Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

भारतीय पक्षीजन्य वस्तु भित्रिने क्रम बढ्दो

राँझा । नेपालगञ्ज नाका हुँदै अवैधरुपमा भारतीय पक्षीजन्य वस्तु भित्रिने क्रम बढेको पाइएको छ । भारतबाट तस्करी गरी ल्याइएका बोइलर चल्ला र कुखुरा दैनिकजसो सुरक्षाकर्मीले नियन्त्रणमा लिने गरेको छ ।

चालू आर्थिक वर्षको दुई महीना नपुग्दै ठूलो सङ्ख्यामा पक्षीजन्य वस्तु नियन्त्रणमा लिइ नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्जका पशुचिकित्सक रामलोचन शाहले जानकारी दिए । उनका अनुसार यस आर्थिक वर्षको साउन र भदौको पहिलो हप्तासम्म मात्रै भारतबाट अनाधिकृतरुपमा नेपाल भित्र्याइएका चार हजार ९०० बोइलर चल्ला, एक हजार २५० कोइलर चल्ला र तयारी अवस्थाका कुखुरा ७९६ वटा नष्ट गरिएको छ । यो अवधिमा पाँच हजार ५०० माछाका भुरासमेत नियन्त्रणमा लिएर नष्ट गरिएको उनले जानकारी दिए ।

सशस्त्र प्रहरीको बल नेपाल, गण हेड क्वाटर नम्बर ३० गण बागेश्वरी र मातहतका पोष्टबाट खटिएका सुरक्षाकर्मीले अवैधरुपमा नेपाल ल्याउँदै गरेका पक्षीजन्य वस्तु नियन्त्रणमा लिने गरेका छन् ।

सशस्त्र प्रहरीको बलको गस्ती टोलीले महेन्द्रनगर र बालेगाउँ क्षेत्रबाट आइतबार मात्रै २० वटा कार्टुनमा राखेर ल्याउँदै गरेको दुई हजार वटा चल्ला नियन्त्रणमा लिएको हो । भारतको गोरखपुर ह्याचरीबाट उत्पादित ती चल्ला पशु क्वारेन्टाइन नेपालगञ्जले आइतबार नै नष्ट गरेका पशु चिकित्सक शाहले जानकारी दिए ।

ह्याचरी सङ्घ नेपालले भारतीय कुखुरा नेपाल भित्रिन नदिनका लागि नियन्त्रण गर्ने निकायलाई सानो चल्ला प्रतिवटा रु पाँच र ठूलो तयारी कुखुरा प्रतिवटा रु ५० प्रोत्साहन दिने निर्णय गरेपछि यसको सकारात्मक प्रभाव परेको सङ्घका प्रतिनिधि निजामुद्दिन इद्रिसीले जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies