Khabar Dabali ४ माघ २०८२ शनिबार | 17th January, 2026 Sat
Investment bank

एसिड आक्रमणपछि चेलीबेटी असुरक्षित भएको चिन्ता, कडा दण्डको माग

वीरगन्ज महानगरपालिकामा विद्यालय जाँदै गरेकी एक छात्रामाथि गत हप्ता एसिड प्रहार भएपछि पर्साका महिलाहरूले आफ्ना चेलीबेटी टोलछिमेकमै असुरक्षित हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

उक्त घटनापछि विद्यालय वा काममा जाने चेलीबेटीलाई घरबाट निर्धक्क बाहिर निस्किन झन् गाह्रो बनाएको उनीहरूले बताएका छन्।

एसिड आक्रमणमा परेकी ती किशोरीको अहिले कीर्तिपुरमा उपचार भइरहेको छ। उनकी आमा शहनाज खातुन पनि अन्य आफन्तसँग छोरीको उपचारमा काठमाडौ आएकी छिन्।

आक्रमणकारी किशोरहरू पीडित छात्राका छिमेकी भएका र उनीहरूमध्ये एक जनाले ती छात्रालाई मन पराउने गरेको जानकारी पाएको प्रहरीले बताको छ।

बीबीसी संवाददाता माधुरीले महतोले पर्साका केही महिलासँग कुराकानी गरेकी छन्। उनीहरूले दोषीलाई कडा सजाय दिनुपर्ने माग राखेका छन्।

शहनाज खातुन, आमा
मैले यस्तो हालतमा छोरीलाई हेर्न सकेकी छैन। सहन कठिन भएको छ। आफ्नो आर्थिक स्थिति राम्रो नभए पनि छोरीलाई राम्रो शिक्षादीक्षा दिएर जीवनमा केही गर्ने मौका दिनुपर्छ भनेर पढाउन पठाएँ।

अहिले उसको उपचार गर्नुछ। मनमा डरैडर छ।
अस्पतालको उपचार खर्च कसरी जुटाउने भन्ने चिन्ता बढेको छ।

मेरी छोरीलाई यस्तो अवस्थामा पुर्‍याउनेहरूलाई कडा सजाय हुनुपर्छ।

रेहाना खातुन, माइजू
अरूले मन पायो भन्दैमा मान्नै पर्छ भन्ने छ ररु नमानेमा एसिडले प्रहार गर्नेरु यस्तो त हुनुभएन।
एसिड प्रहार गर्नेलाई यस्तो सजाय हुनुपर्‍यो कि आइन्दा कुनै पनि छोरीले यस्तो भोग्नु नपरोस्। कसैले यस्तो काम गर्ने सोच्न पनि नसकून्।

उनीहरूले अहिले हाम्री नानीको कस्तो नराम्रो हालत बनाइदिए । जेल परे पनि उनीहरू आरामले बसिरहेका छन्। तर हाम्री छोरी अस्पतालमा पीडाले छटपटाइरहेकी छन्। हामी सबै त्रस्त छौँ।

बिहानै स्कूल कलेज कसरी जाने, कसरी पठाउनेरु अहिले यहाँका अभिभावकमा त्रास छाएको छ।

उनीहरूलाई यस्तो कडा सजाय दिइओस् कि हाम्रा छोरीहरू निर्धक्क भएर स्वतन्त्र रूपले बाहिर निस्कन पाऊन्।

रिना देवी, छिमेकी
त्यस्ता अपराधीलाई फाँसी दिनुपर्छ भन्ने हाम्रो माग छ। एसिड आक्रमणमा परेकी केटी संस्कारी थिइन्। कहिले गलत कुरा नबोल्ने गलत काम नगर्ने।

उनैलाई कस्तो दुस्खदायी घटना पर्यो। मनमा धेरै डर लागिरहेको छ। छोरीबुहारीलाई कसरी सुरक्षित बनाउनेरु आज उनलाई यस्तो पर्‍यो।

भोलि कुन छोरीको हविगत उस्तै हुने होरु झन् डर लाग्न थालेको छ।

त्यसैले यस्तो सजाय हुन पर्‍यो कि अब आइन्दा कसैले त्यस्तो नगरून्।

नाजमा खातुन, छिमेकी
सबैका छोरीबुहारी, दिदीबहिनी छन्। अर्काका छोरीबुहारी पनि हाम्रा छोराबुहारीजस्तै हुन्।

कसैको प्रेम प्रस्ताव अस्वीकार गर्दैमा एसिड छ्यापिदिनेरु त्यो त भएन।

कडा सजाय भएन भने त जेलमा केही वर्ष सजाय काट्छन्, उनीहरू झन् बिग्रेलान्।

उमेर कम होस् या बढी दोषी दोषी नै हो। त्यसैले कडा सजाय दिनुपर्छ।

किशपति देवी, छिमेकी
ती केटाहरूले जे गरे त्यो सम्झँदै धेरै रिस उठ्छ।

सबै महिला र छोरीहरूमा त्रास उत्पन्न भएको छ। आफ्नै आँखाअगाडि हुर्केकी शालीन र शान्त स्वाभावकी छोरीमाथि उनीहरूले के गरेरु

अब फेरि यस्तो घटना नदोहोरियोस् भनेर कडा खालको सजाय होस्।

के भएको थियो
शुक्रवार बिहान पीडित किशोरी विद्यालय जाँदै थिइन्। उनीमाथि गणेशमान चोकनजिकै दुई युवकले एसिड छ्यापिदिए।
विद्यालय जाने गल्लीमा रहेको पसलनजिकै पहिलादेखि नै बसेका दुई किशोरले विद्यालयको पोसाकमा आएकी ती छात्रामाथि एसिड प्रहार गरेर भगेको प्रत्यक्षदर्शीले बताएका छन्।

एसिड आक्रमणपछि छात्रा चिच्याइन्। त्यसपछि उनलाई स्थानीय बासिन्दाले नारायणी अस्पतालमा लगे।

पीडित र ती युवकहरू छिमेकी भएको बताइएको छ ।

किशोरीको अवस्था कस्तो छ?

घाइते किशोरीको शरीरको १० प्रतिशत भाग डढेको छ। उनी अझै खतरामुक्त भइनसकेको चिकित्सकले उनको परिवारलाई बताएका छन्।

एसिडले उनको दायाँ भागको अनुहार, दुवै हात, घाँटी, छाती, पाखुरा जलेको बताइएको छ।
वीरगन्जमा मात्र नभएर पूरै प्रदेश नम्बर २ मा शरीर जलेको वा एसिड आक्रमणमा परेका मानिसको उपचार गर्ने क्षमता भएको अस्पताल नभएकाले उनलाई काठमाडौ लगिएको छ।

परिवारको आर्थिक अवस्था कमजोर छ। पर्साका सांसद तथा नगरप्रमुखले उपचारका लागि उनलाई काठमाडौ पठाउन आर्थिक सहयोग गरेको बताइन्छ।
प्रदेश नम्बर २ का मुख्यमन्त्रीले सहयोगस्वरूप पाँच लाख रुपैयाँ दिने घोषणा गरेका भए पनि परिवारले उक्त रकम नपाएको बताएको छ।

उपचारका लागि ५० हजारभन्दा बढी उधारो लिइसकेको पीडित किशोरीकी आमा शहनाज खातुनले गुनासो गरेकी छन् ।

घटना भएकै दिन शुक्रवार पक्राउ परेका दुवै किशोरलाई अदालतबाट म्याद थप गराई अनुसन्धान प्रक्रिया अगाडि बढाएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए।

नेपालको अवस्था कस्तो छ?
प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७१र७२ देखी चालु आर्थिक वर्ष २०७६र७६ सम्म एसिड प्रहारका १६ वटा घटना भएका छन्।

ती घटनामा १४ महिला र तीन पुरुष पीडित भएका छन्।

आक्रमण गरेको आरोपमा २१ जना पक्राउ परेका थिए। तीमध्ये १६ जनामाथि मुद्दा दर्ता भएको छ ।

अधिकांश पीडित किशोरी छन्।

प्रहरीले एकपक्षीय प्रेम, श्रीमान् श्रीमतीबीच खटपट, रिसइवी, लेनदेन आदि विषयमा एसिड आक्रमण भएको बताएको छ।

कस्तो सजाय हुन्छ?
पर्सा जिल्ला अदालतकी अधिवक्ता प्रतिमा चौरसियाले कतिपय घटनामा फौजदारीसँगै घरेलु हिंसाअन्तगर्त पनि मुद्दा चलाउन सकिन्छ।

उनका अनुसार मुलुकी फौजदारी ऐनमा पनि एसिड आक्रमण गरी कुरूप पारेमा तथा अनुहारमा क्षति गरेमा पाँचदेखि आठ वर्षसम्मको कैद तथा एकदेखि पाँच लाख रुपैयाँसम्मको दण्डको व्यवस्था रहेको छ।

शरीरका अन्य भागमा तेजाबले कुरूप पारेमा तीनदेखि पाँच वर्षसम्म कैद र ५० हजारदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ।

उक्त रकम पीडितलाई क्षतिपूर्तिबापत दिने व्यवस्था रहेको उनले बताइन्।

आक्रमणकारीले एसिड कहाँबाट ल्याउँछन्रु
अधिकांश घटनामा पीडकले सजिलैसँग थोरै मूल्यमा बजारबाट एसिड किनेको पाइएको छ।

एसिड बजारमा छ्यापछ्याप्ती पाइने भएकाले यसको दुरुपयोग रोक्न चुनौती थपिएको देखिन्छ।

एसिडको उत्पादन, खरिद तथा बेचबिखनमा कडा नीतिनियम ल्याउन महिला अधिकारकर्मीहरूले माग गरेका छन्।

आइतवार बसेको संसद बैठकमा पर्साका सांसद प्रदीप यादवले एसिड आक्रमणमा परेकी किशोरीको उपचारमा सरकारले सहयोग गर्नुपर्ने माग गरे।

उनले वर्तमान कानुनले पीडक उम्किन सक्ने भन्दै कानुन संशोधन गर्न पनि आग्रह गरेका थिए।

आइतवार संसद्‍मा उपस्थित अधिकांश सांसदहरूले एसिड आक्रमणबाट घाइते भएकी किशोरीको निःशुल्क उपचारको व्यवस्था गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका थिए।

किशोरीमाथि भएको आक्रमणको विरोध गर्दै कडा सजायको माग गर्दै वीरगन्जमा विभिन्न समूहले प्रदर्शन गरेका छन्। बीबीसी

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending