काठमाडौं । सरकार प्रमुखलाई युवाका मुद्दाबारे जानकारी गराउन ‘युवासँग प्रधानमन्त्री’ कार्यक्रम गरिने भएको छ । राष्ट्रिय युवा परिषद्ले युवाका मुद्दाबारे प्रधानमन्त्रीलाई गुनासो सुनाउनका लागि सो कार्यक्रम गर्न लागेको हो ।
परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले सबै क्षेत्रका युवाका नीतिगत समस्यालाई एकै थलोबाट प्रधानमन्त्रीलाई प्रत्यक्ष संवाद गरी जानकारी गराउन ‘युवासँग प्रधानमन्त्री’ कार्यक्रम गर्न लागिएको जानकारी गराए । परिषद्ले उद्योग, राजनीति, कृषि, वैदेशिक रोजगारबाट फर्किएका युवा, गैरसरकारी संस्था, वैज्ञानिक, उद्यमीलगायत क्षेत्रमा काम गर्ने युवासँग छलफल गरेर उनीहरुका समस्या पहिचान गर्नेछ ।
“विभिन्न क्षेत्रमा आएका युवाका समस्यालाई एकै मञ्चमा सिधै प्रधानमन्त्रीसँग राखिने छ”, उपाध्यक्ष ढुङ्गेलले भने, “प्रधानमन्त्रीले समेत उक्त मञ्चबाट युवाका समस्यालाई सम्बोधन गर्नुहुने छ ।” परिषद्का उपाध्यक्ष ढुङ्गेलले युवा नीति सुधारमा सिधै प्रधानमन्त्रीसँग छलफल गर्नका लागि कार्यक्रम गर्न थालिएको बताए ।
“युवाका नीतिगत समस्या धेरै नै रहेका छन्”, उनले भने, “ती नीतिगत समस्यालाई सिधै समाधान गर्नका लागि युवासँग प्रधानमन्त्री कार्यक्रम सञ्चालन गरिएको हो ।” प्रधानमन्त्रीलाई प्रत्यक्षरूपमा भेटेर युवाका समस्या राख्नका लागि कार्यक्रम गरिएको परिषद्का उपसचिव ध्रुवराज पौडेलले जानकारी गराए । युवा र प्रधानमन्त्रीबीच युवाका सवालमा प्रत्यक्ष संवाद र अन्तक्र्रियाको अवसर सिर्जना गर्नु कार्यक्रमको उद्देश्य रहेको छ ।
युवासँग प्रधानमन्त्री कार्यक्रममा एउटा निश्चित स्थानमा विभिन्न क्षेत्रका करीब ५० जना युवा सहभागी हुनेछन् । ती सहभागी युवाले आफ्नो क्षेत्रको समस्याबारे प्रधानमन्त्रीलाई त्यहीँ अवगत गराउने छन् र प्रधानमन्त्रीले युवाले राखेका नीतिगत, योजना, बजेटमा भएका समस्यालाई त्यहीँबाट सम्बोधन गर्ने परिषद्का उपसचिव पौडेलले बताए ।
आगामी माघमा गरिने उक्त कार्यक्रमका लागि परिषद्ले विभिन्न क्षेत्रका युवासँग छलफलसमेत गरेको छ । परिषद्मा प्रत्येक क्षेत्रका युवाले छलफल गरेपछि ती क्षेत्रबाट प्रतिनिधित्व गर्ने एक जना युवाले कार्यक्रममा प्रधानमन्त्रीलाई आफ्नो समस्याबारे जानकारी गराउने छन् । युवाले प्रधानमन्त्रीलाई राखेका समस्या प्रधानमन्त्रीले त्यहीँ मञ्चबाट विभागीय मन्त्रालयलाई सुल्झाउनेसमेत निर्देशन दिनेछन् ।
कार्यक्रममा युवासँग सरोकार रहेका अर्थमन्त्री, युवा तथा खेलकूदमन्त्री, श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री, कृषि विकासमन्त्रीलगायत मन्त्रीसमेत उपस्थिति हुनेछ । परिषद्का उपाध्यक्ष ढुङ्गेलले कार्यविधि नै बनाएर उक्त कार्यक्रम गर्न थालिएकाले प्रत्येक वर्ष कार्यक्रम गरिने जानकारी दिए। उनका अनुसार प्रदेशमा ‘युवासँग मुख्यमन्त्री’ र स्थानीय तहमा ‘युवासँग पालिका प्रमुख’ कार्यक्रम पनि सञ्चालन गरिने छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: