Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

चार हजार पाँच सय किमी सडक निर्माण हुने : मन्त्री पण्डित

विराटनगर । मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मन्त्रालयअन्तर्गत नगर र गाउँपालिका केन्द्र जोडिने चार हजार पाँच सय किमी सडक सञ्जाल निर्माण कार्य अगाडि बढेको बताएका छन्।

विराटनगर बसपार्क व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित बडादशैँ, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा प्रहरी बिट र नागरिक सहायक कक्षको उद्घाटन कार्यक्रममा उनले उक्त सडक सञ्जाल जोड्न रु आठ खर्ब खर्च लाग्ने भए पनि हाललाई उक्त कार्यका लागि काम अगाडि बढाउन शुरु गरिएको बताए ।

मन्त्री पण्डितले नेपालको कूल बजेटको २५ प्रतिशत रकम सडक निर्माणमा खर्च हुने चर्चा गर्दै सडक निर्माणमा न्यून गुणस्तरीय निर्माण गर्नेलाई दण्डित गरिने धारणा व्यक्त गरे । उनले यस क्षेत्रका जनतालाई सहज आवागमनका लागि विराटनगरको रानी–निमुवा नहर सडकको कालोपत्र गर्ने कार्यको आगामी हप्ता शिलान्यास गरिने जानकारी दिए ।
उनले मुलुकमा भ्रष्टाचार गर्नेलाई दण्डित गर्ने कार्य शुरु भएको छ भन्दै आत्महत्या गर्छु भनेर धम्की दिएको आधारमा कोही कसैले छुट नपाउने भने ।

मन्त्री पण्डितले अहिले नेपालको वार्षिक वृद्धिदर सात प्रतिशतभन्दा बढी रहेको जानकारी दिँदै वर्तमान सरकारले ११ प्रतिशत पुर्याउने लक्ष्यले काम गरिरहेको र यसैबाट मुलुकमा समृद्धी आई जनतालाई खुशी तुल्याउने धारणा राखे । उनले अहिले जनताले जहाँ खोजे त्यहीँ सरकार रहेको चर्चा गर्दै तीन तहको सरकारको सहकार्यमा मुलुकको विकास अघि बढ्ने विश्वास व्यक्त गरे ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले समुदाय प्रहरी साझेदारीका कारण विगत दुई महीनामा यस क्षेत्रमा अपराधका घटनामा कमी आएको जानकारी दिए ।

बस व्यवस्थापन समितिका अध्यक्ष पदम श्रेष्ठ, उपाध्यक्ष राजन कँडेल, विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ प्रदेशका संयोजक सरोज श्रेष्ठले बसपार्कमा आगामी दिनमा आधुनिक स्वागतद्वार, घण्टाघर, विश्वकर्मा भगवान्को मन्दिर, ज्येष्ठ नागरिक कक्ष, वाचनालय, धुलो पखाल्ने प्रविधि, आधुनिक यात्रु प्रतीक्षालय, शुद्ध र चिसो पिउने पानी उपलब्ध गराउनाका साथै छिमेकी मुलुक सरहको नमूना बसपार्क बनाउने जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending