Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

दर्जनौं नेता पक्राउ परेपछि आक्रोशित विप्लवले भने : यात्रा रोक्न खोज्नेलाई खरानी बनाउँछौं

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिवले नेत्र विक्रम चन्द (विप्लव)ले आफ्नो यात्रामा वाधा बन्न खोज्ने जोकोहीलाई खरानी बनाईने चेतावनी दिएका छन् । आफ्ना दर्जनौं उच्च स्तरका नेताहरु पक्राउ परेपछि आक्रोशित बनेका विप्लवले विरोधीलाई खरानी बनाईने चेतावनी दिएका हुन् ।

बिहिबार एक विज्ञप्ती सार्वजनिक गर्दै विप्लवले सरकारले नेकपाका राप्ती मध्यपश्चिम कमाण्ड इन्चार्ज, राप्ती ब्यूरो इन्चार्ज, रुकुम जिल्ला इन्चार्ज, रोल्पा ब्यूरो इन्चार्जलगायत दर्जन नेताहरु बैठक तथा प्रशिक्षण कार्यक्रम चलिरहेको स्थानबाट गिरफ्तार भएको जनाएका छन् । उनले सरकारी गिरफ्तारको भत्र्सना गर्दै सरकारी दमनको कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।

असफलता लुकाउन सरकार फासिवादी बन्दै

नेकपा महासचिव विप्लवले सरकार निरंकुश र फासिवादी बन्दै गएको आरोप लगाएका छन् । उनले सरकार पूर्ण असफल बन्दै गएपछि आफ्नो कमजोरी लुकाउन नेकपामाथि दमन गरेको बताएका छन् ।

‘केपी सरकार देशको आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक क्षेत्रमा नयाँ उपलब्धि र विकास दिन असफल भएपछि जनवादी शक्तिविरुद्ध दिन–प्रतिदिन घोर निरंकुश, सर्वसत्तावादी एंव फासीवादी बन्दै गएको छ’, महासविच विप्लवले भनेका छन्, ‘देशलाई लुट्ने, घात गर्नेको रक्षा र क्रान्तिकारी एंव जनवादी शक्तिहरुमाथि हत्या, हिंसा, गिरफ्तारी, दमन लादिरहेको छ ।’

प्रतिबन्धित नेकपाका महासचिव विप्लवले आफुँहरु सबैखालको त्याग गर्न तयार रहेको भन्दै सरकारी दमनबाट विचलित नहुने बताएका छन् । उनले नेकपाले देशमा वैज्ञानिक समाजवादी व्यवस्था ल्याएरै छाड्ने दाबी गरेका छन् । विप्लवले आफ्नो राजनीतिक यात्रालाई दमन गर्न खोज्ने जोकोहीलाई नछाडिने पनि चेतावनी दिएका छन् ।

‘हामी हरेक गद्दारी, ठक्कर र बलिदानबाट किञ्चित् विचलित नभई अरु स्पातिलो बन्दै जानेछौं, हाम्रो वैज्ञानिक समाजवादमा पुग्ने यात्रालाई कसैले रोक्न सक्नेछैन, जसले रोक्न खोज्दैछ अन्तिममा ऊ नै खरानी हुनेछ’, विप्लवले भनेका छन् ।

यस्ताे छ विप्लवदृारा हस्ताक्षरित विज्ञप्ती

\"\"/

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending