Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

कम्युनिष्ट नेताहरु सत्तामा गएपछि सुटेट बुटेट हुन थाले : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तामा गएपछि कम्युनिष्ट नेताहरु सुटेट बुटेट हुँदै फेरिदैं गएको टिप्पणी गरेका छन् । शुक्रबार धनगढीमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सत्तामा गएपछि जनताको घरदैलौमा रमाउने नेताहरु चिल्ला गाडी चढ्नै पर्ने अवस्थामा पुगेको बताए ।

‘कम्युनिष्ट पार्टीका नेताहरुको रोग भनेको सत्तामा नजाँदासम्म राम्रो, नेतापनि असाध्यै राम्रा, जनताको घरदैलो झुपडीमा भूमिगत रमाउने, जनताले जस्तो दिन्छन् त्यस्तै खाने, जनता जस्तै जनताको छोराछोरी हुने’ प्रचण्डले भने, ‘जनताको छोराछोरी जस्ता भएका कम्युनिष्टहरु सत्तामा गएपछि सुटेट बुटेट, चिल्ला गाडी चढ्नै पर्ने ।’

उनले कम्युनिष्ट सत्तामा रहँदा संगतको कारण बदलिँदै फेरिदैं जाने गरेको बताए । उनले राजा फाले पनि कर्मचारी तन्त्र नफालेको र तिनै मान्छेबाटै काम चलाउँदा समस्या आउने गरेको बताए । कर्मचारीले विभिन्न विधि नियम देखाएर काम गर्न रोक्ने र नेताहरुलाई पनि आफुँ जस्तै बनाउने गरेको प्रचण्डको भनाई छ ।

‘कर्मचारीजस्ता नेता भएपछि परिवर्तन त लावारिस हुने भयो, जनता त निराश हुने स्थिति आयो, यो खतरा छ’, अध्यक्ष प्रचण्डले भने, ‘हामीले त्यो खतरा आउँदैन भन्नका लागि पार्टी एकता गरेको हो ।’ सत्ताको छेउमा पुगेका कम्युनिष्ट नेताहरु ५/७ वर्षमै कर्मचारीजस्ता बन्ने गरेकाे प्रचण्डकाे टिप्पणी छ ।

उनले जनताले जिताएर यहाँसम्म ल्याए पनि त्यहि जिम्मेवारी नै चुनौति बनेर खडा भएको बताए । अध्यक्ष प्रचण्डले जनतासँग गरेको बाचाअनुसार काम भए नभएको आत्मसमिक्षा गर्नुपर्ने अवस्था आएको पनि बताएका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE