Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

तीजलाई महङ्गो र भड्किलो नबनाऔँ

दाङ । नेपाली महिलाको विशेष पर्वका रुपमा रहेको तीज नजिकिँदै गर्दा यहाँका बजारमा सामान किनमेल गर्नेको भीडभाड बढ्न थालेको छ । विशेषगरी छोरी चेली यस पर्वको किनमेलका लागि गएको हप्तादेखि नै व्यस्त छन् ।

अहिले दाङका विभिन्न बजारमा विशेष गरेर कपडा, चुरा पोते, गरगहनादेखि खाद्यान्नजस्ता सामान किन्ने दिदीबहिनीको सङ्ख्या दिनप्रतिदिन बढेको यहाँका स्थानीय व्यापारी बताउँछन् ।

स्थानीय व्यापारीले पनि तीजलाई लक्ष्य गरेर छिमेकी बजार तथा भारतबाट नै यस्ता सामग्री खरीद गरेको बताउँछन् । तुलसीपुर बजारमा किराना पसल गर्दै आएका ४६ वर्षीय अमन उल्लाह अन्सारीले आफू बिहानैदेखि सामान बेच्न व्यस्त रहेको बताए ।

तीज पर्व नजिकिँदै गर्दा विभिन्न सङ्घसंस्थामा आबद्ध रहेकाले दर खाने र तीज गीत प्रतियोगिता कार्यक्रम राखेर तीज मनाउन थालेका छन् । तर विगतका वर्षभन्दा यस वर्ष भने जिल्लामा तीज आउन कैयौँ समय बाँकी हुँदैदेखि गरिने दर खाने कार्यक्रममा भने केही कमी आएको देखिन्छ ।

परापूर्वकालदेखि चल्दै आएको यो पर्वलाई धार्मिक संस्कृतिका रुपमा मनाउने प्रचलन रहे पनि पछिल्ला वर्षमा तीज मनाउने चलन फरक शैलीमा रहेको छ । धार्मिक मान्यताअनुसार भगवान् शिवजी र पार्वतीको सम्बन्धसँग सम्बन्धित यो पर्वलाई अविवाहित महिलाले सुयोग्य पति पाउँ भन्दै र विवाहिताले श्रीमान् श्रीमतीबीचको सम्बन्धलाई चिरस्थायी र सुमधुर बनाउन तीजको व्रत बसी पूजा आराधना गर्ने प्रचलन रहेको छ ।

तीजमा खाने विशेष खानालाई दर भन्ने गरिन्छ । यस्तो दर तीजको हप्तौँअघिदेखि नै खाने गर्नाले भने यसबाट नेपालमा तीज पर्वका नाममा विकृति पनि भित्रिनसक्ने भन्दै चासो व्यक्त हुने गरेको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का ४५ वर्षीया राधा योगीले तीज पर्वलाई सबैले साझा पर्वका रुपमा मनाउनुपर्ने बताउछन् । उनी भन्छन् यस पर्वलाई देखासिकी र भड्किलो नभई सरल तथा सहज तरिकाले मनाउनुपर्छ ।

तीज आउन एक महीनाअघिदेखि नै दरखाने नाचगान गर्ने कपडा तथा गहना प्रदर्शन गर्ने, होटल तथा रेस्टुराँमा गई दरखाने गरेका दृश्य टिभी, सामाजिक सञ्जालमा देख्दा चिन्तित भएको उनको भनाइ थियो ।

तुलसीपुरमा साढे दुई दशकदेखि डोल्मा सिलाइकटाइ तालीम केन्द्र खोलेर एक दर्जन बढी महिलालाई रोजगारी दिएकी योगीले तीज पर्वलाई विकृतिरहित पर्व बनाउन सबै लाग्नुपर्ने बताइन् ।

तीज पर्वलाई सहज तथा सरलरुपमा मनाउनुपर्ने बताउनुहुन्छ तुलसीपुर उद्योग वाणिज्य सङ्घकी सदस्य सपना बस्नेत भन्छिन्, “तीज आउनुभन्दा कम्तीमा तीनदिनदेखि यस्ता सरल खाले कार्यक्रम आयोजना भए राम्रो हुने थियो । ”

तीजको नाममा धेरै खर्च गर्ने, श्रीमान्को आयु लामो हुन्छ भन्दै तीजको दिनमा पानीसमेत नपिइ व्रत बस्ने गरेकोे देखेकी छु यो गलत हो उनले भनिन्।

तुलसीपुर उपमहानगरपालिका वडा नं ११ अश्वराकी २५ वर्षीया उर्मिला अधिकारी ढकालले तीज आउनुभन्दा धेरै दिनअघिदेखि नै देशका विभिन्न बजार क्षेत्रमा गरिने दरखाने कार्यक्रम, कपडा तथा गहना प्रदर्शनले गर्दा कतै तीज हुन खानेको मात्र पर्व त हुने होइन भन्ने लाग्ने गरेको बताइन् ।

शिक्षण पेशामा रहेकी ढकालले– परापूर्वकालदेखि चलिआएको यो पर्वका सकारात्मक पक्षलाई जोगाउँदै आफू पनि एक दिन व्रत बस्ने गरेको बताछिन् । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ की ४२ वर्षीया राधा पाण्डेले तीज पर्वलाई आफूले आत्मीय पर्वका रुपमा मनाउने गरेको बताउछिन् । उनी भन्छिन्, “बरु तीज पर्वमा चेतनामूलक, शैक्षिक, सरसफाइ, जागरणका गीत गाउने, बृहत् सरसफाइजस्ता कार्यक्रम गर्ने र नारी अधिकारका सिर्जनात्मक कार्यक्रम गर्न पाएमा राम्रो हुने थियो । ”

उनी तीज पर्वका सकारात्मक पक्षलाई भने अनुशरण गर्नुपर्ने विचार राख्छिन् । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य तीज पर्वको आफ्नै विशेषता र महत्व बोकेको पर्व रहेको बताउछिन् । उनले तीज पर्वका नाममा तडकभडक, खर्चिलो, देखासिकी, गरगहना प्रदर्शन गरेर मनाउनु गलत रहेकाले त्यसो गर्न नहुने बताइन्।

उनले तीज पर्वका नाममा धेरै विकृति देखिन्छ यो रोक्नुपर्छ भन्छिन् । तीजलाई हुनेखाने वर्ग र हुँदा खाने वर्गबीचको बढ्दो दूरी कम गर्दै आफ्नो मौलिक संस्कृतिलाई संरक्षण गर्न सबै लाग्नुपर्ने उनी भन्छिन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending