Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

यौनजन्य हर्कत गर्ने कृषिमन्त्रीलाई एमालेले आजै हटाउने

\"Hari-parajuli-2\"१७ असार, काठमाडौं । असार १५ को कृषिपर्वका अवसरमा एक स्थानीय महिलाप्रति अशोभनीय र अमर्यादित व्यवहार प्रदर्शन गरेवापत कृषिमन्त्री हरि पराजुलीलाई राजीनामा दिलाउने निष्कर्षमा एमाले नेतृत्व वर्ग पुगेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ आफ्नै पार्टी एमालेका महिला सांसदसहित विभिन्न राजनीतिक दलबाट कृषिमन्त्री पराजुलीको बर्खास्तगीको माग हुन थालेपछि उनलाई पदमा राख्नु दल र सरकारकै लागि प्रत्युत्पादक हुने निष्कर्षमा नेताहरु पुगेको एमाले स्रोतले जानकारी दियो । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमसँग नजिक मानिने पराजुलीलाई आन्तरिक समीकरण र भागबन्डाका कारण बचाउन केही कसरत भए पनि अन्तमा उनलाई बचाउन नहुने र नसकिने निष्कर्षमा नेताहरु पुगेका छन्। स्रोतका अनुसार बिहीबारै उनलाई राजीनामाका लागि पार्टी नेतृत्वबाट आदेश दिइनेछ र नमानेको खण्डमा बर्खास्त गरिनेछ। संसदमा एमालेका महिला सभासद्हरुले कृषिमन्त्री पराजुलीले सार्वजनिक स्थानमा महिलासँग अश्लील हर्कत गरेको भन्दै कारबाही गर्न माग गरेका छन्। उनीहरूले कृषिमन्त्रीको हर्कतबारे सरकारले संसद्लाई जानकारी गराउनुपर्ने माग पनि राखे। व्यवस्थापिका संसद्‌को बुधबारको बैठकमा प्रमुख विपक्षी एमाओवादीका सभासद् जनार्दन शर्माले काठमाडौंको मूलपानीमा मंगलबार आयोजित धान दिवस तथा रोपाइँ कार्यक्रममा प्रमुख अतिथि बनेका कृषिमन्त्री पराजुलीले महिलामाथि गरेको हर्कतले नेपाली जनताको शिर निहुर्‍याएको बताए। ‘असार १५ को उत्सव मनाउने क्रममा कृषिमन्त्रीको जे हर्कत देखियो, त्यसले जनताकै शिर निहुरिएको छ’, शर्माले भने, ‘महिलामाथि हर्कत गर्ने मन्त्रीका विषयमा सरकारले जबाफ दिनुपर्छ ।’ नेमकिपाकी अनुराधा थापामगरले कृषिमन्त्रीको व्यवहार आपत्तिजनक भन्दै कानुनबमोजिम उनलाई कारबाही हुनुपर्ने बताइन्। सभासद्को मागअनुसार सभामुख सुवास नेम्बाङले सरकारलाई रुलिङ नगरेको भन्दै राप्रपा नेपालकी कुन्ती शाहीले आपत्ति जनाइन्। जबाफमा सभामुखले संसद्मा भने, ‘यत्रो विषयमा कुरा उठेपछि सरकारको ध्यानाकर्षण भएकै होला । मेरो पनि गम्भीर ध्यानाकर्षण भएको छ। ओलीले स्पष्टीकरण मागे यस विषयमा कृषिमन्त्री पराजुलीसँग एमाले अध्यक्ष केपी ओलीले बुधबार स्पष्टीकरण लिएका छन्। ओलीले आफ्नै निवास बालकोट बोलाएर उनीसँग स्पष्टीकरण लिएका हुन्। करिब आधा घन्टा भएको छलफलमा पराजुलीले आफ्नो त्यस्तो खराब नियत नभएको जानकारी गराएको स्रोतले बतायो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending