Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

प्रधानमन्त्रीको ‘सडक मानवमुक्त देश’को सङ्कल्पले अभियानकर्मी उत्साहित

काठमाडौं । समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा बोक्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनमा चाँडै ‘सडक मानवमुक्त नेपाल’ बनाइने उद्घोष गरेपछि अभियानकर्मी उत्साहित भएका छन् ।

प्रधानमन्त्री ओलीले एक्काइशौँ शताब्दीमा देशमा भोकै र नाङ्गै भई सडकपेटी र सार्वजनिक स्थलमा कष्टपूर्ण जीवनयापन गर्नुपर्ने अवस्थाको अन्त्यको सवाललाई प्राथमिकता दिँदै यस अभियानमा सामेल हुन आह्वान गर्दै आएका छन् । प्रधानमन्त्रीको सङ्कल्पले स्वयंसेवी रुपमा कार्यरत आफूहरुलाई उत्साहित तुल्याएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए ।

सो संस्थाले मुलुकका १४ जिल्लामा आश्रयम खोली करीब ८०० बेसहारालाई सडकबाट उद्धार गरी पालनपोषण गरिरहेको छ । अध्यक्ष अधिकारीले भने, “सीमित स्रोत साधनको प्रयोग र जनमत सङ्कलन अभियानबाटै कुनै पनि दातृ निकायको शर्तको सहयोग नलिई देशमा कोही पनि नागरिक भोकै र नाङ्गै हुनु पर्दैन भन्ने कुराको हरेक नागरिकमा बोध गराउन सक्नुपर्छ । प्रधानमन्त्रीको घोषणाले हामीलाई थप उत्साह दिएको छ, सरकारले पूर्वाधार र जनशक्ति विकासका लागि प्रबन्ध गर्ने हो भने ‘सडक मानवमुक्त नेपाल’ चाँडै सम्भव छ ।”

अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुलीले प्रधानमन्त्री ओलीको सङ्कल्प स्वागतयोग्य भएकाले यसलाई व्यवहारमा उतार्न जोड दिए । उनले भने, “हिजोका शासकहरुले पनि यस्तो कुरा भन्थे तर गरेनन् । अहिलेका कम्युनिष्ट सरकारले नागरिकले आत्मसात् गर्न सक्ने गरी यस्ता अभियान चलाउनुपर्छ ।”

‘हरेक दिन एक कदम अगाडि’ नाराका साथ बोकेर सरकारले ल्याएका नीति, कार्यक्रम र बजेटमा मानसेवा र बेसहाराको हेरचाहको नीति लिइएको छ । सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा ‘बेसहारा, अशक्त, अपाङ्गता भएका व्यक्ति सडकमा रहनुपर्ने अवस्थाको अन्त्य गर्न अभिभावकको उत्तरदायित्व र जिम्मेवारीसम्बन्धी कानून निर्माण गरी परिवारका सदस्य सडकमा छाडी बेवारिसे बनाउने अभिभावक तथा संरक्षकबाटै आवश्यक संरक्षण दिने व्यवस्था मिलाइने उल्लेख छ ।

“मानव सेवामा संलग्न संस्थाहरुमार्फत् असहाय, बेवारिसे, सङ्क्रमित र आश्रयहीनलगायत सबै सहयोगपेक्षीको आश्रय, संरक्षण र हेरचाह गर्ने व्यवस्था मिलाइने छ” वक्तव्यमा भनिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रवक्ता राजेन्द्र पौडेलले त्यस्ता बेसहारा नागरिकको तथ्याङ्क यकिन नभए पनि यस क्षेत्रमा कार्यरत संस्थालाई सरकारले सहयोग गरेर काम गरिरहेको बताए । उनले सो शीर्षकमा पर्याप्त बजेट नभएको स्थितिमा प्रधानमन्त्रीको सङ्कल्पका आधारमा थप कार्यक्रम बनाउनुपर्ने प्रतिक्रिया दिए।

हाल मुलुकभर पेसेवर मगन्तेबाहेक करीब एक हजार बेसहारा रहेको अनुमान छ । यसमा सडक बालबालिका र मानसिक सन्तुलन गुमाएकाको सङ्ख्या बढी छ । राष्ट्रिय बालअधिकार परिषद्ले सोमबार मात्रै ५४ सडक बालबालिकाको ठमेल, रत्नपार्क र नयाँ बसपार्कलगायत क्षेत्रबाट उद्धार गरेको थियो ।

प्रधानमन्त्री ओलीले यही असोज १२ गते भक्तपुरको कौशलटारस्थित निर्मित मानवसेवा आश्रमको शाखा उद्घाटन कार्यक्रममा सबै स्थानीय तहले यस अभियानमा लाग्नुपर्ने आग्रह गर्दै उक्त संस्थाको अक्षय कोषका लागि रु एक करोड केन्द्र सरकारले दिने घोषणा गरेका थिए ।

सो संस्थाका अध्यक्ष अधिकारीले आगामी २०८२ सालभित्र नेपाललाई बेसहारा, सहयोगापेक्षी र सडक मानवमुक्त बनाउन सकिने बताउँदा प्रधानमन्त्री ओली त्यति लामो समय नलाग्ने र केही वर्षभित्र अभियान सफल हुने उल्लेख गर्नुभएको थियो । त्यसको भोलिपल्ट प्रदेश प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय निवासको ललितपुरको सैँबुमा भवन शिलान्यास कार्यक्रम र सोही दिन खानोपानी तथा सरसफाइ मन्त्रालयले आयोजना गरेको ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले ‘सडक मानवमुक्त’ अभियान सञ्चालनबारे बोलेका थिए ।

यही असोज १४ गते सांसद् शान्ता चौधरीको गीति एल्बम कार्यक्रममा पनि प्रधानमन्त्री ओलीले कलाकर्मीलाई साक्षी राखे र उक्त विषयलाई प्राथमिकता दिएका थिए । गायक शिशिर योगीको ‘यो देशमा म एउटा मानिस खोजिरहेछु।।।’ गीत सुनेपछि प्रधानमन्त्री ओलीले ‘त्यस्तो मानिस खोज्नतिरभन्दा त्यस्तो मानिस बन्नतिर सबै लाग्नुपर्छ’ भन्दै नेपाललाई ‘सडक मानवमुक्त’ बनाउन सरकार लागिपरेको जनाउनुभयो ।

प्रधानमन्त्री ओलीको आग्रह थियो, “सडकमा कोही खान, लाउन नपाएर बेसहारा भएर बसेको छ भने सरकारलाई तुरुन्त खबर गर्नुहोला, हामी तिनलाई संरक्षण र हेरचाहको उचित प्रबन्ध गछौँ । अब केही वर्षपछि नेपालको सडकमा कोही पनि स्वदेशी मगन्ते देखिने छैन । विदेशी आएर माग्न थाले बेग्लै कुरा हो ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending