Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

बारपाक र धार्चे गाउँपालिकाको सिमा विवाद सुल्झाउन सात बुँदे सहमति

गोरखा । बारपाक सुलीकोट गाउँपालिकाको बारपाक र धार्चे गाउँपालिकाको लाप्राकबीच लामो समयदेखिको सीमा विवाद सुल्झाउन सात बुँदे सहमति गरिएको छ । जिल्ला समन्यव समितिको समन्वयमा सोमबार सम्पन्न सर्वपक्षीय बैठकमा साविकका दुई गाविसबीचको सीमा विवाद मिलाउन सहमति भएको हो ।

दुई दिनदेखि लगातार भएको सर्वपक्षीय बैठकले बारपाक र लाप्राकबीचको सिमानालाई वैज्ञानिक ढङ्गले सिमाङ्कन गर्ने निर्णय भएको जिल्ला समन्यव समितिका प्रमुख अशोककुमार गुरुङले जानकारी दिए । “सिमाङ्कनका लागि स्थानीय दुवैतर्फका बस्तीको परामर्शमा सङ्घ र प्रदेश सरकारलाई अनुरोध गर्ने सहमति भएको छ”, उनले भने।

तत्कालका लागि भने दुवै गाउँपालिकाले परापूर्वकालदेखि प्रयोग गर्दै आएका सिमानाका खर्कहरु सोहीअनुसार प्रयोग गर्ने सहमति भएको प्रमुख गुरुङले जानकारी दिए । “परापूर्वकालदेखि भोगचलन गर्दै आएका खर्कहरु पहिले जे–जसरी प्रयोग हुँदै आएका छन्, त्यसलाई निरन्तरता दिने सहमति पनि भएको छ”, उनले भने। केही दिनअघि लाप्राक पुग्ने सडकखण्ड निर्माणमा भएको अवरोधलाई हटाउने निर्णय पनि सर्वपक्षीय बैठकमा भएको प्रमुख गुरुङले जानकारी दिए ।

“बारपाक–लाप्राक सडकखण्ड मर्मतकार्यलाई तत्काल अघि बढाउने सहमति बैठकले गरेको छ”, उनले भने, “लाप्राकसम्म बस सञ्चालन गर्ने वातावरण बनाउन पनि सबै पक्षबीच सहमति भएको छ ।” खानेपानीको सवालमा स्थानीयवासीको आवश्यकतालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा रहेको मूलको पानी सहमतिमा बाँडफाँड गर्ने निर्णय भएको छ ।

सहमतिअनुसार बारपाकको सामुदायिक वन समितिले नियन्त्रणमा लिएको लाप्राकका स्थानीयवासीका बोका र बाख्रा लाप्राकीलाई नै तत्काल फिर्ता गराउने सहमति भएको प्रमुख गुरुङले जानकारी दिए । त्यस्तै दुवै पक्षले त्यस क्षेत्रको शान्ति सुरक्षामा खलल पुग्ने गरी कुनै काम नगर्ने, अन्य विवादित विषयमा स्थानीय तहले सम्बन्धित वडाको परामर्श र सहयोगमा आपसी छलफलको आधारमा टुङ्गो लगाउने निर्णयसमेत गरिएको उहाँले जानकारी दिए।

छलफलमा जिल्ला समन्यव समिति प्रमुख गुरुङ, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडाध्यक्ष तथा स्थानीयवासीलगायतको सहभागिता थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending