Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

बिहेअघि यौन सम्बन्ध राख्न नदिने कानुनको चर्को विरोध, के छ विवादास्पद मस्यौदामा ?

एजेन्सी । इन्डोनेशियाको संसद्‌बाहिर एउटा प्रस्तावित कानुनको विरोध गरिरहेका प्रदर्शनकारीहरूविरुद्ध प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको छ।

प्रस्तावित कानुनमा बिहेअघि यौन सम्बन्ध राख्न नपाइने प्रावधान तथा अन्य विवादास्पद कुरा राखिएपछि इन्डोनेशियामा त्यसको चर्को विरोध भएको छ।

उक्त मस्यौदा कानुनविरुद्ध देशका अन्य स्थानमा पनि विरोध भयो।

मस्यौदा कानुन पारित भएर कानुन कार्यान्वयनमा आएमा त्यसले गर्भपतनलाई प्रतिबन्ध लगाइदिनेछ भने देशका राष्ट्रपतिको अपमानलाई पनि अपराध मान्नेछ।

तत्कालका लागि उक्त मस्यौदा कानुनलाई पारित गर्ने विषय पछि सरेको छ। तर प्रदर्शनकारीहरू त्यो संसद्‌बाट अन्ततस् पारित हुने चिन्तामा छन्।

विवादास्पद मस्यौदामा के छ ?
प्रस्तावित अपराध संहितामा निम्न विषय छन्

  • विवाहपूर्व यौन सम्बन्ध राख्नु अपराध हुनेछ र त्यसो गरेमा एक वर्ष जेल सजाय हुन सक्नेछ
  • विवाह नगरी सँगै बसेमा छ महिनाको जेल सजाय हुन सक्नेछ-
  • राष्ट्रपति, उपराष्ट्रपति, धर्म, राज्यका निकाय र झण्डा तथा राष्ट्रिय गानजस्ता प्रतीकको अपमान गर्न पाइनेछैन
  • चिकित्सकीय कारण वा बलात्कारका घटनामा बाहेक गर्भपतन गरे अधिकतम चार वर्ष जेल सजाय हुन सक्नेछ
  • संसद्‌मा मङ्गलवार उक्त प्रस्तावित कानुनमा मतदान हुने योजना थियो। तर राष्ट्रपति जोको विडोडोले त्यसमा थप विचार गर्नुपर्ने भन्दै मतदान शुक्रवारका लागि स्थागित गरिदिए।

किन हुँदैछ विरोध ?
मतदान सारिएको भए पनि इन्डोनेशियालीहरू उक्त कानुन संसद्‌बाट पारित हुने आशङ्का व्यक्त गर्छन्।

देशको भ्रष्टाचार निवारण आयोगलाई कमजोर बनाउने एउटा कानुन पारित गरिएकाले पनि मानिसहरू आक्रोशित छन्।

मङ्गलवार के भयो ?
हजारौँ मानिसहरूले देशका विभिन्न सहरमा सडकमा भेला भएर प्रदर्शन गरे। तिनमा विद्यार्थीहरूको सङ्ख्या ठूलो थियो।

संसद्‍का सभामुखलाई भेट्ने माग राखेर जकार्तास्थित संसद् भवनबाहिर प्रदर्शन गरिरहेका मानिसहरूको प्रहरीसँग भिडन्त भयो।

प्रदर्शनकारीहरूले ढुङ्गा हानेपछि प्रतिकार गर्दै प्रहरीले पनि अश्रुग्यास र पानीको फोहरा प्रयोग गर्‍यो।

एउटी महिलाले \'मेरो अङ्गमा सरकारको स्वामित्व छैन\' भन्ने नारा भएको पोस्टर बोकेकी थिइन्।

योग्याकार्ता, मकास्सर तथा अन्य स्थानमा दोस्रो दिन पनि प्रदर्शन जारी छ।

\'भ्रष्टाचार नियन्त्रण गर्ने निकायसम्बन्धी नयाँ कानुन जनताको हितमा नभएर भ्रष्टाचारीको हितमा भएकाले हामी संसद्‌तिर गएर विरोध गर्दैछौँ,\' पश्चिम जाभाका एक २१ वर्षीय विद्यार्थीले सामाचारसंस्था रोएटर्सलाई भने।

जकार्तामा सुरक्षाका लागि पाँच हजारभन्दा बढी प्रहरीलाई खटाइएको छ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending