Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

नेकपा काभ्रेपलाञ्चोक जिल्ला कमिटीका पदाधिकारीलाई शपथ

काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को काभ्रेपलाञ्चोक जिल्ला कमिटीका पदाधिकारीलाई आज शपथ दिलाइएको छ । नेकपा प्रदेश नं ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले एक कार्यक्रमकाबीच शपथग्रहण गराए ।

केन्द्रीय पार्टी नेतृत्वले ढिलो गरी अर्थात् अन्तिममा गत असोज ९ गते काभ्रेपलाञ्चोक जिल्ला कमिटी घोषणा गरेको थियो । घोषणाको २३ दिनपछि बनेपामा शपथ कार्यक्रम आयोजना गरिएको हो ।

नेकपा केन्द्रीय कमिटीले काभ्रेपलाञ्चोक जिल्ला इन्चार्जमा नेकपा केन्द्रीय सदस्य (वर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता) गोकुलप्रसाद बाँस्कोटा तोकिनुभएको छ । नेकपा काभ्रेपलाञ्चोकको अध्यक्षमा पूर्व नेकपा ९माओवादी केन्द्र०का केन्द्रीय नेता रुकू चौलागार्इं र सचिवमा तत्कालीन नेकपा ९एमाले०का अध्यक्ष टोकबहादुर तामाङ तोकिएको हो ।

जिल्ला अध्यक्ष, सचिव तथा सदस्य गरी १२६ ले शपथ लिनुभएको हो । कार्यक्रममा १० सदस्य अनुपस्थित थिए। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९एमाले० र माओवादी केन्द्रबीच पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को घोषणा भए पनि काभ्रेपलाञ्चोक जिल्ला कमिटीमा भने त्यसको दुई वर्ष तीन महीनापछि अर्थात् अन्तिममा मात्रै ७७औँ जिल्ला कमिटीका रूपमा घोषणा गरिएको थियो ।

तत्कालीन एमालेको जिल्ला कमिटीले पुनर्गठित नेकपाका लागि सिफारिश गरेको सदस्यमा केही ‘हेरफेर’ गर्नुपर्ने भएकाले विभिन्न चरणको छलफलपछि नेकपा काभ्रेपलाञ्चोक जिल्ला कमिटीका लागि केन्द्रीय कमिटीद्वारा पदाधिकारी घोषणा भएको बताइन्छ । काभ्रेपलाञ्चोकका २२ जना प्रदेश नं ३ कमिटीका सदस्य छन् ।

हाल पूर्वएमालेका ६३ र पूर्व माओवादी केन्द्रका ६३ जनाको प्रतिनिधित्वमा १२६ को काभ्रेपलाञ्चोक जिल्ला कमिटी घोषणा गरिएको हो । पूर्वएमालेका तर्फबाट १५ र पूर्वमाओवादी केन्द्रका तर्फबाट चार मनोनित थपिने र जिल्ला कमिटीले पूर्णता पाउने सचिव टोकबहादुर तामाङले जानकारी दिए । तर, नगर, गाउँ तथा वडा कमिटी भने गठन भएको छैन । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिकामा १६५ वडा छन् ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य, काभ्रेपलाञ्चोक जिल्ला एवं सञ्चार तथा सूचना प्रविधीमन्त्री बाँस्कोटा, प्रदेश नं ३ केन्द्रीय सदस्य एवं प्रदेश अध्यक्ष नारायण दाहाल, सचिव आनन्दप्रसाद पोखरेललगायतले नवगठित नेकपा काभ्रेपलाञ्चोक जिल्ला कमिटीका पदाधिकारीलाई शुभकामना व्यक्त गरेका थिए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending