Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

दुई कम्युनिष्ट पार्टीको विचारधारात्मक बैठक: सिक्ने र सिकाउने ऐतिहासिक अवसर

काठमाडौं । नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीले पहिलो पटक विचार आदानप्रदान गर्ने गरी काठमाडौँमा आयोजना गरेको विचारधारात्मक बैठक आपसमा सिक्ने र सिकाउने ऐतिहासिक अवसर बन्न पुगेको नेकपाका नेताहरुले बताएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा वर्तमान राष्ट्रपति सी चिन फिङको विचारधाराबारे चिनियाँ र नेपाल कम्युनिष्ट पार्टीको धारणा तथा नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीबीच विचारधारात्मक छलफल सोमबार र मङ्गलबार यहाँ आयोजना भएको थियो । बैठकमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उच्चस्तरका नेता एबं चिनिया कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओसहितका नेता तथा विज्ञको सहभागिता थियो ।

नेपाल कम्युनिष्ट पार्टी ((नेकपा) को केन्द्रीय पार्टी स्कूल विभाग र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको संयुक्त आयोजनामा भएको उक्त बैठक विचार र आपसी सिकाई आदानप्रदानका हिसाबले महत्वपूर्ण भएको नेताले प्रतिक्रिया दिएका छन् ।

नेपाल र चीनको ७० वर्ष पुरानो भाइचाराको सम्बन्ध रहेको र नेपाल चीन सम्बन्ध राजकीय पार्टी हुनुको नाताले मात्रै होइन, विचारधारात्मक दृष्टिकोणले पनि उच्च रहेको नेकपाका केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले बताए।

उनले चिनियाँ कम्युनिष्ट पार्टीको आठौँ महाधिवेशनमा भाग लिन जाँदा मनमोहन अधिकारीलाई माओत्सेतुङ स्वयंले विमानस्थलमा स्वागत गरेको प्रसङ्ग जोड्दै दुई पार्टीबीचको सम्बन्ध कति पुरानो थियो भन्ने प्रष्ट हुने बताए ।

क्रान्तिको चरण माओत्सेतुङको नेतृत्वमा भयो भने चिनियाँ विशेषतासहितको समाजवाद त्यसपछिका नेताहुँदै सी चिन फिङसम्म आइपुगेको छ । पार्टी स्थापनाको १०० वर्ष र नयाँ चीन निर्माण गरेर अगाडि बढेको ७० वर्ष पुगेको उपलक्ष्यमा आयोजना भएको यो ऐतिहासिक कार्यक्रम सिकाइको महत्वपूर्ण चरण भएको नेता थापाको विश्लेषण छ ।

“यो विचारधारात्मक छलफल हो, चिनियाँ कम्युनिष्ट पार्टीले प्रशिक्षण दिएको भन्ने हिसाबले अपव्याख्या गरिएको छ, त्यो होइन, चीन समृद्धि, आधुनिकीकरण, विकास र गरीबी निवारणको जुन उचाइमा पुगेको छ, हाम्रो जस्तो विकासशील र कतिपय अल्पविकसित राष्ट्रका लागि ती अनुभवहरु महत्वपूर्ण हो”, थापाले भने ।

सन् २०१४ बाट चीनले शुरु गरेको नयाँ योजना वेल्ट एण्ड रोड इनिसियटिभ ९विआरआई० ले संसारका विभिन्न देशलाई एउटै कनेक्टीभिटीमा जोडेर जुन विकास विस्तारको कुरा अगाडि बढाएको छ, त्यसको सहभागी छिमेकी देश र हिमालय वारपारको सम्बन्ध भएको देशका हिसाबले पनि चीनसँग महत्वपूर्ण र समस्यारहित सम्बन्ध नेपालसँग रहेको नेताको भनाइ छ ।

अहिलेको कार्यक्रम चिनियाँ अनुभव हामीले र हाम्रा अनुभव चिनियाँ पक्षले सिक्ने र सिकाउने मात्रै भएकाले अब सी को विचारधारामा ढल्कियो भनेर मित्थ्याको चर्चा गरिएको उल्लेख गर्दै नेता थापाले भने, “हामीले ‘सी’ को विचारधारा चिनियाँ अनुभवका रुपमा मात्रै लिएका छौँ, त्यो विचारधारालाई अवलम्बन गर्ने कुनै छलफलको विषय बनेको छैन, चीनलाई बलियो बनाउने चिजबाट सिक्नुपर्ने धेरै छ, यसले पार्टी–पार्टीस्तरको सम्बन्धलाई पनि अझै उचाईमा पुर्याउँछ ।”

नेताहरुले ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्यका साथ अगाडि बढेको नेपालका लागि आधुनिकीकरण, विकास, गरीबी निवारण र पछौटेपनको अन्त्यका निम्ति चिनियाँ अनुभव सिक्न लायक रहेको बताएका छन् ।

नेकपाका स्थायी कमिटी सदस्य पम्फा भूषालले पहिलो पटक आयोजना गरिएको छलफल ऐतिहासिक भएको स्मरण गर्दै चीनबाट सिक्ने यो महत्वपूर्ण अवसरको रुपमा लिएको बताए । उनले भने, “वैचारिक राजनीतिसँगै समाजवाद निर्माणमा आर्थिक, सामाजिक, साङ्गठनिक विधि र परिचालनका सम्बन्धमा यसले हामीलाई पुनः स्मरण गरिदिएको छ ।”

अर्का स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले आर्थिक विकासलाई कसरी अगाडि बढाउने भन्नेमा चिनियाँ अनुभवले नेपालमा ठूलो भूमिका खेल्ने बताउनुभयो । “स्वभाविक रुपमा चीनको आर्थिक विकासको स्थिति के हो ? पार्टी अनुशासन कसरी पालना गर्नुपर्छ ? पार्टीका नेताले जनतासँग कस्तो सम्बन्ध बनाउनुपर्छ भन्ने कुरा यो रेफरेन्स हो, उनीहरुको अनुभव लिने हो, आफूलाई अनुकूलअनुसार प्रयोग गर्ने र त्रुटि सच्याउने हो ।”

नेकपाको स्कूल विभागका उपप्रमुख देवेन्द्र पौडेलले चीनबाट अनुभव सिक्ने कुरा गरेको भन्दै सी चिन फिङको विचार मान्ने कुरा नगरेको उल्लेख गर्दै यसअघि पनि विभिन्न पार्टीसँग अन्तरक्रिया गर्दै आएको जानकारी गराए ।

उक्त बैठकमा सहभागी हुँदै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, पार्टीको स्कूल विभाग प्रमुख ईश्वर पोखरेललगायतका नेताहरुले छिमकी चीनको समृद्धि र विकासको नमूना अनुशरणयोग्य रहेको, नेपाली मौलिकताको समृद्धिका लागि यस्ता कार्यक्रम उपलब्धिपूर्ण हुने र दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका सदस्य काउ लीले सी चिन फिङको विचारधारा भनेको नयाँ युगको चिनियाँ विशेषतायुक्त विचारधारा भएको उल्लेख गर्दै दुई पार्टीबीचको पहिलो छलफल वैचारिक आदानप्रदानका हिसाबले कोशेढुङ्गा सावित भएको स्मरण गरेका थिए ।

उक्त बैठकमा चिनियाँ विशेषतासहितको समाजवाद, चीनको गरीबी निवारणमा भएको प्रयास, विआरआइ र यसको उद्देश्य, भ्रष्टाचार नियन्त्रण र आर्थिक विकासमा चीनले गरेका क्रियाकलापका बारेमा चिनियाँ विज्ञ तथा कम्युनिष्ट पार्टीका विदेश विभागका सदस्यहरूले प्रस्तुति दिनुभएको थियो । टोली आज स्वदेश फर्किएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending