Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड एक महीना बन्द हुने

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डमा सडक विस्तारका लागि एक महीना दैनिक आठ घण्टा सडक बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङमा बुधबार बसेको सरोकारवालाहरुको बैठकले बागलुङ नगरपालिका–३ खहरे क्षेत्रमा रहेको चट्टानसहितको पहरो कटानका लागि झण्डै एक महीना खहरे खण्डको बाटो बन्द गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाको विशेष उपस्थिति एवं काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्ट, अर्जुनवाण गण बिहुँका सेनानी प्रवेश बस्नेत, मध्यपहाडी लोकमार्गका प्रमुख आशिष थापामगरलगायत कार्यालय प्रमुख, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिको समुपस्थितिमा बसेको बैठकले एक महीना दैनिक आठ घण्टा सडक बन्द गर्ने निर्णय गरेको हो ।

यस खण्डअन्तर्गतको जिल्ला सदरमुकामदेखि काठेखोला गाउँपालिका–१ अक्षेतेसम्मको सडक विस्तारका लागि दिनको आठ घण्टा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो । आगामी भदौ १८ देखि असोज १७ गतेसम्म बिहान ७ः३० देखि ९ः३० सम्म र पुनः १०ः३० देखि अपराह्न ४ः३० सम्म बाटो बन्द गरिने बागलुङका प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताउनुभयो । सडक बन्दका क्रममा बागलुङको अक्षेतेदेखि पाला, मुलपानी हुँदै बागलुङ बजार आउने वैकल्पिकमार्ग प्रयोग गर्न सकिनेछ । सिकिस्त बिरामीका हकमा लोकमार्ग आयोजनाले सडक खुलाएर गन्तव्यतर्फ जाने व्यवस्था गर्नेछ ।

बागलुङ बजारदेखि घोडाबाँधेसम्म २५ किलोमिटर सडक अहिले विस्तारकै चरणमा छ । बागलुङ बजारदेखि घोडाबाँधेसम्म दुई निर्माण कम्पनीले जिम्मा लिएर काम गरिरहेको भए पनि केही महीना काम रोकिएको थियो । खहरे खण्डसम्म सिद्धि शाही÷प्रकाश जेभी र बिहुँ खण्डको सडक निर्माण गर्ने जिम्मा लिएको एपी÷इलाइट÷सूर्य कन्स्ट्रक्शन जेभीले सडक निर्माणको कामलाई तीव्रता दिने बताएका छन् । २५ मिटर फराकिलो हुने यस सडकमा कालोपत्र भने आठ मिटरको मात्रै गरिने निर्माण कम्पनीले जानकारी दिएका छन् ।

सडकखण्डमा जाली लगाउने, नाली बनाउने, ग्राभेल गर्नेलगायतका काम सम्पन्न भएको भए पनि बीच–बीचमा चट्टान कटान गर्नुपर्नेछ । सडकमा सवारीसाधन सञ्चालन भइरहँदा काम गर्न कठिनाइ र दुर्घटनाको जोखिमसमेत भएकाले तीव्रगतिमा काम सक्नका निम्ति पनि सवारी आवागमनलाई बन्द गर्नुपरेको मध्यपहाडी लोकमार्गका प्रमुख आशिष थापामगरले बताएयो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies