काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले चुनावी घोषणालाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेकाले निराश नहुन सबैमा आग्रह गरेका छन्। दशैँतिहार, नेपाल संवत्, छठ र ल्होसार पर्वका शुभकामना आदानप्रदान तथा हालसम्म भएका विकासका गतिविधिको सार्वजनिकीकरण कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले चुनावमा जनतामाझ पुगेर गरेका घोषणा आफूहरुले नभुलेको बताए ।
नेताले बाटो बिराउन लागेको देखे खबरदारी गर्न उनले आह्वान पनि गरे । उपप्रधानमन्त्री पोखरेलले जनताका काम गर्न जनप्रतिनिधिले कुनै बहानाबाजी गर्न नहुने बताए । “जनप्रतिनिधि जनताले बनाएका हुन्”, रक्षामन्त्री पोखरेलले भने, “म यसप्रति गम्भीर छु । तपाईंहरुका कुनै समस्या भए वडामार्फत ती समस्या सीधै मसँग बाँड्न सक्नुहुन्छ, म समाधान गर्न पहल कदमी लिन्छु ।”
‘
विक्रम संवत्को ठाउँमा नेपाल संवत्’
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल संवत् सबै नेपालीले मान्ने संवत् भएको जिकिर गर्दै विक्रम संवत्का स्थानमा नेपाल संवत् लागू गर्नुपर्ने धारणा राखे ।
‘
टुकुचाले लिँदैछ बदला’
काठमाडौं निर्वाचन क्षेत्र नं ५ ९१० का प्रदेशसभा सदस्य नारायण सिलवालले मेलम्चीको पानीबाहेक जनताका अरु कुनै पनि कामका लागि आफू तयार रहेको बताए । उहाँले विकासका लागि प्रदेशका तर्फबाट बजेट र स्रोतको व्यवस्थापन गर्ने प्रतिबद्धता पनि जनाए । सांसद सिलवालले हालसम्म प्रदेशका तर्फबाट भए÷गरेका विकासका कामबारे विवरण प्रस्तुत गरे ।
टुकुचा खोलाबाट वर्षेनी आइपर्ने समस्या स्थानीयवासीकै कारण उब्जिएको उनको भनाइ थियो । “टुकुचाले हामीलाई दुःख दिएको होइन । हामीले टुकुचालाई दुःख दिएका थियौंँ र अहिले हामीले दुःख पाएका हौंँ तर यो समाधान गर्नै नसकिने विषय होइन, हामी समाधानका लागि पहल गर्छौंँ,” उनले भने ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का प्रदेशसभा सदस्य सीता अधिकारीले सरकारले डेढ वर्षमा थुप्रै कानुन बनाएको र विकासका कामलाई पनि अघि बढाएको विचार राखे । कामपा–२ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले अतिक्रमित सार्वजनिक जग्गा वडा मातहत ल्याएर त्यहाँ सरकारी भवन र संरचना निर्माण गर्ने अभियानलाई तीव्रता दिइने बताए । “आजको कार्यक्रम पनि हालैमात्र वडामातहत ल्याइएको सार्वजनिक जग्गामा गरिरहेका छौंँ”, उनाले भने, “यो एउटा सन्देश पनि हो, आगामी दिनमा हामी सरकारी जग्गा संरक्षणमा विशेषरुपमा लाग्ने छौंँ ।”
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: