काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै अनुपम दस्तावेज भएकाले यसको कार्यान्वयनमा इमानदार भएर लाग्नुपर्ने बताएका छन्।
संविधान दिवसका अवसरमा निजी तथा आवासीय विद्यालय एशोसिएसन ९एन प्याब्सन० ले आज आयोजना गरेको ‘संविधानमा बालबालिका’ विषयक अन्तरक्रियामा नेता नेपालले संविधानसभाबाट पारित भएको संविधानमा सबै खालका विचार र भावना समावेश भएको र केही विषयमा छलफल जारी राख्न सकिने जनाए ।
नेता नेपालले भने, “अनेक कुराहरू आए पनि हामीले हाम्रो संविधान जारी गर्ने कार्यलाई सफल बनाइछाड्यौँ । आफ्नो संविधान आफैँ बनाउन सक्ने उदाहरण प्रस्तुत ग¥यौँ । यो संविधान आफैँमा अनुपम दस्तावेज हो । विश्वका कुनै पनि संविधानभन्दा कमाजोर छैन । यसको कार्यान्वयनमा सबैको भूमिका आवश्यक छ । केहीले सुविधैसुविधा लिएर अरुलाई पाखा पार्ने स्थिति भएमा असन्तुष्टि हुनसक्छ ।”
उनले बालबालिको हितलाई केन्द्रमा राखेर नीति, योजना ल्याइनुपर्ने र बालबालिकालाई सामाजिक र व्यवहारिक बनाउन लाग्नुपर्ने जनाए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सबै क्षेत्र, वर्ग र तहलाई सम्बोधन गरेकाले नेपालको संविधान संसारकै उत्कृष्टमध्येको एक हो भन्दै बालबालिकाको मौलिक हकलाई पनि यसले सुनिश्चित गरेको बताउनुभयो । उहाँले संविधानमा व्यवस्था गरिएका बाल अधिकारको कार्यान्वयनका लागि गम्भीर र संवेदनशीलरूपमा लागेको जनाउँदै बालबालिका देशको भविष्य भएकाले बालबालिका ऐन, २०७५ को कार्यान्वयनसँगै तीन तहका सरकारले आफ्नो क्षेत्राधिकारभित्र रहेर बालअधिकार स्थापित गर्नुपर्ने बताए ।
नेपाली काङ्ग्रेसका नेता गुरुराज घिमिरेले बालबालिकालाई मानव ढाल बनाउने तथा हिंसात्मक गतिविधिमा संलग्न कार्य र महङ्गो शिक्षा हुने स्थिति गलत भएको बताए ।
अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले माध्यमिक तहमा विद्यार्थीको कक्षा छाड्ने दर घट्न नसकेको र बालश्रमिकको अवस्था अन्त्य नभएकाले अधिकारको कार्यान्वयनमा चुनौती देखिएको भनाइ राखे ।
नेशनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बालअधिकारको रक्षा गर्दै विद्यालयमा बन्द हड्ताल अन्त्य हुनुपर्ने र राज्यले निजी विद्यालयको योगदानलाई बिर्सन नमिल्ने बताए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: