Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

रेखा थापालाई राजेशको साडी लगाउन सुझाब

\"rekha१४ असार, काठमाडौं । नेपाली सिने जगत्मा रेखा थापालाई नचिन्ने सायदै होलान् । उनलाई नचिनुन् पनि कसरी, बेलाबखत विभिन्न कारणले चर्चामा जो आइरहन्छिन् । उनको अभिनय, छविराज ओझासँगको सम्बन्ध, प्रेम सम्बन्ध, समाजसेवा, फिल्मी क्षेत्रमा हुने झगडा, उनको पहिरन शैली आदि – यी सबैले उनलाई चर्चामा रहिरहन सधाइरहेका छन् । यस्तैमा उनको पहिरनको विषयमा उनको निकै नजिकका साथी गायक राजेश पायल राइले आफ्नो धारणा व्यक्त गरेका छन् । रेखालाई पहिलो पटक कार्यक्रमको सिलसिलामा मलेसियामा भेटेको बताउने राजेशले उनलाई छोटो लुगा भन्दा साडी लगाउन आग्रह गर्छन् । उनी भन्छन्, ‘रेखा चलेकी राम्री नायिका हुन् त्यसकारण उनले कुर्था वा साडी लगाओस् भन्ने मेरो चाहना हो ।’ \"rajeshरेखाले लगाएको छोटो लुगाले कतारको एक कार्यक्रममा निकै अप्ठेरो पारेको सम्झना निकै ताजा भएको उनले बताए । ‘एक पटक कतारमा कार्यक्रम भइरहेको हलमा छिरेर कतारी प्रहरीले कार्यक्रम रोक्नुस् भन्यो । हामीले किने रोक्ने भन्ने प्रश्न गर्दा उनीहरुले रेखाले लगाएको पहिरन छोटो भएकाले कतारी नियम अनुसार छोटो लुगा लगाएर नाच्न नमिल्ने बताए । त्यसपछि मैले रेखालाई पाइन्ट लगाउन आग्रह गरें । पाइन्टलगायत सबै लुगाहरु होटलमा नै भएकाले तत्काल त्यहाँ केही पनि गर्ने अवस्था देखिएन ।’ उनले भने । ‘रेखाको पहिरनले गर्दा त्यहाँ परफर्म गर्न नपाउने जस्तो देखिएपछि हामीले निकै आग्रह गरेर पुलिसलाई एकपटकको लागि माफी दिन आग्रह गर्यौं । पुलिसले हुन्छ त भन्यो तर अल्लाहको प्रार्थना सकिएपछि । करिब १५ मिनेट पछि प्रार्थना सकियो त्यसपछि हामीले ‘सागरसरी चोखो माया’ भन्ने गीतमा पर्फम गर्न पायौं ।’ राजेशलाई रेखाको हक्की स्वभाव निकै मनपर्ने उनी बताउँछन् । उनी भन्छन्, ‘पूर्वमा हुर्किएकी, क्षेत्रीकी छोरी भएर पनि होला उनको राई लिम्बुको जस्तो हक्की स्वभाव छ ।’ उनको यही स्वभावले उनी चाँडै निर्णय लिने गर्दछिन् जसका कारण उनलाई रेखा थापा बनाएको उनको भनाई छ । एक–अर्कालाई डार्लिङ भनेर सम्बोधन गर्ने उनीहरुले एक–अर्कालाई निकै नजिकबाट चिनेको राजेश बताउँछन् । उनी भन्छन्, ‘हामी एक अर्कालाई माया गर्छौं । श्रद्धा गर्छौं । उनी मलाई आइ लभ यु पनि भन्छिन् । तर यो प्रेमिकाले प्रेमीलाई भन्ने आइ लभ यु होइन । ’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies