Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

त्रिविको चरम लापरबाही : परीक्षा एउटा विषयको प्रश्नपत्र अर्कैको

शिक्षाशास्त्र संकायका सहायक डिन बलराम राय भन्छन्–प्रिन्टिङमा गल्ती भयो

काठमाडौं । गत वर्ष परीक्षाअघि नै दुई विषयको प्रश्नपत्र सार्वजनिक भएपछि आलोचित बनेको त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको डिन कार्यालयले यसपटक गलत प्रश्न सोधेको छ । शुक्रबार भएको एमएड प्रथम सेमेस्टरको एडभान्स एजुकेसन साइकोलोजी (एड ५१३० विषयको परीक्षामा फाउन्डेसन अफ एजुकेसनको प्रश्न सोधेको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - यिनै प्रश्न सोधिएको फाउन्डेसन अफ एजुकेसनको परीक्षा यसअघि नै सम्पन्न भइसकेको छ । शुक्रबारको परीक्षाका लागि प्रश्नपत्रमा उल्लेख विषय र कोड सही भए पनि प्रश्न अर्कै विषयका देखेपछि देशभरका ७४ परीक्षाकेन्द्रमा परीक्षा दिन गएका विद्यार्थीले विरोध गरेका थिए । विद्यार्थीको विरोधपछि कमजोरी थाहा पाएको डिन कार्यालयले तत्काल इमलेमार्फत पुनः अर्को प्रश्न पठाएर कतिपय केन्द्रमा परीक्षा सञ्चालन गर्न लगाएको थियो । तर, केही केन्द्रमा भने परीक्षा रद्द नै भएको छ । फरक विषयको प्रश्न बनाएर पहिलो कमजोरी गरेको डिन कार्यालयले गल्ती ढाक्ने नाममा तत्काल नयाँ प्रश्न पठाएर केही केन्द्रमा परीक्षा गराउँदा झन् समस्या निम्तिएको छ । कतिपय केन्द्रमा परीक्षा रद्द भएकाले सबै ६ हजार विद्यार्थीको परीक्षा के हुने अन्योल छ ।

शिक्षाशास्त्र संकायका परीक्षा हेर्ने सहायक डिन बलराम रायले विषयगत प्रश्नमा त्रुटि भएको स्वीकार गरे । तर, वस्तुगत विषयमा समस्या नभएको उनको भनाइ छ । तालिमप्राप्त अनुभवी कर्मचारीको अभाव रहेको र धेरै दबाबमा परीक्षाको काम गर्दा पनि त्रुटि हुने गरेको उनको दाबी छ । डिन कार्यालयले अध्ययन समितिसमेत बनाइसकेको छ । त्रिविको स्नातकोत्तर तह र सेमेस्टर प्रणालीमा सञ्चालन भएका कार्यक्रम डिन कार्यालयले सञ्चालन गर्दै आएको छ ।

अघिल्लो वर्ष भदौमा भएको स्नातकोत्तर तहको परीक्षामा तीन दिनमा दुई विषयको प्रश्नपत्र बाहिरिएका थिए । पहिलो सेमेस्टरको साइकोलोजी र फाउन्डेसन अफ एजुकेसनको प्रश्नपत्र बाहिरिएको थियो । प्रश्नपत्र तयार पार्ने र त्यसको मोडरेसन गर्ने विषय समितिको अध्यक्षबाटै प्रश्नपत्र बाहिरिएको खुलेको थियो । साइकोलोजीको प्रश्नपत्र प्रा। होमनाथ भट्टराईले तयार गरेका थिए, फाउन्डेसन अफ एजुकेसनको प्रश्नपत्र पनि उनकै पुस्तकमा प्रकाशित प्रश्नपत्रको हुबहु थियो । त्रिविको शिक्षाशास्त्र संकायले सञ्चालन गर्ने परीक्षामा लापरबाही हुँदासमेत कडा कारबाही नहुनुले विकृति मौलाउँदै गएको प्राध्यापकहरूको गुनासो छ ।

प्रिन्टिङमा गल्ती भयो : बलराम राय सहायक डिन, शिक्षाशास्त्र संकाय, त्रिवि
एड्भान्स एजुकेसन साइकोलोजीको विषयको विषयगत प्रश्नमा समस्या भयो । प्रिन्टिङमा गल्ती भएको हो । नयाँ डिजिटल मेसिन प्रयोगमा ज्ञान भएकाले पनि गल्ती भयो । तर, हामीले तत्कालै सच्याएर आधा घन्टामै अर्को प्रश्नपत्र परीक्षाकेन्द्रमा पठायौँ । ७४ परीक्षाकेन्द्रमध्ये एउटामा मात्र परीक्षा नभएको हामीलाई जानकारी आएको छ । कीर्तिपुरमा बाहिरबाट गएका विद्यार्थीको अवरोधका कारण परीक्षा हुन सकेन । परीक्षा दिइरहेकाहरूलाई पनि तानेर बाहिर निकालेको भन्ने छ । त्यहाँ सात सय परीक्षार्थी रहेको सूचना आएको छ । तालिकाअनुुसारको परीक्षा सकिएपछि अर्को व्यवस्था गरेर ती विद्यार्थीको परीक्षा लिने आश्वासन दिएका छौँ । त्यसका लागि अध्ययन समिति पनि गठन भएको छ । समितिले रिपोर्ट दिएपछि बोर्डले निर्णय गर्छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending