Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

बाजुराको स्याउ उपभोक्ताको रोजाइमा, बारीमा एक दानाको मूल्य एक रुपैयाँ

बाजुरा । खानामा रसिलो र स्वादिलो हुने बाजुराको हावापानीमा फलेको प्राङ्गारिक स्याउ धनगढीलगायतका शहरी क्षेत्रका उपभोक्ताको रोजाइमा पर्न थालेको छ । त्यहाँ फलेको प्राङ्गारिक स्याउ रसिलो र स्वदिष्ट हुने भएकोले धेरैको रोजाइमा पर्ने गरेको होे । वर्षभरी भारतबाट आयात हुने स्याउ किनमेल गर्ने बानी परेका स्थानीयवासी नजिकिँदै गरेको वडादशैँको मुखमा स्वदेशमै उत्पादन भएको स्याउ पहिलो पटक आफ्नै बजारमा पाउँदा खुशी छन् ।

बाजुराका उत्तरपूर्वी क्षेत्रका स्वामीकात्तिक, जुकोट, जगन्नाथ, पाण्डुसैनलगायतका गाउँमा यो वर्ष स्याउको उत्पादन राम्रो रहेको छ । “यो स्याउ खानामा निकै रसिलो र स्वादिलो छ”, कृषि ज्ञान केन्द्र बाजुराका अधिकृत मीनप्रसाद जैशीले भने, “भारतबाट आयातित स्याउमा ‘हरमन’ वा अन्य विषादीको प्रयोग हुने गरेकामा यहाँको स्याउ कुनै पनि विषादी प्रयोग नगरी उत्पादन हुने गरेको छ ।”

बजारीकरणको समस्याः बाजुरामा उत्पादन भएको स्याउ तराईका शहरी क्षेत्रका उपभोक्ताको रोजाइमा पर्न थालेपनि यसको बजारीकरण गर्न भने समस्या छ । स्याउ फल्ने गाउँसम्म सडकको पहँुच पुग्न नसकेको र भएका सडक पनि बिग्रेभत्किएका कारण स्याउको बजारीकरण हुन नसक्दा स्थानीय कृषकले यसको उचित मूल्य पाउन सकेका छैनन् ।

दुई सय ३० हेक्टर जग्गामा गरिएको स्याउ खेतीबाट योवर्ष एक हजार ५० मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । पहिलो पटक स्वामीकात्तिक सहकारी संस्थाको पहलमा ‘जसले खायो, उसले स्वाद थाहा पायो’ भन्ने नारासहित त्यहाँ उत्पादन भएको स्याउ तराईका शहरी क्षेत्रमा बजारीकरण गर्न थालिएको छ । सो संस्थाको पहलमा ६० क्वीन्टल स्याउ धनगढी पु¥याइएकामा तीन दिनमा झण्डै ३६ क्वीन्टल बिक्री भइसकेको छ ।

सो स्याउ काठमाडौँं पठाउने तयारी पनि संस्थाले गरेको छ । यसको बजारीकरण गर्नका लागि कृषि ज्ञान केन्द्रले किसानलाई कार्टून उपलब्ध गराउनुका साथै ढुवानीमा सहयोग गरेको जनाएको छ । “स्याउ बेच्न नसकेका किसानको परिश्रम, व्यथा, समस्या देख्दा चित्त दुःख्यो”, संस्थाका अध्यक्ष मेघबहादुर शाहीले भन्नुभयो, “स्याउ किसानले भोगेका समस्यामा कसैले चासो नदिएपछि सहकारी आफैले बजारीकरणको पहल गरी किसानलाई थोरै भए पनि राहत दिने प्रयत्न गरेको हो ।‘‘

बाजुरा सदरमुकाम मार्तडीदेखि कोल्टीसम्मको सडक बिग्रेका कारण त्यहाँ उत्पादन भएको स्याउ धनगढीसम्म पु¥याउन कर्णाली नदी पारीका कालीकोट, दैलेख, सुर्खेत, बाँके हुँदै बर्दियाको बाटो प्रयोग गर्नुपरेको छ । बाजुराको स्वामीकार्तिकबाट धनगढीसम्म स्याउ पु¥याउन एक हप्ताको समय लागेको थियो ।

स्याउको स्वाद लिनुभएका यहाँका ओमप्रकास जोशीले भन्नुभयो, “सात सय किलोमिटरको दूरीका भारतीय शहरबाट स्याउ नेपाली बजारमा भित्र्याइन्छ, तर तीन सय किलोमिटरको दूरीमा रहेको बाजुरामा उत्पादन भएको स्याउ नेपालका बजारमा पु¥याउने व्यवस्था हुन नसक्नु बिडम्बना हो ।” धनगढी, अत्तरियालगायतका शहरी क्षेत्रको फलफूल बजारमा भारतका विभिन्न शहरबाट भित्रिने स्याउको कारोबार हुँदै आएको छ ।

बारीमा एक दाना स्याउको मूल्य एक रुपैयाँ

स्याउ फल्ने गाउँमा यतिबेला एक दाना स्याउ एक रुपैयाँमा पाउने गरेको छ । ‘‘गाउँमा एक रुपैंयामा एक दाना पाउँदा सदरमुकाम मार्तडीमा रु दश रुपैयाँमा एक दाना पाउँछ”, सहकारीका अध्यक्ष शाहीले भन्नुभयो, “यस्तो अवस्थामा सडकको पहँुच पु¥याउन सकिए किसानले आफ्नो स्याउको उचित मूल्य पनि पाउँथे ।”

सहकारी संस्थाले भने ग्रेडिङ गरिएको स्याउ किसानबाट प्रतिकिलो रु १५ देखि रु २५ मा खरीद गरेर धनगढी बजारमा पु¥याएको हो । धनगढी बजारमा उक्त स्याउको मूल्य एक किलोको रु १०० पाँच किलो भन्दा बढी लिनेलाई प्रतिकिलो रु ९० र प्रति कार्टून २० किलोको पोका लिनेलाई प्रतिकिलो रु ७५ तोकिएको छ । भारतबट आयातित स्याउको भने स्थानीय बजार मूल्य प्रतिकिलो रु १०० देखि रु १८० सम्म छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending