Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

कोहलपुर बसपार्कमा कम्प्लेक्स निर्माणका लागि गरिएको अवरोध हट्यो

राँझा । अदालतको आदेशसँगै कोहलपुर बसपार्कमा आधुनिक शपिङ कम्प्लेक्स निर्माणका क्रममा गरिएको अवरोध हटेको छ ।

कोहलपुरका टेकराज आचार्यलगायत १७ जनाले अतिक्रमण हटाएर त्यस क्षेत्रमा आधुनिक शपिङ कम्प्लेक्स निर्माण अविलम्ब शुरु गर्नुपर्ने माग गर्दै दायर गरेको रिट निवेदनमा तुलसीपुरस्थित उच्च अदालतको नेपालगन्ज इजलासले मागबमोजिम परमादेश जारी गरेकाले यसअघि गरिएका अवरोध हटाउन मार्गप्रशस्त भएको हो ।

जमीन अतिक्रमणका कारण लामो समयदेखि आधुनिक शपिङ कम्प्लेक्स निर्माण हुन सकेको थिएन । उक्त इजलासका न्यायाधीशद्वय ऋषिराम अधिकारी र गोपाल डाँगीको संयुक्त इजलासले मागबमोजिम बसपार्क क्षेत्रमा रहेका अतिक्रमण हटाएर शपिङ कम्पलेक्स निर्माणका लागि स्थानीय सरकार र स्थानीय प्रशासनका नाममा परमादेश जारी गरेको कानून व्यवसायी लोकबहादुर शाहले जानकारी दिए ।

उक्त आदेशमा कोहलपुर नगर विकास समितिको जग्गामा भएको अतिक्रमणसमेत हटाउन भनिएको छ । विगत लामो समयदेखि अस्थायी बसपार्कका रुपमा रहँदै आएको कोहलपुर बसपार्क कालोपत्र गर्ने क्रममा त्यस क्षेत्रमा बस्दै आएका व्यवसायीहरु हट्न नमानेपछि विवाद भएको थियो । उक्त समितिले उपलब्ध गराएको जग्गामा ७२ व्यवसायीले टहरा निर्माण गरी व्यवसाय सञ्चालन गर्दै आएकामा समितिले २०७५ साउनदेखि व्यवसायीसँगको सम्झौता रद्द गरी त्यस क्षेत्रमा आधुनिक शपिङ कम्प्लेक्स निर्माण गर्ने निर्णय गरेको थियो तर लामो लमयदेखि बस्दै आएको स्थानबाट आफूहरुलाई विस्थापित गर्न खोजिएको भन्दै त्यस क्षेत्रका केही व्यवसायीहरुले जग्गा नछाड्ने अडान लिएका थिए ।

शपिङ कम्प्लेक्स निर्माणका लागि शहरी विकास मन्त्रालयले डिपिआरसमेत तयार गरिसकेकाले व्यवसायीहरुको अवरोधका कारण काम अगाडि बढ्न सकेको थिएन । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले फैसलाको पूर्ण पाठ प्राप्त भएपछि सोहीअनुसार अगाडि बढ्ने जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending