Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

भालुको बिगबिगी बढ्यो, रातभरि जाग्रम बस्नुपर्ने बाध्यता

सोलुखुम्बु । जिल्लाको माथिल्लो क्षेत्रमा भालुको बिगबिगी बढेको छ । भालुको बिगबिगी बढेसँगै मानिसलाई आक्रमण गर्ने क्रमसमेत बढेको छ । बुधबार मात्रै सोलुदूधकुण्ड नगरपालिका–१ मा भालुको आक्रमणबाट एक वृद्ध सख्त घाइते भएका छन् । टाक्सिन्दुको हेवा जङ्गलमा बिहीबार दिउँसो गाई चराउँदै गरेका पासाङ शेर्पालाई भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ७६ वर्षीय शेर्पा गाई चराउँदै सितिलिङ भन्ने स्थानमा पुगेपछि एक्कासी भालुले आक्रमण गरेको थियो । उनको अनुहार, पेट, टाउको र खुट्टामा गम्भीर चोट लागेको वडा सदस्य उत्रमान खालिङले जानकारी र्दिए । उनका अनुसार घाइते शेर्पाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ ।

त्रासैत्रासमा बित्छ दिन

यतिबेला सोलुखुम्बुको माथिल्लो क्षेत्रका नागरिकको दैनिक त्रासैत्रासमा बित्ने गर्छ । यहाँका नागरिक रातभरि जाग्राम बस्ने गर्छन् । वर्षभरि खान लगाएको मकै बाली जोगाउनदेखि घरपालुवा जनवारको समेत रक्षा गर्न जाग्राम बस्नुपर्ने नगरपालिका–७ का चन्द्रमाण श्रेष्ठको भनाइ छ । हिजोआज मकै पाक्ने बेला भएकाले घर आँगनमै भालु आउँदा त्रासपूर्ण अवस्थामा बस्नुपरेको स्थानीयवासी बताउँछन् । एक रोपनी क्षेत्रफलमा लगाएको मकैबाली एकै रातमा सखाप पारिदिने गरेको नगरपालिका–७ नाजिङका बलराम खत्रीले बताए ।

दुई दिन अगाडि मात्रै करीब डेढ रोपनी क्षेत्रफलमा लगाएको मकै सखाप पारेको भन्दै गार्माका चन्द्रमाण श्रेष्ठले राहतको लागि वन डिभिजन कार्यालयमा निवेदनसमेत दर्ता गराएका छन्। निवेदन दर्ता गराएको भए पनि राहत पाउने आशा नभएको उनको भनाइ छ । अन्नबाली सखाप पारिदिने भए पनि राज्यले नागरिकको सुरक्षा र हुने सम्भावित क्षतिको मूल्याङ्कन गरी सहयोग गर्ने सवालमा चुकेको स्थानीयवासीको भनाइ छ ।

वन ऐनअनुसार वन्यजन्तुलाई कुनै पनि बहानामा सिकार गर्न पाइँदैन । त्यसैले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, दोस्रो संशोधन, २०७४ अनुसार वन्यजन्तुले आक्रमण गरी सामान्य घाइते बनाएमा रु २० हजारसम्म, सख्त घाइते बनाएमा रु दुई लाखसम्म र मृत्यु भएमा मृतकको हकवालालाई रु १० लाखसम्म राहत उपलब्ध गराउने प्रावधान छ ।

निर्देशिका नै परिवर्तन गर्नुपर्ने

निर्देशिकामा जङ्गली जनवारले घरगोठ, पशुधन र अन्नबालीमा क्षति पु¥याएमा राहत रकम उपलब्ध गराउने व्यवस्था उल्लेख गरेको छ । क्षतिको प्रकृति र आवश्यक सिफारिशको आधारमा रु १० हजारसम्म राहत रकम उपलब्ध गराउन सक्ने भनी उल्लेख गरिएको छ । निर्देशिकाले परिभाषित गरेअनुसार जङ्गली जनवारमा हात्ती, गैँडा, बाघ, भालु, चितुवा, हिउचितुवा, जङ्गली बदेल, ध्वाँसे चितुवा, ब्वाँसो, जङ्गली कुकुर, मगर गोही, अर्ना, गौरीगाई र अजिङ्गर पर्छ ।

हात्ती, गैँडा, अर्ना र जङ्गली बदेलले अन्नबालीमा क्षति पु¥याएमा राहत उपलब्ध गराउने व्यवस्था उल्लेख गरे पनि अन्य जनवारले क्षति गरेमा राहत उपलब्ध नगराउने किटानका साथ सोही निर्देशिकामा लेखिएको छ ।

हिमाली जिल्ला सोलुखुम्बुमा अर्ना, हात्ती, गैँडा नहुने तर भालुले बारम्बार क्षति पुर्याउँदा राज्यले राहत उपलब्ध गराउनेतर्फ ध्यान नदिएको यहाँका स्थानीयवासीको गुनासो छ । गार्माका चन्द्रमाण श्रेष्ठले भालुले मकैलगायतको अन्नबाली सखाप पार्ने तर राज्यले राहत दिने व्यवस्था नगर्दा समस्या भएको बताए । तराईका जिल्लामा हुने क्षतिलाई हिमाली तथा पहाडी क्षेत्रमा समेत राखिँदा कृषक मारमा परेको महाकुलुङका युमन खालिङले बताए । हाल क्रियाशील रहेको निर्देशिकासमेत तत्काल पुनरावलोकन गरी क्षेत्रअनुसार राहत वितरणको व्यवस्था गर्न उनीहरुले मागसमेत गरेका छन् ।

अघिल्लो वर्ष नौ जना भालुको आक्रमणबाट घाइते भएका थिए भने चालू वर्षमा मात्रै चार घाइते भएका छन् । भालुले सताउन थालेपछि यहाँका स्थानीयले मार्न पाउनुपर्ने या सुरक्षाको ग्यारेण्टी हुनुपर्ने मागसमेत राख्दै आएका छन् । जिल्ला प्रशासन कार्यालय, नगरपालिकामा समेत लिखितरूपमा निवेदन दिँदै भालु नियन्त्रणका लागि माग गरेका छन् । भदौ ५ गते मात्रै सोलुदूधकुण्ड नगरपालिकाको वडा नं ३ मा स्थानीयवासीले थापेको ट्रयापमा भालु फसेको थियो । डिभिजन वन कार्यालय, जिल्ला प्रशासन र प्रहरीको समन्वयमा उक्त भालुको उद्धार गरी अहिले काठमाडौँमा उपचार भइरहेको डिजिभन वन कार्यालय प्रमुख इन्द्रप्रसाद सापकोटाले जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending