Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

भूकम्पले क्षति भएका सिन्धुपाल्चोकका पाँच सरकारी कार्यालय शुभारम्भ

सिन्धुपाल्चोक । भूकम्पले क्षति भएका अति प्रभावित सिन्धुपाल्चोकका पाँच सरकारी भवनको पुनःनिर्माण सम्पन्न भई शुभारम्भ गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकारी सुशील ज्ञवाली, सांसदद्वय अग्निप्रसाद सापकोटा र शेरबहादुर तामाङले पुनःनिर्माण सम्पन्न भएका भवनको उद्घाटन गरेको हो।

उद्घाटन गरिएका भवनमा जिल्ला वन कार्यालय एनेक्स भवन, कोष तथा लेखा नियन्त्रकको कार्यालय, प्रमुख जिल्ला अधिकारीको आवास भवन, मालपोत कार्यालय एनेक्स भवन र जिल्ला आकस्मिक सहायता भवन छन् । भवन नेपाल सरकार र एशियाली विकास बैंक ९एडिबी० को आर्थिक सहयोगमा पुनःनिर्माण गरिएको हो । पाँच वटा भवन पुनःनिर्माणको लागत रु १५ करोड छ ।

कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनःनिर्माण गरिएका नयाँ भवनमा सरकारी सेवा प्रवाह अझ प्रभावकारी हुने र जनतालाई थप सुविधा पुग्ने विश्वास व्यक्त गरे । भूकम्पबाट सबैभन्दा बढी मानवीय क्षति भएको सिन्धुपाल्चोकमा निजी आवास, विद्यालय, सरकारी भवनलगायतको पुनःनिर्माणले विपद्लाई अवसरका रुपमा परिणत गरेको उहाँले बताउनुभयो ।

सांसद सापकोटाले भौतिक संरचनाको पुनःनिर्माणले सिन्धुपाल्चोकको मुहार बदलेको विचार राखे । जिल्लामा भूकम्प स्मृति पार्कको निर्माण प्रक्रिया अघि बढेकाले नमूनाका रुपमा अघि बढाउन प्राधिकरणसँग आग्रह गरे । सांसद तामाङले जिल्लामा पुनःनिर्माण राम्रोसँग अघि बढेको बताए । पुनःनिर्माणपछि सिन्धुपाल्चोक विकासको नमूना जिल्लामा पर्ने उनको भनाइ थियो ।

प्रदेश नं ३ का प्रदेशसभा सदस्य सरेश नेपालले निजी आवास, सरकारी भवनलगायतका संरचना बनेकामा खुशी व्यक्त गर्नुहुँदै बाँकी रहेका सम्पदा र जनताका गुनासाको सुनुवाइ गर्न पनि उनले सुझाव दिए । प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ ९भवन० का आयोजना निर्देशक नवराज प्याकुरेलले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माणलाई समयमा सम्पन्न गर्ने गरी काम गरेको बताए ।

जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख सन्तोष निरौलाले सरकार र एशियाली विकास बैंकमार्फत निर्माण भइरहेका १७ भवनमध्ये सातको पुनःनिर्माण सम्पन्न भएको र १० भवन पुनःनिर्माणको प्रक्रियामा रहेका जानकारी दिए । दुई भवन यसअघि नै सम्पन्न भई उद्घाटन भइसकेको प्राधिकरणले जनाएको छ । भारतीय एक्जिम बैंकबाट प्राप्त हुने रकमबाट बन्ने सरकारी भवनको पुनःनिर्माण प्रक्रिया अघि बढेको पनि उहाँले जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending