Ntc summer Offer
Khabar Dabali २७ आश्विन २०८१ आईतवार | 13th October, 2024 Sun
Investment bank

सुत्केरीलाई घ्यू अण्डा र दाल वितरण

बझाङ । छविस पाथीभेरा गाउँपालिकाले ‘उपाध्यक्षसँग सुत्केरी महिला कार्यक्रम’मार्फत ४५ दिनभित्रका सुत्केरी महिलालाई दुई केजी घ्यू, एक क्यारेट अण्डा र दुई केजी दाल वितरण गरेको छ । पोषणमा ध्यान नदिने यहाँका बासिन्दाको हितका लागि सो कार्यक्रम सञ्चालन गरिएको हो ।

सुत्केरी महिलाको पोषणमा सुधार ल्याउनका लागि खानपानको शैली परिर्वतन गर्ने कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष राधिकाकुमारी जोशीले बताए । गाउँमा प्रसस्त सिँचाइको सुविधा र जग्गा जमीन हुँदा पनि यहाँका सुत्केरी महिलाले पोषणयुक्त खाना नखाने गरेका कारण बालबालिकाको स्वास्थ्यमा समेत असर परेको उल्लेख गर्दै उनले भने,\'हामीसँग भएका खाद्य पदार्र्थ उपयोग गर्न नजानेका कारण पनि समस्यामा छौँ । समय समयमा माछा मासु र मौसमअनुसारको तरकारी घरमै फलाएर खान नजानेका कारण कुपोषित भएका हौँ । यो अभियान कुपोषण विरुद्धको हो\', गाउँपालिकाका प्रायः सबैजसोले परम्परागत ढङ्गले खेतीपाती गर्दै आएकाले आर्थिक स्थिति नाजुक हुनाका साथै यसले सुत्केरी महिलामा असर पारेकाले यो कार्यक्रम थालनी गरिएको उनले बताए ।

घ्यू, अण्डा, दाल खरीद तथा वितरणका लागि एक लाख २९ हजार बजेट विनियोजन गरिएको उनको भनाइ थियो । “सानै रकम भए पनि यसले गाउँपालिकाका सबै सुत्केरीको स्वास्थ्यमा ठूलो परिर्वतन ल्याउने आशा हामीले लिएका छौँ”, उपप्रमुख जोशीले भने । सो कार्यक्रममार्फत ५६ सुत्केरी महिलालाई प्रोत्साहनस्वरुप घ्यू,अण्डा र दाल वितरण गरिएको थियो ।

यसैगरी गाउँपालिकाले बीउलगायत विभिन्न सामग्री दिन थालेपछि यहाँका बासिन्दा करेसाबारी बनाउन उत्साहित भएको स्थानीयवासी राजेन्द्र खड्काले बताए । उनले भने,\'करेसाबारी अनिवार्य गर्ने नियमजस्तै भएको छ । अहिले सबैका बारी हरियाली बन्न थालेका छन् ।\' यसै कार्यक्रमअन्तर्गत व्यावसायिक तरकारी खेती गर्न चाहनेका लागि प्लाष्टिक घर निर्माण, तालीम र कृषि औजारसमेत अनुदानमा दिनका लागि गाउँपालिकाले रु ४० लाख विनियोजन गरेको र आगामी पाँचवर्षभित्र गाउँपालिकालाई कुपोषणमुक्त बनाउने गरी काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy