Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

कास्कीमा उपनिर्वाचनको तयारी तीव्र, यस्तो छ कांग्रेस र नेकपाबीचको मतान्तर

कास्की । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि कास्कीमा तयारी तीव्र पारिएको छ । निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन, निर्वाचन अधिकृतको नियुक्ति, मतदानस्थल र मतदान केन्द्र तोक्नेलगायतका आवश्यक तयारी गरेको छ भने दलहरु उम्मेदवार छनोटमा व्यस्त छन् ।

देशभरमा प्रतिनिधिसभाको एक मात्र क्षेत्रमा उपनिर्वाचन हुने भएकाले अहिले कास्कीको निर्वाचन क्षेत्र नं २ राजनीतिको केन्द्रमा रहेको छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि उनको क्षेत्रमा उपचुनाव हुन लागेको हो ।

दलहरुले अन्यत्रभन्दा यहाँको उपनिर्वाचनलाई विशेष महत्वका साथ लिएका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली काङ्ग्रेका बीचमा मुख्य प्रतिस्पर्धा हुने यहाँ निर्वाचनको मिति घोषणासँगै दलका शीर्ष नेताको आउजाउ बाक्लिएको छ ।

अन्य साना दलले पनि उम्मेदवारीका लागि आन्तरिक तयारी गरेका छन् । सत्तारूढ नेकपाले स्व अधिकारीका धर्मपत्नी विद्या भट्टराईलाई उपनिर्वाचनमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेर पार्टी केन्द्रमा सिफारिस गरेसँगै नेकपाबाट भट्टराईनै उम्मेदवार बन्ने निश्चित देखिएको छ ।

नेपाली काङ्ग्रेसले भने निर्वाचनमा उठ्ने चाहना राखेका १६ जनाकै नाम केन्द्रमा सिफारिस गरेको छ । अघिल्लो चुनावमा पराजित देवराज चालिसेसहित खेमराज पौडेल, सोभियतबहादुर अधिकारी, लक्ष्मी पाण्डे, ऋषि काफ्ले, वीरेन्द्रनारायण बिजुक्छे, गुरुप्रसाद बराल, बिमला भण्डारी, खेमकुमारी बराल, महादेव गुरुङ, कृष्ण कार्की, निर्मलप्रसाद कर्माचार्य, केशर निर्दोषी, रङ्गीला आचार्य, विजयराज आचार्य र मधु बाँस्तोलाको नाम कास्की काङ्ग्रेसले केन्द्रमा सिफारिस गरेको छ ।

साझा पार्टीले केन्द्रीय सदस्य रजनी केसीलाई उम्मेदवार चयन गरे पनि अन्य साना पार्टीले निर्णय गरिसकेका छैनन् । समाजवादी पार्टीबाट किरण थापा, धर्म गुरुङ र रामबहादुर नेपालीको नाम चर्चामा छ । नेकपा र काङ्ग्रेस दुवैले निर्वाचनलाई ‘मिनी’ जनमत सङ्ग्रहको रूपमा लिएर निर्वाचन जित्ने तयारीमा छन् । चुनावलाई केन्द्रित गरेर नेकपाले चुनाव क्षेत्रका सबै वडामा कार्यकर्ता प्रशिक्षण, सङ्गठन सुदृढीकरण, भेला सम्पन्न गरेको पार्टीका जिल्ला इन्चार्ज राजकाजी गुरुङले बताए ।

उनले भने, “निर्वाचन हाम्रा लागि विशेष महत्वको छ । हामीले लगातार जित्दै आएको क्षेत्रमा पुनः विजयी हुँदै पार्टीको पक्षमा जनमतलाई कायमै राख्छौँ । निर्वाचनमा सोहीअनुसार तयारी गर्दछौँ ।” नेकपाले चुनावलाई लक्षित गरेर यही कात्तिक १६ गते जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला गर्दैछ ।

विगतमा तीन पटकसम्म विजयी हासिल गरेको सो क्षेत्रबाट पुनः विजयी हुँदै पार्टीको पक्षमा जनमत नघटेको सन्देश दिने नेकपाको योजना छ । दुई तिहाइ बहुमतसहितको वर्तमान सरकारको पक्षमा जनमत घट्दै गएको भन्ने विपक्षीको दाबीलाई गलत सावित गर्न पनि नेकपालाई चुनाव जित्नै पर्ने दबाब छ ।

उपनिर्वाचन जित्दैमा सरकार फेरबदलमा गणितीय अर्थ नरहे पनि प्रतिपक्ष नेपाली काङ्ग्रेस निर्वाचन जितेर वर्तमान सरकारको लोकप्रियता घटेको देखाउन चाहन्छ । विजय हासिल गरेको खण्डमा पार्टी कार्यकर्तामा उत्साह छाउने र अर्को निर्वाचनका लागि नैतिक बल प्राप्त हुने भएकाले पनि काङ्ग्रेसले चुनावलाई महत्व दिएको काङ्ग्रेसका जिल्ला सभापति कृष्ण केसी बताउछन् ।

अघिल्ला निर्वाचनमा प्रत्यक्षतर्फ मतान्तर बढिरहे पनि समानुपातिकतर्फ पार्टीले राम्रो मत पाएकाले काङ्ग्रेसले जितको आशा राखेको छ । अधिकारीको व्यक्तित्वको कारणले उनले निर्वाचन जितेको काङ्ग्रेसको आकलन छ । विसं २०७४ को प्रनिनिधिसभा निर्वाचनमा स्व अधिकारीले काङ्ग्रेसका उम्मेदवार चालिसेलाई आठ हजार ५४६ मतान्तरले पराजित गरेका थिए ।

अधिकारीले २७ हजार २०७ मत प्राप्त गर्दा चालिसेले १८ हजार ६६१ मत प्राप्त गरेका थिए। अघिल्लो निर्वाचनमा ७० हजार ६५१ मतमा ४९ हजार ९०६ मत खसेको थियो । यसपटक अघिल्लो निर्वाचनको तुलनामा एक हजार २२० जना मतदाता थपिएको निर्वाचन कार्यालयको तथ्याङ्क छ ।

उपनिर्वाचनका लागि ७१ हजार ८७१ मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले जानकारी दिए । कुल मतदातामा पुरुष ३३ हजार १०६ र महिला ३८ हजार ७६४ छन् ।

निर्वाचनको तयारीका लागि कार्यालयले यही कात्तिक १७ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मतदाता शिक्षा स्वयंसेवक छनोट, कर्मचारी व्यवस्थापन, निर्वाचन सामग्रीको तयारीलगायतका काम भइरहेको जनाएको छ ।

निर्वाचनमा सुरक्षाको प्रबन्ध गर्नका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बैठक बसेर सुरक्षा संवेदनशीलता भएका मतदानस्थलको पहिचान गर्ने, सुरक्षाकर्मीको प्रबन्ध गर्ने लगायतका कार्य भइरहेको बताउँदै सुवेदीले भन्नुभयो, “निर्वाचनमा कुनै किसिमको कमजोरी नहुने गरी तयारी थालेका छौँ । आयोगको कार्यतालिका र कार्ययोजना अनुसारनै तीव्रताका साथ जिल्लामा काम भइरहेको छ ।”

उपनिर्वाचनका लागि ३२ निर्वाचनस्थल र ८२ वटा केन्द्र तोकिएका छन् । निर्वाचन कार्यतालिका अनुसार आगामी कात्तिक २१ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । उपनिर्वाचन हुने क्षेत्रमा पोखरा महानगरका वडामात्र पर्ने भएकाले सुरक्षा चुनौती नरहेको कार्यालयको भनाइ छ । महानगरको ४,७, ८, ९, ११ ,१५, १६, १७, २० ,२१ र ३३ नम्वर वडा उपनिर्वाचन हुने क्षेत्रमा पर्दछन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending