काठमाडौं । विश्व पर्यटन दिवसका अवसरमा सरकारले मुलुकको पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न सङ्घ–संस्थालाई सम्मान गरेको छ । पर्यटन व्यवसायका माध्यमबाट मुलुकलाई योगदान पु¥याउने विभिन्न वायु सेवा प्रदायक कम्पनी, ट्राभल एजेन्सी, केबलकार, होटल तथा घरवास (होमस्टे) सम्मानित भएका हुन् ।
सबैभन्दा बढी पर्यटक भित्र्याउने वायु सेवा कम्पनीका रुपमा कतार एयरवेज पुरस्कृत भएको छ । उक्त कम्पनीले तीन लाख ९९ हजार ३३६ पर्यटक नेपाल भित्र्याएको थियो । त्यस्तै बढी विदेशी मुद्रा आर्जन गर्ने ट्राभल एजेन्सीमा फ्लाइट कनेक्सन डमेस्टिक प्रालिले पुरस्कार हात पारेको छ । कम्पनीले एक वर्षमा ९४ लाख ५३ हजार २८३ अमेरिकी डलर आम्दानी गरेको छ ।
पर्यटन गन्तव्यको विकासमा योगदान गर्ने कालिञ्चोक दर्शन प्रालि (केबलकार), होटल सोल्टी क्राउनप्लाजा, अपाङ्गता भएका व्यक्तिलाई सक्षम बनाई रोजगारी दिने संस्था द बेकरी क्याफे प्रालि तथा सामाजिक उत्तरदायित्व निर्वाह फिस्टेल लज पोखरालाई पनि सम्मान गरिएको छ ।
धेरै राजश्व बुझाउने बुद्ध एयर पनि सम्मानित भएको छ । बुद्ध एयरले आर्थिक वर्ष २०७५/७६ मा रु ५८ करोड ६७ लाख ५६ हजार ९४४ राजश्व बुझाएको थियो । सामुदायिक घरबास नाम्जेथुम्की धनकुटा तथा पर्वतारोहण क्षेत्रमा सबैभन्दा धेरै पर्वतारोहण दल ल्याएर धेरै रोयल्टी जम्मा गर्ने सेभेन समिट ट्रेक्स प्रालि सम्मानित भएको छ । कम्पनीले नौ लाख ३० हजार १९० अमेरिकी डलर रोयल्टी जम्मा गरेको थियो ।
ती सबै पुरस्कार दिवसका अवसरमा आज नागपोखरीस्थित गणतन्त्र पार्कमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढाले वितरण गरे । सो अवसरमा पर्यटनराज्यमन्त्री बुढाले राष्ट्रिय अर्थतन्त्रको एक महत्वपूर्ण हिस्साका रुपमा विकसित हुँदै गइरहेको पर्यटन क्षेत्रले मुलुकमा विदेशी मुद्रा आर्जन तथा रोजगारी सिर्जना गर्न उल्लेखनीय योगदान पु¥याएको बताए ।
उनले प्राकृतिक, साहसिक, सांस्कृतिक एवं धार्मिक सम्पदा तथा गतिविधिले भरिपूर्ण नेपाल विश्वमै एक आकर्षक गन्तव्यका रूपमा परिचित रहेको सन्दर्भमा यसलाई सङ्ख्यात्मक एवं गुणात्मक रुपमा वृद्धि गर्दै पन्ध्राँै पञ्चवर्षीय योजना अनुरुपको पर्यटन क्षेत्रको योगदान कूल गाहस्थ उत्पादनमा १० प्रतिशत पु¥याउने तथा यस क्षेत्रमा झण्डै पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्यप्राप्तिको दिशामा अघि बढेको उल्लेख गरे । उनले २० लाख पर्यटक भित्र्याउने योजनाका साथ राष्टिय अभियानका रुपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई भव्यताका साथ देश तथा विदेशमा मनाउन सम्बद्ध सरोकारवावालालाई आग्रह गरे ।
मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले राष्ट्रिय अर्थतन्त्रलाई सवल र आत्मनिर्भर बनाउन पर्यटन क्षेत्रलाई एउटा महत्वपूर्ण आर्थिक क्षेत्रका रुपमा लिइएको उल्लेख गर्दै पर्यटनको दिगो, गुणात्मक एवम रणनीतिक विकासका लागि प्रस्थान विन्दुका रुपमा नेपाल भ्रमण वर्ष अभियान सञ्चालनको पूवसन्ध्यामा दिवसले विशिष्ट महत्व बोकेको बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: