काठमाडौं । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् ।
नेपाली काङ्ग्रेस भक्तपुर क्षेत्र नं १ ले आज दुवाकोटमा आज आयोजना गरेको प्रजातन्त्र सेनानी स्व जानकीप्रसाद कुइँकेलको स्मृति दिवस एवं चियापान कार्यक्रममा उनले सो कुरा बताएको हो ।
सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाउँदै नेता पौडेलले दुई तिहाइको आडमा सरकार निरङ्कुश बन्दै जान लागेको छ भने । काङ्ग्रेस पार्टीलाई व्यक्तिवादी, चाटुकारी र भक्तिवादी प्रवृत्तिबाट माथि उठाएर एक ढिक्का बनाई जनताको आकर्षणको केन्द्र बनाउनुपर्नेमा जोड दिँदै उनले भक्तपुरलगायत देशका विभिन्न भागमा हुने आगामी उपनिर्वाचनमा नेपाली काङ्ग्रेसलाई विजयी बनाउन पार्टीका कार्यकर्ता एक ढिक्का भएर लाग्नुपर्नेमा सुझाब दिए । वर्तमान सरकारका गलत कामको विरोध गर्नुपर्ने बेलामा काङ्ग्रेस आन्तरिक कलहबाट बाहिर निस्कन नसकेको उनको गुनासो थियो ।
कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेलले पार्टीलाई एक ढिक्का पार्दै जनसमुदायमा घुलमिल गराउनुपर्नेमा जोड दिए । त्यस अवसरमा काङ्ग्रेस नेता कञ्चनचन्द्र बादे, लोकेश ढकाल, नेपाली काङ्ग्रेसका जिल्ला सभापति दुर्लभ थापा, तरुण दलका पूर्वध्यक्ष विनोद कायस्थ, तरुण दलका उपाध्यक्ष उत्तम चापागाईं, क्षेत्र नं १ का पार्टी सभापति जीवन खत्री, सचिव उद्धव खड्कालगायतले स्व कुइँकेलले पार्टी र देशका लागि पु¥याउनुभएको योगदानको चर्चा गर्दै काङ्ग्रेसले गुटउपगुट त्यागेर एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: