काठमाडौं । पूर्व भारतीय जासुस अमर भुषणको पुस्तक ‘इनसाइड नेपाल’ अहिले निकै चर्चामा छ । भुषणको पुस्तक चर्चामा आउनुको पछाडि नेपालको राजतन्त्र र समग्र लोकतान्त्रिक व्यवस्थाका लागि गरिएका आन्दोलनमाथि उठेको प्रश्न हो ।
हालै प्रकाशित पुस्तक इनसाइड नेपालमा १० वर्षे जनयुद्ध र विभिन्न खालका जनआन्दोलन सँगै राजतन्त्रको अवसानबारे निकै गम्भिर कुरा खुलासा गरिएको छ । पुस्तकमा नेपालमा गणतन्त्र ल्याउनको लागि तत्कालिन माओवादीका नेता र राजनीतिक दललाई फकाउन निकै कसरत गरिएको उल्लेख छ । पुस्तकमा धेरै पटकको वार्तापछि प्रचण्डलाई रअले नेपालमा गणतन्त्र ल्याउनको लागि मनाउन सफल भएको कुरा दाबीका साथ उल्लेख गरिएको छ ।
पुस्तकमा तत्कालिन माओवादीका नेता पुष्पकमल दाहाल प्रचण्डलाई फकाउन या मनाउन लामो समय खर्चेर र गणतन्त्रको पक्षमा अन्य राजनीतिक दललाई ल्याउन निकै मेहनेत गर्नुपरेको उल्लेख छ ।
पुस्तकमा राजतन्त्रलाई संवैधानिक बनाउन र संवैधानिक पश्चात राजतन्त्रलाई नै अवसान गर्न रअले सन् १९९० देखि योजनाबद्ध अभियानसमेत सुरु गरेको उल्लेख छ । पूर्व रअका विशेष निर्देशकसमेत रहेका अमर भूषणले आफ्नो पुस्तकमार्फत त्यस अप्रेसनको नेतृत्व गर्दाका अनुभवहरु खुलासा गरेका छन् ।
पुस्तकमा रअको जासुसीले भिन्न विचारधाराका राजनीतिक दललाई एक ठाउँमा ल्याउनु मात्रै नभई उनिहरुको पहुँच र प्रभाव विस्तारमा समेत गोप्य अभियान चलाएको उल्लेख छ ।
पुस्तक इनसाइड नेपालमा ०४६ सालमा जनआन्दोलन गराउन र त्यसलाई सफल बनाउन पनि रअले भूमिका खेलेको उल्लेख छ । त्यस समय भारतकाे तत्कालीन गान्धी सरकारले नेपाल भईरहेको जनआन्दोलनलाई सहयोग गर्न औपचारिक नै घोषणा गरेको थियो । आन्दोलन सफल बनाउन नेपालको नाका बन्द गर्नेसम्मको कदम चालेको थियो ।
पुस्तकमा प्रतिकात्मक रुपमा नाम दिइएको जीवनाथनले सो योजनाको समग्र नेतृत्व गरेको बताइएको छ । तत्कालिन राजाले आन्दोलन विफल बनाउन चीनसँग सहयोगसमेत मागेको कुरा पुस्तकमा खुलासा गरिएकाे छ ।
रअको भूमिकाबारे छानविन गर्न संसदीय समिति बनाउन माग
यसैबीच रअका पूर्वनिर्देशकले पुस्तकमार्फत नेपालको राजनीतिबारे गरेको खुलासाको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले छानविन गर्न माग गरेका छन् । उनले रअको भूमिकाबारे छानविन गर्न संसदीय समिति बनाउनसमेत थापाकाे माग छ ।
बिहिबार भरपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता कसरी आयात भएको भनि पुष्टि हुँदै गएको बताए । उनले राष्ट्रिय सुरक्षा र प्रजातन्त्रको भविष्यका सन्दर्भमा अत्यन्तै गम्भीर र संवेदनशील कुरा सार्वजनिक भएको भन्दै छानविन हुनुपर्ने बताए ।
‘राजनीतिक दल र नेताहरु प्रयोग गरेको विषय साधारण होइन, यसबारे अब निराकरण हुनुपर्छ, जसरी अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसको भूमिका रहेको भन्नेबारे अहिले त्यहाँको संसदले छानबिन गरिरहेको छ, यहाँ पनि छानबिन समिति गठन गर्नुपर्छ’, अध्यक्ष थापाले भने ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...



प्रतिकृया लेख्नुहोस्: