Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

केजरीवालले भाषणका क्रममा बिहारीलाई अपमान गरेपछि विरोध

एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहारवासीबारे बोलेको भाषणबारे विवाद चलेको छ। एक कार्यक्रममा बोल्ने क्रममा उनले दिल्ली सरकारले स्वास्थ्य सेवामा गरेको सुधारबारे बताएका थिए। दिल्ली सरकारले दिल्लीवासीका लागि मात्र नभएर देशभरिकै जनताका लागि सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराएको उनले दावी गरे।

सोही क्रममा उदाहरण केजरीवालले भने, ‘पूरै देशमा यस्तो व्यवस्था कहीँ छैन जुन दिल्लीमा छ। सम्पूर्ण औषधि निशुल्क ! यस्तो छ कि बिहारको मानिस ५०० रूपैयाँको टिकट काटेर दिल्ली आउँछन् र ५ लाखको अपरेसन फ्रिमा गरेर फर्किन्छन्।’

सञ्जय गान्धी मेमोरियल अस्पतालको शिल्यान्यास गर्न केजरीवाल मंगोलपुरी गएका थिए। सोही क्रममा उनले बोलेको कुराले बिहारवासीको मजाक उडाएको भनी आलोचना भएको छ। २०२० मा दिल्ली विधानसभाको निर्वाचन हुँदै छ। प्रतिस्पर्धी दलहरू चुनावी तयारीमा लागेका छन्। केजरीवालको विहारबारेको सो अभिव्यक्तिलाई विपक्षीले विवादको विषय बनाएका छन्।

https://twitter.com/ANI/status/1178555371797061632?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1178555371797061632&ref_url=http%3A%2F%2Fannapurnapost.com%2Fnews%2F138098

योभन्दा पहिला केजरीवालले २६ सेप्टेम्बरमा एनआरसी (नेशनल रजिस्टर अफ सिटिजन्स)को मुद्दामा दिल्ली बिजेपीका अध्यक्ष मनोज तिवारीमाथि दिएको भाषण पनि विवादित बनेको थियो। उनले यदि राष्ट्रिय राजनीतिमा एनआरसी लागु भयो भने सबभन्दा पहिला बिजेपी सांसद् मनोज तिवारीले सहर छाड्नुपर्छ भनेका थिए। उनको यो वयानमा मनोज तिवारीले पनि खरो प्रतिक्रिया दिएका थिए।

मनोज तिवारीले प्रतिक्रया दिँदै केजरीवालको मानसिक संतुलनमाथि नै प्रश्न गरेका थिए। केजरीवालले मनोज तिवारीमाथि दिएको भाषणबाट क्रोधित भएका बिजेपीका पूर्वाञ्चल मोर्चाका सदस्यले २६ सेप्टेम्बरमा केजरीवालको घरअगाडि विरोधस्वरूप नाराबाजी गरेका थिए।

देशभर भारतीय जनता पार्टीको लहर चलेको बेलामा २०१५ मा भएको विधानसभा निर्वाचनमा केजरीवालको आम आदमी पार्टीले ७० मध्ये ६७ सिटमा जित हासिल गरी सरकार बनाएको थियो। बाँकी ३ सिट भाजपाले जितेको थियो।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending