Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

कुशे पाटन शिकार आरक्ष स्थापना हुने

जाजरकोट । स्थानीय कुशे गाउँपालिकाले ८ र ३ नं वडाका वन क्षेत्रलाई समेटेर ‘कुशे पाटन सिकार आरक्ष’ बनाउने प्रक्रिया अघि बढाएको छ । यसका लागि गाउँपालिकाले ती वडाको माथिल्लो भागमा रहेको जलजला पाटन वन क्षेत्र र वरिपरिको क्षेत्रको विस्तृत अध्ययन पनि गरेको छ ।गाउँपालिकाले आर्किटेक्ट डिजाइन एण्ड सिभिल कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरी अध्ययन गरेको सिकार आरक्ष जुम्लास्थित चार हजार ३८८ मिटर उचाइको कुशे पाटन क्षेत्रसँग जोडिएको छ ।

सम्भाव्यता अध्ययनमा खटिएका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्वउपमहानिर्देशक शेरसिंह ठगुन्नाले उक्त क्षेत्रमा झारलको सङ्ख्या उल्लेख्य भएकाले सिकार क्षेत्र बनाउन उपयुक्त स्थान भएको बताए  । “झारल, बँदेल र रतुवाको सङ्ख्या राम्रो देखिएको छ”, उनले भने, “झारलको कोटा तोकेर सिकार खुलाए आम्दानी हुन्छ र त्यहाँको चोरी सिकार पनि रोकिन्छ ।”

गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले उक्त क्षेत्र वन्यजन्तुको राम्रो बासस्थान भए पनि अवैधरूपले सिकार गर्न नदिन आरक्ष स्थापनाको प्रक्रिया थालिएको बताउनुभयो । सिकार आरक्ष घोषणा भए वन्यजन्तुको संरक्षण, प्राकृतिक स्रोत संरक्षण, चोरी सिकार नियन्त्रणका साथै पर्या–पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उहाँको जिकिर थियो । “सिकार पर्यटनले स्थानीयवासीको आयआर्जनसमेत वृद्धि हुने हाम्रो अपेक्षा छ”, उहाँले भन्नुभयो, “अवैधरूपले चोरी सिकार रोकिनेछ र मुलुकको दोस्रो सिकार आरक्ष बन्नेछ ।”

अहिले गण्डकी प्रदेशको ढोरपाटनमा मात्र सिकार आरक्ष छ । उक्त आरक्षमा नाउर र झारल सिकार खेल्न युरोप र अमेरिकालगायतबाट पेसेवर सिकारी लाखौँ रूपैयाँ खर्चेर आउँछन्  । निकुञ्ज विभागले दुई याममा निश्चित संख्या तोकेर सिकार खुलाउने गरेको छ । विभागले वार्षिक २६ नाउर र ११ झारलको सिकारका लागि बोलपत्र आह्वान गर्ने गरेको छ । एउटै वन्यजन्तुको सिकार गर्न व्यावसायिक सिकारी रु १३ लाखसम्म तिर्न तयार हुने गरेका छन् । व्यावसायिक सिकार कम्पनीमार्फत विदेशी सिकार खेल्न नेपाल आउँने गर्छन् ।

कुशे पाटनमा झारलको सङ्ख्या उल्लेख्य पाइएकाले सम्भाव्यता अध्ययनमा खटिएका विशेषज्ञहरूले कोटा निर्धारण गरी सिकार खुलाउन गाउँपालिकालाई सुझाव दिँदै आएका छन् । “ढोरपाटनमा कोटा थोरै भएका कारण चाहेर पनि विदेशी आउन पाएका छैनन्”, पूर्वउपमहानिर्देशक ठगुन्नाले भन्नुभयो, आरक्ष घोषणा गरिए थप सिकारी आकर्षित हुनेछ ।”गाउँपालिकाले आरक्षका लागि कर्णाली प्रदेश हुँदै सङ्घको वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसमक्ष प्रस्ताव पेश गर्ने तयारी गरिरहेको छ । सङ्घीय वनमन्त्री शक्तिबहादुर बस्नेत जाजरकोटकै भएकाले यो प्रस्ताव प्राथमिकतामा पर्न सक्ने गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ३ मा सरकारले आवश्यक ठानेमा कुनै क्षेत्रलाई त्यसको चार किल्लासमेत खुलाएर राजपत्रमा सूचना प्रकाशित गरी राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्र घोषणा गर्न सक्ने व्यवस्था छ । त्यही प्रयोजनका लागि गाउँपालिकाले प्रदेश मन्त्रालयमार्फत प्रक्रिया अघि बढाउने तयारी गरिरहेको हो ।त्यसरी घोषणा भएको सिकार आरक्षको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलेसमेत लिने सक्ने व्यवस्था संविधानमा छ । संविधानको एकल अधिकारअन्तर्गत स्थानीय तहले पनि चिडियाखाना निर्माण, वन्यजन्तु संरक्षण र व्यवस्थापन गर्न सकिने व्यवस्था छ । स्थानीय तहले भने बारेकोट गाउँपालिकाको पाटन क्षेत्र समेटेर सिकार आरक्ष गराउनुपर्नेमा जोड दिँदै आएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending