काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को काभ्रेपलाञ्चोकमा हाल जिल्ला कमिटी मात्रै रहेको छ । केन्द्रीय पार्टी नेतृत्वले ढिलोगरी अर्थात अन्तिममा काभ्रेपलाञ्चोक जिल्ला कमिटी घोषणा गरेकाले पनि हालसम्म नगर, गाउँ तथा वडाकमिटी गठन हुन नसकेको हो ।
यद्यपि, नेकपा केन्द्रीय कमिटीले काभ्रेपलाञ्चोक जिल्ला इन्चार्जमा भने नेकपा केन्द्रीय सदस्य (वर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता) गोकुलप्रसाद बाँस्कोटालाई चयन गरेको छ । नेकपा काभ्रेपलाञ्चोकको अध्यक्षमा पूर्व एकीकृत माओवादीका केन्द्रीय नेता रुकू चौलागाईँ र सचिवमा तत्कालीन एमालेका अध्यक्ष टोकबहादुर तामाङ तोकिएको हो ।
तत्कालीन नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र)बीच गत २०७४ जेठ अन्तिम साता पार्टी एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को घोषणा भए पनि काभ्रेपलाञ्चोक जिल्ला कमिटीमा भने त्यसको दुई वर्ष तीन महिनापछि मात्रै घोषणा गरिएको छ । तत्कालीन एमालेको जिल्ला कमिटीले पुनर्गठित नेकपाका लागि सिफारिस गरेको सदस्यमा केही ‘हेरफेर’ गर्नुपर्ने भएकाले विभिन्न चरणको छलफलपछि नेकपा काभ्रेपलाञ्चोक जिल्ला कमिटीका लागि केन्द्रीय कमिटीद्वारा पदाधिकारी घोषणा भएको बताइन्छ ।
नेकपा केन्द्रीय कमिटीले अन्तिममा अर्थात् ७७औँ जिल्लाका रुपमा यही असोज ९ गते नेकपा जिल्ला कमिटीका पदाधिकारी निर्णय गरेको हो । घोषित नेकपाको काभ्रेपलाञ्चोक जिल्ला कमिटी हाल १२८ सदस्यीय छ । पूर्व एमालेका ६५ र पूर्व माओवादी केन्द्रका ६३ जनाको प्रतिनिधित्वमा १२८ को काभ्रेपलाञ्चोक जिल्ला कमिटी घोषणा गरिएको हो ।
पन्ध्र पूर्वएमाले र दुई पूर्व माओवादी केन्द्रका सदस्य मनोनित गर्ने सहमतिसहित जिल्ला कमिटी घोषणा भएको जिल्ला सचिव तामाङले बताए । उनले भने, “ढिलोगरी हाम्रो जिल्ला कमिटी घोषणा गरियो, यसकारण स्थानीयस्तरमा कमिटी निर्माण गर्न सकिएको छैन ।” तर, स्थानीयस्तरमा छिटो कमिटी घोषणा हुँदा जिम्मेवारीवोध हुने र पार्टी चलायमान भइदिँदा जिल्ला नेतृत्वले ‘गाइडलाइन’ दिइने तथा प्रचारप्रसार गर्न सजिलो हुने उनको तर्क छ ।
नेकपाको स्थानीयस्तरमा कमिटी छिटो घोषणा गर्न प्रदेश कमिटी र केन्द्रीय कमिटीलाई पटकपटक दबाब दिएको सचिव तामाङले बताए । “पार्टी विधि–पद्धतिमा सञ्चालन गर्न तथा सङ्गठित सदस्य नवीकरण र नयाँ सङ्गठित सदस्य बनाउन ढिला भइसक्यो”, सचिव तामाङले भने ।
त्यसो त, नवघोषित जिल्ला कमिटीका पदाधिकारीलाई आउँदो कात्तिक २ गते शपथग्रहण गराइने कार्यक्रम रहेको नेकपा जिल्ला इन्चार्ज गोकुलप्रसाद बाँस्कोटाले बताए। उनले भने, “केही प्राविधिक कारणले नेकपा काभ्रेपलाञ्चोक जिल्ला कमिटी घोषणामा ढिलाइ भएको हो, घोषणा भइसकेको छ, अब आउने कात्तिक २ गते शपथग्रहणको कार्यक्रम तय गरिएको छ ।” काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिकाको १६५ वडा रहेका छन् ।
दुई पार्टी एकीकरणपछि नेकपाका केन्द्रीय अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा ९तीनवटै सरकार०मा स्पष्ट बहुमत प्राप्त नेकपा नेतृत्वको सरकारले जनआकाङ्क्षा सम्बोधन गर्ने र आउँदो निर्वाचनमा तीन चौथाइ बहुमत ल्याउने बताएका थिए । उनीहरुले भन्दै आएका छन्, “एमाले र माओवादीबीचको एकता विश्वकै लागि राजनीतिक स्थिरताको नयाँ उदाहरण बन्यो ।”
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: