भरतपुर । भरतपुर महानगरपालिकालाई आज एक समारोहका बीच सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिएको छ । भरतपुर महानगरपालिका, मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त प्रयासबाट सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिएको हो ।
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चारवटै संस्थालाई प्रतिबद्धतापत्र हस्तान्तरण गरेर औपचारिकरूपमा सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरेको हो । सो अवसरमा सहभागी सबैलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सहयोगापेक्षी सडक मानवमुक्त बनाउन सहयोग गर्छु भन्ने शपथ खुवाएकि थिइन्।
कार्यक्रम घोषणा गर्नुअघि असोज २७ गतेबट महानगरभर रात्रिकालीन उद्धार एवं परामर्श कार्य गरिएको थियो । सो क्रममा सडकमा फेला परेकाहरुको व्यवस्थापन गरिएको थियो । सहयोगापेक्षीहरुलाई भरतपुरमा रहेको मानव सेवा आश्रममा राखिएको छ ।
घोषणासभामा मुख्यमन्त्री पौडेलले सडकमा रहेका सहयोगापेक्षीहरुको व्यवस्थापनको दायित्व सरकारको रहेको बताए। सरकारले त्यस्ता मानिसलाई व्यवस्थापन गर्न प्रतिव्यक्ति रु तीन हजार दिने घोषणा गरिसकेको भन्दै उनले नेपालका सडकमा एक हजार २०० हाराहारी सहयोगापेक्षी रहेको बताए। उनीहरुको व्यवस्थापनका लागि तीनै तहको सरकार लाग्नुपर्ने उनको भनाइ थियो । देशैभर घोषणा नभएसम्म यसले पूर्णता पाउन कठिन हुने भन्दै उनले देश समृद्ध बन्नका लागि नेपाली समृद्ध हुनुपर्ने बताए।
महानगरपालिका प्रमुख दाहालले आउँदा दिनमा सहयोगापेक्षीहरुको व्यवस्थापन महानगर आफैँले गर्ने बताए । हाल मानव सेवा आश्रमलाई घरभाडा र एउटा सवारी साधन महानगरका तर्फबाट उपलब्ध गराउने भन्दै उनले सबैको साथ र सहयोगको अपेक्षा गरे ।
सो अवसरमा वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीले छिट्टै वीरगञ्जलाई पनि सहयोगापेक्षी मुक्त घोषणा गरिने बताए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाली काङ्ग्रेस चितवनका सचिव उत्तम जोशी, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधान, सामाजिक अभियन्ता प्रभातकुमार जोशी, मानव सेवा आश्रमका संरक्षक गोविन्द टण्डन, संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीलगायतले बोलेका थिए ।
विसं २०७१ देखि चितवनको सडकमा सहयोगापेक्षी सडक मानवमुक्त बनाउने अभियान शुरु गरेको यस संस्थाले हालसम्म ५०० जनाको उद्धार गरेको जनाएको छ । उनीहरुमध्ये ३०० लाई पुनःमिलन गराइएको छ भने अहिले १०० जना आश्रममा आश्रित रहेका छन् ।
मानव सेवा आश्रमको सहयोगमा यसअघि गोरखा नगरपालिका, मकवानपुर जिल्ला, पाल्पाको सिद्धबाबा मन्दिर क्षेत्र, बुटवलको सिद्धबाबाधाम क्षेत्र र काठमाडौँको पशुपति मन्दिर क्षेत्रलाई सहयोगापेक्षी सडक मानवमुक्त क्षेत्र घोषणा गरिएको छ । स्थानीय तह र सरोकारवाला सङ्घसंस्थाको अगुवाइमा ती क्षेत्रहरुलाई सहयोगापेक्षी सडक मानवमुक्त बनाइएको हो । घोषणासँगै भरतपुर महानगरपालिका सहयोगापेक्षी सडक मानवमुक्त नेपालको पहिलो महानगर बनेकोे छ ।
विसं २०६९ भदौ १३ गते मकवानपुरबाट मानव सेवा आश्रमले काम थालेको हो । अध्यक्ष अधिकारीका अनुसार हालसम्म सात प्रदेशका १४ जिल्लाका १६ केन्द्रमार्फत सेवा दिइँदै आएको छ । ती केन्द्रहरुमा ८०० जनाले संरक्षकत्व पाइरहेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...



प्रतिकृया लेख्नुहोस्: