चितवन । जिल्लामा लगाइएको आयातित गरिमा जातको वर्णशङ्कर धानमा बाला नलागेपछि किसानले बारी खाली गर्न थालेका छन् । धानपछिको हिउँदे बाली लगाउन ढिला हुने भएकाले कृषकले धान काटेर बारी खाली गर्न लागेका हुन् ।कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले बाला नलागेको धानको क्षतिपूर्ति मूल्याङ्कनका लागि अप्ठ्यारो हुने भएकाले केही दिन धान नकाट्न आग्रह गरिएको बताएको हो । कतिपय स्थानमा बाला निस्कन थालेको र कतिपय ठाउँमा बाला निस्कने चरणमा रहेको उनले जानकारी दिए । यो जातको धानको डिएनए परीक्षण भइरहेकाले यसका लागि अझै एक साता कुर्नुपर्ने उनले भने ।
तिहार अगाडि परीक्षणको नतिजा आउने अनुमान गरिएको छ । त्यसलगत्तै कृषि तथा पशुपक्षी मन्त्रालयले क्षतिपूर्ति मूल्याङ्कन समिति बनाउने आश्वासन दिएको जनाइएको छ । समिति बनेर मूल्याङ्कन गरेपछि धान काट्दा क्षतिपूर्ति मूल्याङ्कन गर्न सहज हुने प्रमुख ढकालको भनाइ थियो ।पूर्वी चितवनका कृषकले धान काट्न शुरु गरेका छन् । बीउ बिक्री गर्नेहरुले फरक जातको धानको बिउ बिक्री गरेको हुनसक्ने भन्दै शुरुमा दर्ता गर्दा ल्याइएको गरिमाको बीउ र हाल रोपिएको बीउको डिएनए परीक्षण भइरहेको छ ।
धान ढिला पाक्ने भएपछि उत्पादन घट्ने र यसपछिको बालीमा पनि असर पुग्ने उक्त केन्द्रका प्रमुख ढकालको भनाइ थियो । धानपछि तरकारी खेतीका साथै गहुँ, राजमा र तोरी लगाउने गरिन्छ । ती सबै बालीमा पनि असर पर्ने भएको छ । सरकारले प्रतिवेदन पाइसकेकाले डिएनएको प्रतिवेदन आएसँगै बीउ बिक्री गर्ने कम्पनीलाई के–कस्तो कारवाही हुने भन्ने विषयमा टुङ्गो लाग्ने उहाँले बताउनुभयो । वर्णशङ्कर गरिमा जात १३५ दिनमा पाक्ने भए पनि अहिलेको अवस्था हेर्दा उक्त धान पाक्न १६० दिन हाराहारी लाग्ने देखिएको छ । दाङस्थित सनराइज एग्रिकल्चर रिसर्च सेन्टरले भित्र्याएको उक्त जातको बिउ लगाएका देशका सबै स्थानमा यही समस्या देखिएको छ । जिल्लामा करीब ९५० बिघामा यो धान लगाइएको अनुमान गरिएको र यसबाट पाँच हजार हाराहारी कृषक प्रभावित भएका छन् । स्थानीय तहले उक्त धानको तथ्याङ्क सङ्कलन गरी केन्द्रमा पठाउन शुरु गरेका छन् । विसं २०७२ मा सूचीकृत भएको गरिमा भारतीय उत्पादन भएको र यसको जातीय गुणअनुसार ९० देखि ९५ दिनभित्र ५० प्रतिशत फूल फुलिसक्नुपर्छ ।
जिल्लामा गरिमा, गोरखनाथ र युएस ३१२ जातका आयातित वर्णशङ्कर र स्थानीय उन्नत जातका सावित्री, रामधान, सावामन्सुली धान बढी क्षेत्रफलमा कृषकले लगाउने गरेका छन् । गत वर्ष वर्षेधान एक लाख १९ हजार ७०० मेट्रिकटन र चैते धान २६ हजार मेट्रिकटन उत्पादन भएको कार्यालयले जनाएको छ । यस वर्ष पाँच हजार हेक्टरमा चैते धान लगाइएको थियो भने वर्षेधान २८ हजार ५०० हेक्टरमा लगाइएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: