Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

नेताका हातमा महंगा मोबाइल, कसले कुन बोक्छन् ?

\"Apple काठमाडौं । विश्व अहिले सुचना प्रविधिको स्वर्णिम युगमा परिक्रमा गरिरहेको छ । सुचना  प्रविधिका साधनहरु मध्ये मोबाइल सबैभन्दा उपयोगि साधनको रुपमा विकसित हुँदै आएको छ । तथ्याङ्क अनुसार मोबाइल फोन बोक्ने नेपालीहरुको संख्या २ करोड ३० लाख छ । यीमध्ये ९६ लाख ४९ हजार नेपालीले मोबाइलको माध्यमबाटै इन्टरनेट सेवा प्रयोग गर्न थालेका छन् । मोबाइल र अन्य माध्यमबाट १ करोड ९३ हजार जनता इन्टरनेट सेवाको पहुँचमा पुगिसकेका छन् । आफ्ना आर्थिक हैसियत भन्दा माथि उठेर समेत नेपालीहरुमा मोबाइल किन्ने होडबाजी नै छ । मोबाइल सबैले बोक्छन् तर चर्चाको पर्धाअगाडी रहेका राजनीतिक दलका शिर्ष नेताहरुले कुन मोबाइल बोक्छन् भन्ने कुरा आम चासोको विषय हो । खबरडबलीले शिर्ष चार राजनीतिक दलका नेताहरुले कुन मोबाइल बोक्छन्, भन्ने विषयमा खोजी गर्दा अधिकांश नेताहरुले एप्पलको आईफोन बोक्ने गरेको पाइएको छ । केपी ओली अध्यक्ष नेकपा एमाले \"oli\"एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली  आइफोन सिक्स बोक्छन् । अध्यक्ष ओलीका स्वकीय सचिव रमेश आचार्यका अनुसार ओलीले यस भन्दा अगाडी आइफोन फाईभ बोक्ने गर्थे  । ओलीले यस अघि सामसुङ एस फोर समेत चलाउने गर्थे । उनी आफै मोबाइलमा झुम्मिने गर्छन् । मोबाइलमा इन्टरनेट चलाउन समेत ओली पारखी छन् । उनले चलाउने गरेको मोबाइलको नेपाली बजार मूल्य ९४ हजार रुपैयाँ रहेको छ । (ओलीको तस्विर पहिलो पोष्ट डटकमबाट साभार गरिएको हो ।) प्रचण्ड अध्यक्ष एमाओवादी \"Prachanda\"   एमाओवादी अध्यक्ष प्रचण्ड पनि ओलीले जस्तै आईफोन सिक्स चलाउँछन् । गाडिमा हिन्दा वा फूर्सदको बेला मोबाइलमा अनलाईन समाचार हेर्न प्रचण्ड रुचाउँछन् । आईफोन चलाउनु अघि प्रचण्डले सामसुङ चलाएका थिए ।     झलनाथको आइफोन मोह \"khanal\"   एमाले वरिष्ठ नेता झलनाथ खनाल आईफोन बोक्छन् । ‘कुन मोबाइल बोक्नुहुन्छ ?’ खबरडबलीको जिज्ञासामा उनले एप्पलको आईफोन बोक्ने गरेको बताए । उनले आफूले बोक्ने मोबाइलको भर्सनबारे अनभिज्ञता प्रकट गरे ।     माधव नेपालको आईफोन फाईभ \"nepal\"   एमाले वरिष्ठ नेता माधव कुमार नेपाल आईफोन फाईभ बोक्ने गर्छन् । उनका नीजि सचिवालयका कर्मचारीका अनुसार माधव मोबाइल चलाउन निकै मन पराउँछन् । फोटो खिच्न निकै रुचाउने नेताको रुपमा समेत माधव नेपाललाई लिने गरिएको छ ।     बाबुराम भट्टराईले बोक्छन् आइफोन फाइभ \"baburam\"नयाँ शक्ति नेपालका संयाेजक बाबुराम भट्टराई सुचना प्रविधिमा निकै अगाडी छन् । उनका स्वकिय सचिव विश्वदीप पाण्डेका अनुसार बाबुरामले आईफोन फाईभ बोक्ने गर्छन् । बाबुरामले सोही फोन मार्फत इन्टरनेट चलाने गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE