Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

भारतलाई सत्तारुढ दलका युवाको चेतावनी : तुरुन्त नक्सा सच्चाइयोस्, होइन् भने प्रतिरोध गर्छौं

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले भारत सरकारलाई अबिलम्ब नक्सा सच्चाउन माग गरेको छ । बुधबार साँझ एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै युवा संघले अबिलम्ब नक्सा सच्चाई गल्तीलाई स्वीकार गर्न माग गरेको हो ।

युवा संघले भारतीय पक्षले त्रुटी सच्याउने काम नगरे प्रतिरोध गर्ने पनि चेतावनी दिएको छ । राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ र सह–संयोजक रमेश पौडेलद्धारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा राष्ट्रियता र सार्वभौमिकताको लागि जस्तो सुकै मुल्य चुकाउन नेपाली युवाहरु तयार रहेको बताइएको छ ।

विज्ञप्तीमा भनिएको छ, “नेपाल र नेपालीलाई कमजोर ठानी नेपाली भूमि अतिक्रमण गर्ने भारतीय विस्तारवादी नीति घोर आपत्तीजनक, निन्दनीय र अस्वीकार्य छ । भारतीय पक्षले यस प्रकारको त्रुटी अविलम्ब सच्चाओस् । अन्यथा हाम्रो भूमि कदापी छाडिने छैन् । राष्ट्रियता र सार्वभौमिकताको लागि हामी जस्तो सुकै मुल्य चुकाउन तयार छौं । यसलाई हेलचेक्र्याई गरी वेवास्था गरेर अघि बढेमा नेपाली युवाहरु प्रतिरोधमा उत्रन बाध्य हुनेछौं ।”

सार्वभौम राष्ट्रको अस्मितामाथि बलात्कार गरियो

युवा संघले भारतीय पक्षले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी, लिम्पीयाधुरा, कुटिङयांसी र लिपुलेकलगायतका भूभाग नै गायब पारिएको बताएको छ । नेपालको भूमि नै गायब पार्ने गरि नक्सा आउनु नेपाल र नेपाली जनतामाथिको ठूलो अपमान भएको युवा संघको भनाई छ । युवा संघले भारतीय व्यवहारले सार्वभौम राष्ट्र नेपालको अस्मितामाथि नै बलात्कार भएको ठहर गरेको छ ।

“नेपाली भूमिमाथि अतिक्रमण गर्ने कुत्सित उद्देश्यले नेपालको नक्सालाई तोडमोड हुने गरी नयाँ नक्सा प्रकाशित गरेको प्रति राष्ट्रिय युवा संघ नेपालको गम्भिर ध्यानाकर्षण भएको छ”, स‌ंघद्धारा जारी विज्ञप्तीमा भनिएको छ, “भारतीय व्यवहारले नेपाल र नेपाली जनताको ठूलो अपमान गरेको छ । यसले सार्वभौम राष्ट्रको अस्मितामाथि हठात बलात्कार गरेको छ ।”

राष्ट्र संघको वडापत्र विपरितको धावा

राष्ट्रिय युवा संघले भारतीय व्यवहारले संयुक्त राष्ट्र संघको वडापत्रभन्दा विपरित नेपालको अखण्डतामाथि धावा बोलि शक्तिको दुरुपयोग गरेको बताएको छ । युवा संघले भारतले विस्तारवादी मिचाहा तथा हेपाहा प्रवृत्ति देखाएको पनि आरोप लगाएको छ । “भारतले संयुक्र राष्ट्र संघको वडा पत्र विपरित नेपालको प्रादेशिक अखण्डतामाथि धावा बोली शक्तिको दुरुपायोग गरेको छ, भारतको यो विस्तारवादी मिचाहा तथा हेपाहा प्रवृत्ति अन्तराष्ट्रिय कानूनको समेत विपरित रहेको छ”, राष्ट्रिय युवा संघले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ ।

युवा संघले राष्ट्रको सार्वभौमिकता र भौगोलिक अखण्डताको दायित्व सरकारमा रहेको भन्दै भारतीय पक्षको व्यवहार सच्चाउनको लागि तुरुन्त कुटनीतिक पहल गर्न पनि सरकारको ध्यानाकर्षण गरेको छ ।

यस्तो छ राष्ट्रिय युवा संघद्धारा जारी विज्ञप्ती

\"\"/

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending