काठमाडौं । कालीचरण कोठामा आउँछन् भनेर साथी केआर खम्बूले भन्नुहुन्थ्यो। को रहेछन् यी कालीचरण रु मनमा जिज्ञासा थियो,’ डा. जंग चौहानले विगत सम्झिए ।
‘कालीचरण भनेका त झापा आन्दोलनका केपी ओली रहेछन्।’ दर्शकदीर्घाबाट पररर ताली बज्यो। प्रधानमन्त्री केपी ओलीका सहपाठी केआर खम्बूद्वारा लिखित छायाँको लस्कर पुस्तकको बिहीबार लोकार्पण भयो। उक्त कार्यक्रममा ओलीको राजनीतिक संघर्ष र जीवन भोगाइ उल्लेख गरे, डा। चौहानले। ‘एकपटक त केपी ओली कोठामा पुग्दा हन्हनी ज्वरो आएको थियो,’ डा। चौहानले भने, ‘सिटामोल किन्ने पैसा पनि थिएन उहाँसँग।’
कम्युनिस्ट पार्टीको झापा आन्दोलनका क्रममा ओलीसहित नेताका संघर्षका कथा, ओलीले लेखेका त्यतिबेलाका गीतकविता र खम्बूले आफ्नो जीवनका भोगाइ किताबमा उल्लेख गरेका छन्। राजनीतितिर उग्र चाहना भए पनि प्रधानमन्त्री ओलीकै सुझावमा अध्ययनतिर लागेका खम्बूले राजनीति गर्न भने छोडेनन्।
खम्बू महेन्द्र मोरङ विराटनगरमा अध्ययन गर्नेबेलाको कोठा ओलीको आश्रयस्थल नै थियो। संघर्षका पुराना दिन सम्झिँदै प्रधानमन्त्री ओलीले कार्यक्रममा भने, ‘स्वास्थ्यलाई ध्यान दिन्नथे। यति सारो बाँच्छु भन्ने लागेकै थिएन, म त उहिल्यै मारिन्छु भन्नेमा थिएँ, तर बाँचिरहेको छु।’
सुरक्षाका दृष्टिकोणले भूमिगतकालमा नेताको नाम पनि भूमिगत नै हुन्थ्यो। वास्तविक नाम र जन्मस्थान फरक पार्दा फसादमा परेको एउटा घटना यसरी स्मरण गरे ओलीले। ‘विराटनगर खम्बूको कोठामा बस्दा छेउकै कोठामा एउटा नवविवाहित जोडी थियो। ती महिलाले मेरो नाम सोध्नुभयो। मैले कालीचरण भनेँ। थर के भन्नुभयो, ‘मैले बस्नेत भनेँ। घर कता सोध्नुभयो, मैले भोजपुर भने। अब भोजपुर कुन गाउँ भनेर उहाँले सोध्नुभयो भने म त फसादमा पर्छु भन्ने सोचिरहेको थिए। उहाँले त्यही सोध्नुभयो। यसो नाम सुनेको गाउँको नाम भनेको त त्यहाँ त उहाँको माइतीघर रहेछ, माइतीको थर पनि बस्नेत नै रहेछ। उहाँले अरू सोध्नुहोला भनेर मैले नै कुरा बंग्याएँ। र भनें हुन त घर भोजपुर हो, तर हाम्रो परिवार आसाममा बस्छ भनेर ढाँट्नु पर्यो।’
आफ्नो नियत गलत नभए पनि भूमिगतकालमा जस्ताको तस्तै भन्न नमिलेका कारण आफूले ती महिलालाई ढाँटेको ओलीले बताए। सुरक्षाकै कारण नेताले एउटा ठाउँमा एउटा नाम र अर्को स्थानमा पुग्दा अर्को नाम राख्ने गरेको पनि ओलीले स्मरण गरे। अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: