन्स लिगमा गालातासारेबिरुद्ध ह्याट्रिक गर्दै विश्व फुटबलमा आफ्नो आगमनको संकेत दिएका छन् । रोड्रिगोको ह्याट्रिकको मद्दतले रियल म्याड्रिडले गालातासारेलाई ६–० को विशाल अन्तरले पराजित गर्न सफल रह्यो ।

१८ वर्षीय खेलाडी च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने राउल गोञ्जालेजपछि दोस्रो कम उमेरका खेलाडी बनेका छन् ।

ब्राजिलिन क्लबबाट स्पेन आइपुगेका रोड्रिगोलाई ‘नयाँ नेयमार’ पनि भन्ने गरिन्छ । ५ फिट ९ इन्च अग्ला युवा खेलाडीको उचाइँ पनि नेयमार जत्तिकै छ । रियल आएपछि क्लबका लागि सबै प्रतियोगितामा ६ खेलमा ५ गोल गरेका छन् ।

रोड्रिगोले खेलको चौथो मिनेटमा नै रियललाई अग्रता लिाएका थिए भने सातौँ मिनेटमा अग्रता दोब्बर बनाए । योसँगै उनी च्याम्पियन्स लिगमा सबैभन्दा चाँडो दुई गोल गर्ने खेलाडी पनि बने ।

खेलको १४ औँ मिनेटमा कप्तान सर्जियो रमोशले पेनाल्टीबाट गोल गर्दै रियलको अग्रता फराकिलो बनाए भने करिम बेन्जेमाले पहिलो हाफ सकिन लाग्दा अर्को गोल थपे । गोलसँगे बेन्जेमाले लगातार १५ औँ च्याम्पियन्स लिगको सिजनमा गोल गर्न सफल भएका छन् । यो उपलब्धि हासिल गर्ने उनी बार्सिलोनका लियोनेल मेस्सीपछि दोस्रो खेलाडी हुन् । ३१ वर्षीय फ्रेन्च स्ट्राइकरले सन् २००५ मा लियोनबाट खेल्दा १७ वर्षको उमेरमा च्याम्पियन्स् लिगमा पहिलो गोल गरेका थिए । उनले हालसम्म ६१ गोल गरेका छन् र सबैभन्दा धेरै गोल गर्ने सूचीमा क्रिस्टियानो रोनाल्डो, मेस्सी, र राउलपछि चौथो स्थानमा रहेका छन् ।

दोस्रो हाफमा बेन्जेमाले अर्को गोल थपे भने इन्जुरी समयमा गोल गर्दै रोड्रिगोले आफ्नो ह्याट्रिक पूरा गरे ।

जीतपछि रियल ७ अंकसहित समूह ए को दोस्रो स्थानमा कायम रहेको छ ।

उता, समूहकै अर्को खेलमा पेरिस सेन्ट जर्मेनले क्लब ब्रगसलाई हराउँदै च्याम्यिन्स लिगमा शत प्रतिशत नतिजा कायम राखेको छ ।

माउरो इकार्डीले खेलमा निर्णायक गोल गरे भने । पीएसजीका गोलकिपर केलय नाभासले मायाबे डियाग्नेको पेनाल्टी प्रहार रोकेका थिए ।

१२ अंकसहित पीएसजी समूहको शीर्ष स्थानमा रहेको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending