Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

वर्षा भोलिसम्म जारी

काठमाडौं । सोमबार रातिदेखिको अविरल वर्षाले मुलुकभरको जनजीवन प्रभावित भएको छ । रातिदेखि सुरु भएको वर्षा मंगलबार दिनभरि जारी रह्यो । मौसम प्रतिकूल भएपछि मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल डेढ घण्टा अवरुद्ध भयो । मौसम अनुकूल नभएपछि पर्यटक बोकेर विभिन्न ठाउँका लागि उडेका ८ हेलिकोप्टरलाई काभ्रेमा आकस्मिक अवतरण गराइयो ।

आजको नागरिक दैनिकमा खबर छ - मध्य महाडी भूभागमा वर्षाका कारण पहिरो गएपछि ग्रामीण सडक अवरुद्ध भए । बाढी आउँदा पर्वतको कुस्मा नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगायो । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिनभरि नै देशभरि नै कहीं सामान्य र कहीं भारी वर्षा भयो ।

यो क्रम बिहीबारबिहानसम्म कायम रहने महाशाखाले जनाएको छ । मौसमविद् गंगा नगरकोटीले पूर्व र पश्चिमका भागमा मौसममा सामान्य बदली भई वर्षा जारी रहेको जानकारी दिइन् ।

पश्चिम र मध्य भूभागका खोलानालामा पानीको बहाव बढ्ने र चट्याङसमेत पर्ने सम्भावना भएकाले सचेत रहन आग्रह गरिएको छ । पश्चिमी भूभागमा मौसमी गतिविधि कम सक्रिय रहेकाले बुधबार त्यस क्षेत्रका केही भागमा मात्रै वर्षा हुने महाशाखाले जनाएको छ । ‘यति बेला धेरैजसो भूभागमा मौसमी गतिविधि सक्रिय छ, त्यसकारण पनि पानी कति दिनसम्म पर्ने हो, भन्न सकिन्न । बुधबार भने वर्षा जारी रहनेछ,’ नगरकोटीले भनिन्, ‘मौसम अनुकूल नभएका कारण बुधबार पनि हवाई तथा स्थल यातायातमा समस्या आउन सक्नेछ, सचेत रहनुपर्छ ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending