काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारोन्मुख रहेको बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समितिद्वारा आज बनेपामा आयोजित विश्व शिक्षक दिवस तथा विभिन्न चाडपर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामुदायिक शिक्षा सुधारतर्फ गइरहेकाले आम नागरिकसमक्ष आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन आग्रह गरे ।
उनले भने, “सामुदायिक विद्यालयको शिक्षा गुणस्तरोन्मुख छ, त्यसलै आम नागरिकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन अपिल गरेको हुँ ।”कतिपय सामुदायिक विद्यालयले अङ्ग्रेजी भाषाबाट शिक्षण गर्न शुरु गरिरहेका उल्लेख गर्दै उनले क्रमशः अरु विद्यालयले पनि अनुशरण गरिरहेका बताए ।
मन्त्री बाँस्कोटाले कतिपय निजी विद्यालयका भवन जस्तापाताका (असुविधायुक्त) रहेका समेत आफूले देखेकोमा दुःख लागेको उल्लेख गरे । “जस्तापाताका निजी विद्यालयमा समेत महङ्गो शुल्क लिइन्छ, सामुदायिक विद्यालयका भवन निकै राम्रा र सुविधायुक्त बनेका छन्, यससँगै शैक्षिक गुणस्तरमा फड्को मार्दैछ” उनले भने ।
आफ्नो भ्रमणका क्रममा जनकपुरस्थित एक सामुदायिक विद्यालयमा दुई हजार ६०० विद्यार्थी रहेको पाएको स्मरण गराउँदै उनले निजी विद्यालय नभएर त्यस स्थानमा एउटै विद्यालयमा ठूलो सङ्ख्यामा विद्यार्थी भएको भन्नु गलत सावित भएको बताए । मन्त्री बाँस्कोटाले सरकारले शैक्षिक नीति सुधार गर्दा शैक्षिक विज्ञबाट सुझावको अपेक्षा गरेको बताए ।
“नीति बनाउँदा सरकार शैषिक विज्ञको सुझव ग्रहण गर्दछ, कसैलाई काखा र कसैलाई पाखा गरी व्यवहारमा आउन नसक्ने नीति बनाउँदैन, तपाईहरु ढुक्क हुनुहोस्”, उनले भने । सरकारको ‘डिजिटिलाइजेसन’ कार्यक्रमअन्तर्गत एक हजार विद्यालयमा इन्टरनेटसहितको कम्प्युटर ल्याब व्यवस्थापनको तयारी भइरहेको उनले जानकारी गराए ।
सो अवसरमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय उपाध्यक्ष विष्णु पोखरेल, सङ्गठनका पूर्व केन्द्रीय अध्यक्ष माधवप्रसाद अधिकारी, सङ्गठनका ३ नं प्रदेश उपाध्यक्ष सुभद्रा अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: