चितवन । सबै नेपालीको घरघरमा हर्ष उल्लासका साथ मनाइरहेको दशैँ अहिले कारागारमा रहेका कैदीबन्दीलाई भने कसरी मनाउने भन्ने समस्याले पिरोलेको छ । उनीहरुका लागि राज्यले दशैँ खर्च भनेर रु ३०० प्रतिव्यक्ति दिने गरेको छ । राज्यले दिने रु ३०० ले दशैँका लागि केही पनि नहुने कैदीबन्दीको गुनासो छ ।
विगत १४ वर्षदेखि गैँडा मुद्दामा कैद सजाय भोग्दै आएका राम विहारी चौधरीले सरकारले शुरुदेखि नै दिने गरेको दशैं खर्चले आफूहरुलाई एक छाक मीठो मसिनो खान पनि नपुग्ने गुनासो गरे । उनले भने, “महङ्गी बढेको छ, राज्यले लामो समयदेखि कैदीबन्दीको दशैँमा दिने खर्च बढाएको छैन, यसले के किन्नु र के खानु ?” यस्तै गुनासो विगत सात वर्षदेखि कैद सजाय भोग्दै आउनुभएका पदमबहादुर प्रजा पनि गर्नुहुन्छ ।
राज्यले अहिलेको महङ्गीअनुसार कैदीबन्दीको दशैँ खर्च पनि बढाउनुपर्ने उनको भनाइ छ । उनले भने, “एक किलो कुखुराको मासुलाई रु ३२० पर्छ, हामीलाई दशैँ खर्च रु ३०० आउँछ । यसले के गर्ने ?” कारागारमा रहेका सबै जना मिलेर हुनेले धेरै र नहुनेले थोरै रकम जम्मा गरी दशैँ मनाउँदै आएका उहाँको गुनासो छ । विगत आठ वर्षदेखि कैद जीवन बिताउँदै आएका अमृत गुरुङलाई दशैँ कसरी के गरेर मनाउने भन्ने पिरलो छ ।
मुख्य नाइकेको जिम्मामा काम गर्दै आएका गुरुङभित्र रहेका सबैलाई खुशी बनाउने भन्दै दौडधूपमा छन् । राज्यले व्यवस्था गरेको रकमले टीका थाप्न आउनेलाई टेन्ट राख्ने र टीकाका सामग्री जुटाउनमा नै खर्च हुने उनको भनाइ छ । अहिले कारागार प्रशासन, कारागार सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र कैदीबन्दीको आन्तरिक व्यवस्थापनले कैदीबन्दीलाई रमाइलो गरी दशैँ मनाउन सहयोग गरिरहेका छन् । दशैँका लागि आवश्यक खाद्यवस्तुको बन्दोबस्त भइसकेको गुरुङले जानकारी दिए ।
कार्यालयमा फूलपातीदेखि दशैँ लाग्ने गर्दछ । फूलतापतीका दिन सबै मिलेर रमाइलोका साथ फूलपाती भित्र्याउने र राँगा काट्ने गरिन्छ भने अष्टमीमा खसी र कुखुरा काट्ने गरिन्छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले राज्यले दिएको सिदाबाहेकको दशैँ खर्चले कैदीलाई केहीमात्रामा राहत भएको भए पनि पूर्ण भने नभएको बताए ।
उनीहरुबाटै रकम सङ्कलन गरेर आन्तरिकरुपमा व्यवस्थापन गरी दशैँमा कैदी तथा बन्दीको दशैँ भने राम्रो हुने उनको भनाइ छ । दुई सय ५५ पुरुष र २५ महिला कैदीबन्दीको क्षमता रहेको भरतपुर कारागारमा ७६२ कैदीबन्दी छन् । तीमध्ये ६८ जना महिला र ६९१ पुरुष कैदीबन्दी छन् । कारागारमा आमासँगै तीन नाबालक छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: